ललितपुर
निर्वाचनको मिति नजिकैदै गर्दा बागमती गाउँपालिका वडा नं.७ गिम्दीमा नेकपा एमाले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आज गिम्दी स्थित मोचेडाडाका कुन्साङ रुम्बा सहित २० जना ब्यक्ति एमाले छोडि कांग्रेसमा प्रवेश गरेका हुन् ।नेपाली कांग्रेस जिल्ला कार्यसमितिको पार्टी कार्यालयमा जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि राम कृष्ण तामाङ (इन्द्र ),बागमती गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार वीर बहादुर लोप्चन लगाएतका नेताहरुले उनीहरुलाई कांग्रेसमा प्रवेश गराएका हुन ।
यस अघि पनि टोल कार्यसमिति गठन गर्दा मोचेडाडाबाट लगभग १६ जना भन्दा बढी कांग्रेसमा प्रवेश गरेको टोल कार्यसमितिका सभापति सृजन रुम्बाले बताएका छन । यस अघि एमाले बाट जितेको वडा अध्यक्षले हाम्रो टोलमा आउने बाटो खन्नको लागि सिफारिस नदिएको र पाँच बर्ष सम्म केही पनि बिकास नगरेको कारण हामी कांग्रेसले चाहिँ केही गर्छ भनेर कांग्रेसमा प्रवेश गरेको कांग्रेसका युवा साजन गोलेले बताए ।