काभ्रे
काभ्रेमा आगामी बैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म कृषि गणना हुने भएको छ । ४५ दिन गणना गरिनेछ । कृषि गणनाका लागि कार्यालयले जिल्ला स्थित सरोकारवाला पक्षसंग छलफल गरेको छ । गणना गर्नका लागि जिल्लामा ८६ जना गणक र २२ जना सुपरिवेक्षण खटिने बताईएको छ ।
जिल्लाको १३ वटै स्थानीय तहमा गणक पुग्नेछन् । सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकामा २२ वटा क्षेत्र र सबैभन्दा कम खानीखोला गाउँपालिका १४ वटा क्षेत्र रहेका छन् ।