काभ्रे
झिगु खोला अन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ५ मा निकै पुरानो शिलालेख फेला परेको छ । दोभान पाटी माथि बिमिरे कुलोको बाँधमा शिलालेख रहेको स्थानीय सुरेश लुईटेलले बताउनुभयो । लुईटेलका अनुसार ढुङ्गामा कुदिएको अक्षर निकै पहिलोदेखि थियो ।
स्वस्ति श्री साके १७९५, श्री सम्बत १९३० लेखिएको छ । साके सम्बत भन्दा विक्रम सम्बत १३५ बर्ष जेठो रहेको रहेको पुरात्वविदहरुको भनाई छ । पाँचखाल नगरपालिकामा लिछ्विकालिन बिजय स्वामिनिको विक्रम सम्बत ५६० को शिलालेख, १४ औँ शताब्दिको शिलालेख, जय प्रकाश मल्लको शिलालेख, पृथ्विनारायण शाह र राणाकालिन शिलालेखहरू फेला परेका छन ।