काभ्रे / पनौती
नेपाल जेसीज क्षेत्र ‘ग’ को बहुप्रतीक्षित अध्यक्ष भेला काभ्रे जिल्लाको बल्थलीमा भव्यतापूर्वक सम्पन्न भएको छ।
पनौती जेसिआइका महासचिव जेसी राम कृष्ण श्रेष्ठद्वारा सञ्चालित उक्त कार्यक्रममा क्षेत्र ‘ग’ अन्तर्गतका विभिन्न जुनियर जेसीआईका अध्यक्षहरू, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू लगायत विशिष्ट व्यक्तित्वहरू उपस्थिति रहेको थियो। नेपाल जेसिसको क्षेत्र ग अन्तर्गत ३८ वटा शाखा रहेको बताइएको छ । छलफल तथा भेला कार्यक्रममा ३८ शाखाका अध्यक्षहरुको उपस्थिती थियो ।
भेलामा बनेपा जुनियर जेसीआई अध्यक्ष जु. जेसी श्रेया मानन्धरदेखि पनौती जुनियर जेसीआई अध्यक्ष जु. जेसी सलिना बन्जारासम्मका दश वटा शाखाका अध्यक्षहरूले एकसाथ आसन ग्रहण गर्नुभएको थियो।
ऐतिहासिक नगरी पनौतीका नगर प्रमुख श्री रामशरण भण्डारीले प्रमुख अतिथिका रुपमा रहेका थिए ।
जुनियर जेसी रोजिता थापाले आस्था पाठ र जेसी सजिन पछखलले जेसीज मिसन तथा भिजन वाचन गर्नुभएको थियो।
नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्षहरू जेसी बबिता पाण्डे र जेसी दिपक जंग अधिकारी लगायत काभ्रे पुण्यवती यातायात प्रा. लि.का राजेश सुन्दर सैंजु र काभ्रे उद्योग वाणिज्य संघका प्रताप वैद्य जस्ता अतिथिहरूले पनि कार्यक्रममा आफ्नो उपस्थिति जनाउनुभएको थियो। कार्यक्रमको महत्वपूर्ण भागको रूपमा दीप प्रज्वलनद्वारा समुद्घाटन गरिएको थियो, जहाँ प्रमुख अतिथि, विशिष्ट अतिथि र सभापति अतिथिले संयुक्त रूपमा दीप प्रज्वलन गर्नुभएको थियो। त्यसपश्चात् स्वागत तथा सम्मान कार्यक्रम र शुभकामना मन्तव्यहरूको आदानप्रदान भएको थियो। पर्वत जेसीजको मातृसंस्था जेसीआई काभ्रेका अध्यक्ष जेसी पुजन महर्जन लगायत अन्य अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि पर्वत नगर प्रमुख रामशरण भण्डारीले पनौतीको ऐतिहासिक , पुरातात्त्विक , पौराणिक , तथा भौगोलिक विशेषताको चर्चा गर्दै गत असोजमा गएको बाढीपहिरोका कारण आफ्ना नागरिकले दु:ख भोग्नुप परेको बताउनुभयो ।
साथै उहाँले अबका दिनमा युवाहरुले सदाचारी समाज र नैतिकवान समाज निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । जेसिसमा लाग्ने युवाहरुले स्वमुल्यांकन गर्दै आफू भित्र आफैं खोज्न सक्नुपर्ने बताउँदै अहिलेका युवाले जे गर्यो त्यो प्रवृत्ति भावीपिढिमा पनि सर्ने बिषयको चर्चा गर्नुभयो ।
कार्यक्रमका बिशिस्ट अतिथि तथा नेपाल जेसिसका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कृष्ण श्रेष्ठले नेपाल जेसिस र जुनियर जेसिसको सम्बन्धलाई अझ प्रगाढ बनाउन यो भेलाले उर्जा थप्ने बताए । त्यस्तै नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष बर्ष 2023 का सेनेटर बिकास मानन्धरले हाम्रो एजेन्डा भित्र केन्द्रित रहेर समाज बिकासमा लाग्न सकियो भने यस भेलाले सार्थकता पाउने बताए ।
यो भेला नेपाल जेसीज क्षेत्र ‘ग’ का अध्यक्षहरूलाई एकै ठाउँमा भेला भएर सांगठनिक विषयमा छलफल गर्न, अनुभव आदानप्रदान गर्न र भावी कार्ययोजना तय गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने पनौती जेसिआइ बर्ष 2025 का अध्यक्ष जेसि ओमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । बाल्थलीको शान्त र सुन्दर वातावरणले कार्यक्रमलाई थप ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन् । कार्यक्रमको शुभकामना दिने सबै वक्ताहरुले आगामी दिनमा जेसिसलाई अझ सशक्त, सक्षम र सबल बनाउनुपर्नेमा जोड दिएका थिए ।