पनौती ÷ नेपाली काँग्रेस पनौती च्याम्राङबेशी सम्पर्क समिति गठन भएको छ । घरघर जाउँ काँग्रेस जिताउँ अभियान अन्र्तगत आज (सोमबार) पनौतीमा भएको भेलाले नेपाली काँग्रेस पनौती च्याम्राङबेशी सम्पर्क समिति गठन गरेको हो ।
भेलाले बालकृष्ण फुयाँलको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको सहसयोजकमा सन्तबहादुर भ्लोन र हिरामाई तिमल्सिना, सचिवमा रमेशप्रसाद तिमल्सिना, सहसचिवमा विष्णुप्रसाद घिमिरे र सरोज दाहाल, कोषध्यक्षमा रामचन्द्र दाहाल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सन्तोषी तिमल्सिना, कुमार थिङ, गोविन्द हुमागाई, गोकुल गौतम, दिनेश तिमल्सिना, टेकबहादुर सिंतान, दिनानाथ तिमल्सिना, देवी तिमल्सिना चयन भएका छन ।
नेपाली काँग्रेस बेथानचोक गाउँपालिका वडा न १ का सभापति मर्दनसिं पाख्रिनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश समितिका सचिव नेत्रप्रसाद दाहाल, युवा नेता भगवना अधिकारी, मछिन्द्रकुमार लामा, रोशन लामा, राजेश तिमल्सिना, पूर्व महासमिति सदस्य गोमा गोले, वडा अध्यक्ष सोमनाथ घिमिरे लगायतको उपस्थिती रहेको थियो । विभिन्न पेशा व्यवसाय गरि च्याम्राङबेशी छाडेर पनौती लगायत शहरी क्षेत्रमा बसेकाहरुको सहभागिता रहेको थियो ।