ललितपुर
ललितपुरको बागमती गाउँपालिका वडा न २ माल्टामा गठबन्धनको सिङ्गो टिमनै अत्याधिक मतका साथ बिजय भएको छ । बैशाख ३० गते सम्पन्न निर्वाचनमा माल्टामा कुल १३६६ मत खसेको थियो । जसमा गठबन्धनबाट नेपाली कांग्रेसका राम बहादुर ब्लोन तामाङले ९४६ मत ल्याइ बिजय भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिरमान तामाङले २९२ मत प्राप्त गरेका छन् । माल्टाबाट गठबन्धनका अध्यक्ष वीर बहादुर लोप्चनलाई ८५७ मत खसेको छ भने नेकपा एमालेका उम्मेदवार नवराज सन्जेललाई ३९८ मत प्राप्त भएको छ । त्यस्तै गरी गठबन्धनका उपाध्यक्ष पदजो उम्मेदवार भक्त बहादुर दर्लामी मगरले ८९८ मत पाउदा एमालेका उपाध्यक्ष पदको उम्मेदवार नमुना दोङले २९१ मत प्राप्त गरेकी छिन् । यसै बिच पालिका अध्यक्षमा पनि गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार वीर बहादुर लोप्चनले सुरुवाती अग्रता कायमै राखेका छन । बागमती गाउँपालिका वडा न १ र २ को मत गन्दा सम्म वीर बहादुर लोपचनले १४४२ मत पाएका छन भने नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको उम्मेदवार नवराज सन्जेलले ८६३ मत प्राप्त गरेका छन् ।त्यस्तै गरि उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भक्त बहादुर दर्लामी मगरले १४६१ मत पाएका छन् भने नेकपा एमालेका तर्फबाट नमुना दोङले ७१७ मत प्राप्त गरेकी छिन् । अब वडा न ३ भट्टेडाडाको मत गन्न सुरु गरिने निर्वाचन आयोग बागमती गाउँपालिकाले जनाएको छ ।