कोरोना भाइरस (कोभिड–१९)को संभावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ।
नेपाल पर्यटन बोर्डले शुक्रबार सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरिएको जनाएको छ। योसँगै अब विदेशीले पदयात्रा जान नपाउने भएका छन्।
बोर्डले आजैबाट लागू हुने गरी टिम्स वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको हो। नेपालको पदयात्रामा जाने विदेशीले टिम्स अनिवार्य लिनुपर्छ।