ललितपुर
मिनर्जीको आर्थिक सहयोगमा बागमती गाउँपालिका वडा न ४ प्युटारमा सौर्य सिंचाइ आयोजना संचालन हुने भएको छ । प्युटारको ३०० रोपनि जग्गामा सौर्य सिंचाइ आयोजना सन्चालन हुने भएको हो । मिनर्जीले आयोजनाको नाम खैरेनि बेसी सौर्य सिंचाइ आयोजना राखेको छ । यस आयोजना सम्पन्न गर्दा प्युटारको सुख्खा जमिनमा सिंचाइ भइ किसानको आए स्तर बढ्नु को साथै कृषि पेसामा लाग्ने किसानको लागि खेति गर्न निकै सजिलो हुने कुरामा आफू बिस्वस्त रहेको बागमती गाउँपालिका वडा न ४ वडा अध्यक्ष रामकुमार लामाले बताएका छन् । बागमती नदिबाट करीब ११२ मिटर माथि सौर्य बत्ति प्रयोगगरि पानी लिप्ट गरेर सिंचाइ गरिने मिनर्जी संस्थाले जनाएको छ। संस्थाले आयोजना संचालन भएपछी बागमती गाउँपालिकाको वडा न ४ प्युटारका ५५ घर धुरी प्रत्यक्ष लाभान्वित हुने बताएको छ । आयोजना संचालनको लागि कुल लागतमा बागमती गाउँपालिकाले २०% र बाकी ८० % मिनर्जी संस्था ले ब्योहर्ने र आगामि ७ महिना भित्र निर्माण कार्य सम्पन्न हुने गरी फिल्ड को सर्वे समेत भई सकेको छ संस्थाले बताएको छ।अब छिटै काम सुरु भै काम समयमै सम्पन्न हुने कुरा वागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चन ले जानकारी दिएका छन् । उहाँले हाम्रो यस ठाउँमा पानी को समस्यामा परेका किसानहरुलाई बागमतीको पानी ल्याएर लिप्ट बधिबाट सिंचाइ गर्नको लगि लागि परेको पनि बताएका छन् । उनले सौर्य सिंचाइ भएकाले खर्च कम लाग्ने पनि बताए । साथै उनले प्युटारमा तरकारी संकलन केन्द्र र हाट बजार को ब्यबस्थापन सकेको र छिटै सन्चालनमा ल्याइ यहाँ को तरकारी तथा फलफूल काठमाडौ लाने वातावरण मिलाइने पनि पालिका अध्यक्ष लोप्चन ले बताएका छन् ।