काभ्रे,
काभ्रे जिल्लाको रोशी गाउँपालिकाले गाउँपालिकाभित्र कोभिड १९ ( कोरोना भाइरस ) माहामारीबाट प्रभावित अति बिपन्न परिवारलाई समयमै बैंक खाता खोल्न र खाता खोलिसकेका लाभग्राहिहरुलाई खाता नम्बर टिपाउन आग्रह गरेको छ । गाउँपालिकाले आज एक सुचना जारी गर्दै कोभिड १९ ( कोरोना भाइरस ) माहामारिबाट प्रभावित अति बिपन्न परिवारका लागि १० हजारका दरले रोशी शाखा कटुञ्जेबेशिमा रहेको सिद्धार्थ बैंकबाट सम्बन्धित ब्यक्तिको खातामा जम्मा हुनेगरि रकम पठाएको जनाएको छ । तर सम्बन्धित अधिकांस लाभग्राहिहरुले खाता खोल्न बाकि रहेको एवं खाता खोलिसकेकाहरुले पनि बैंकमा तथा गाउँपालिकामा खाता नंबर नटिपाएकाले खातामा रकम पठाउन समस्या भएको बताएको छ ।