ललितपुर / गिम्दी
बागमती गाउँपालिका वडा नं ७ स्थित श्री जनक माध्यमिक बिद्यालयको अभिभावक भेलाबाट विद्यालयको व्यवस्थापन समिति (वि.व्य.स.) को अध्यक्षमा गणेश दाहाल सर्वसम्मत चयन भएका छन् । फागुन २३ गते विद्यालयमा सम्पन्न अभिभावक भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।
भेलामा देबराज राना मगर, विकास राना मगर, बिनु भुलुन, नविन स्याङ्तान सदस्य र प्रधानाध्यापक गोकर्णबहादुर फुयाल सदस्य सचिवमा चयन भएका छन् ।
भेलामा बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामी प्रमुख अतिथि तथा वडा अध्यक्ष होमप्रसाद बजगाईं विशेष अतिथि थिए । पूर्व वि.व्य.स. अध्यक्ष लक्ष्मणबहादुर लामिछानेले आफ्नो कार्यकालको उपलब्धि प्रस्तुत गर्दै भावी योजनामा सुझाव दिएका थिए ।
विद्यालयका कक्षागत प्रथम, द्वितीय र तृतीय विद्यार्थी र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । चाइना फाउन्डेसन र ग्लोबल कोअर्पोरेशन फर डेभलपमेन्टको सहयोगमा शिशु कक्षादेखि कक्षा ८ सम्मका विद्यार्थीलाई विद्यालय झोला र हाइजेनिक किट वितरण गरिएको थियो ।
प्रधानाध्यापक गोकर्णबहादुर फुयालले वार्षिक प्रतिवेदन र आर्थिक विवरण प्रस्तुत गरेका थिए । सहभागी वक्ताहरूले शैक्षिक सुधारमा जोड दिएका थिए । वडा अध्यक्ष बजगाईंले गाउँपालिकाको एसइई नतिजा सुधार गर्नुपर्नेमा जोड दिए । प्रमुख अतिथि दर्लामीले वि.व्य.स. लाई सशक्त बनाउनुपर्ने बताए ।