खानीखोला/ काभ्रे
स्वास्थ्यको लागि खेल, रास्ट्रको लागि खेल भन्ने बिचारका साथ जिल्लाको खानीखोला गाउँपालिका वडा नं. ७ मा रहेको रक्त आधारभूत बिद्यलयमा खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आगामी फागुन १४, १५ , १६ र १७ गते विद्यालयको प्राङ्गणमा उक्त प्रतियोगिता हुने भएको हो ।
रक्त आ. वि. को ३५ औं बार्षिक उत्सवको अवसरमा खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्र.अ. रत्न घिसिङले जानकारी दिएका छन् । भलिबल प्रतियोगिताको लागि भोलि फागुन १३ गते दिउँसो ४ बजे भित्र टिम दर्ता गराइसक्नुपर्नेछ । टिमदर्ता शुल्क ४ हजार रुपैयाँ लाग्नेछ । प्रतियोगिताको प्रथम विजेतालाई ५० हजार, द्वितीय हुनेलाई २५ हजार, तृतीय हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने बिद्यालयले जनाएको छ ।कार्यक्रमको उद्घाटन पुर्व उर्जा राज्यमन्त्री तथा काभ्रे क्षेत्र नं. १ का साम्सद सुर्यमान दोङले गर्नेछन् भने समापन बागमती प्रदेशका पुर्व खानेपानी उर्जा तथा सिंचाइमन्त्री एवं काभ्रे क्षेत्र नं. १ प्रदेश ख का प्रदेश सभा सदस्य तिर्थ लामाले गर्ने बताइएको छ ।
साथै उत्कृष्ट खेलाडी, सटर, ब्लकर, स्पाइकर, र डिफेन्सलाई पनि पुरस्कार वितरण गरिने प्र.अ. घिसिङले जानकारी दिए । कार्यक्रम रक्त आधारभूत बिद्यालय को आयोजना, विद्यालयका पुर्व विद्यार्थीहरु सह आयोजक र बुद्धशान्ति युवा क्लबको व्यवस्थापनमा हुने पनि प्र.अ . घिसिङको भनाइ थियो ।