ललितपुर
नेपाली कांग्रेस बागमती गाउँपालिकाले यहि आउँदो चैत्र १९ गते शनिबारका दिन छपेलिमा भब्य कार्यक्रम गर्ने बताएको छ । घर घर जाऔँ
कांग्रेस जिताऔँ अभियानकि ललितपुर जिल्ला संयोजक तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम पुर्ब मन्त्री अम्बिका बस्नेत को प्रमुख आतिथ्यतामा कार्यक्रम तय गरिएको नेपाली कांग्रेस बागमती गाउँपालिका कार्यसमितिका सचिब डोलकेशर दाहालले बताए ।
आज (बुधबार) बागमती गाउँपालिका कार्यसमितिको ७औँ बैठठक बसि १९ दिन गाउपालिका स्तरीय कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठक नेपालि कांग्रेस बागमती गाउँपालिका कार्यसमिति सभापति एबम गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चन को अध्यक्षतामा बसेको थियो ।
बैठक केन्द्रिय महाधिवेशन प्रतिनिधि एबम गाउँपालिका उपाध्यक्ष रन्जना घिमिरे ९तिमल्सिना० ,क्षेत्रीय सदस्यहरु नबराज खड्का, दिपक घिमिरे९ समीर ० र नारायण घले , बागमती गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्बाचित वडा अध्यक्ष ज्युहरु , सातै वडाका वडा सभापतिहरु र गाउँपालिका कार्यसमिति सदस्यहरुको उपस्थिती रहेको थियो । बैठकको समापन गर्दै सभापति वीर बहादुर लोप्चनले आगामि चैत्र १९ गते बागमती गाउँपालिका भित्र रहेका नेपाली कांग्रेसका विभिन्न भातृ सघ सस्थाहरुमा आवद्ध रहनु भएका कांग्रेसि मित्रहरू र गाउँपालिकामा रहनु भएका सम्पुर्ण आमा, बुबा , दाजु भाइ तथा दिदिबहिनीहरु लाई कार्यक्रममा आउनको लागि हार्दिक अनुरोध समेत गरेका छन् ।