काभ्रे पनौती नगरपालिका न्यायिक समितिले अयोजना गरेको भेलाले उत्कृष्ट मेलमिलापकर्ताहरुलाई सम्मान गरेको छ । उप प्रमुख तथा न्यायिक समितिका संयोजक गीता बन्जाराको अध्यक्षता तथा नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सम्मान गरेको हो । मेलमिलापकर्ता संयोजक लोकनाथ सापकोटाले उक्त सम्मान पाएका थिए ।
भेलामा पुर्व न्यायिक सदस्यहरु मधुकृष्ण श्रेष्ठ तथा निला अधिकारीलाई सम्मान गरिएको थियो । नब निर्वाचित उपमेयर रसयोजक गीता बन्जारा तथा समितिका सदस्यहरु शोभा कार्र्की र महेन्द्रलाल श्रेष्ठलाई प्रमुख भन्डारीले खादाद्वारा स्वागत गर्नुभएको थियो ।
पनौती नगरपालिकामा आ व०७८l७९ मा सुचिकृत ५४ जना मेलमिलापकर्ता मध्येवाट यस बर्षको उत्कृष्ट मेलमिलापकर्ताको रुपमा पनौती वडा १ का मेलमिलापकर्ता संयोजक लोकनाथ सापकोटालाई उत्कृष्ट मेलमिलापकर्ता सम्मान २०७९ वाट पुरस्कृत गरिएको थियो नगद ५,हजार ५ सय ५५ तथा प्रमाणपत्र सहित उक्त पुरस्कार नगर प्रमुख तथा उप प्रमुखले सयुक्त रुपमा सापकोटालाई प्रदान गर्नुभएको थियो ।
पनौती नगरपालिकाका मेलमिलापकर्ताहरुलाई जिम्मेवार हुन,आग्रह पुर्बाग्रहवाट पर बसेर मेलमिलाप जस्तो महत्वपूर्ण भुमिका निर्वाह गर्न नगर प्रमुखले आग्रह गर्नुभएको थियो । उपप्रमुखले सभाध्यक्षको मन्तव्य राख्दै पनौतीको ११ औं नगरसभावाट पारित न्यायिक समितिका नीति तथा कार्यक्रमको जानकारी दिनुभयो ।
पुरस्कृत मेलमिलापकर्ता लोकनाथ सापकोटाले आफूले पाएको पुरस्कार सबै मेलमिलापकर्ताको भएको र आफुमा थप जिम्मेवारी थपिएको बताउनुभयो । सम्मानित पूर्व न्यायिक समिति सदस्य मधुकृष्ण श्रेष्ठले न्यायिक समितिको भुमिकामा रहदा आफुले सबैको सहयोग पाएको र निस्पक्ष भएर भुमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सन्चालन कानुनी सल्लाहकार प्रदीप सापकोटाले गर्नुभएको थियो ।
पनौती नगरले मेलमिलापकर्ताहरुको क्षमता अभिबृद्दिको निम्ति बिगतदेखि नै विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।