पनौती/पनौती नगरपालिका वडा नं १ का एक शिक्षकको कुटपिटबाट स्थानीय अच्युत गौतम घाइते भएका छन् ।
सामाजिक संजालमा पोष्ट गरिएको सामग्री माथि र कमेन्ट र लाइक गरेको भन्दै शान्ति निकेतन मा.वि पनौतीका शिक्षक दिपक न्यौपानेले गौतमलाई सार्वजानिक स्थलमै कुटपिट गरेका थिए ।
गौतमको अहिले शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । गौतम नेपाली काँग्रेस पनौती वडा नं ३ वडा कार्यसमितिका सचिव समेत हुन ।
गौतम माथि भएको आक्रमण प्रति नेपाली काग्रेस पनौती नगरकार्यसमितिले खेद व्यक्त गरेको छ । नेपाली काग्रेस नगर समितिका कार्यवाहक सभापति श्रीराम थापाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ–‘सामाजिक संजालमा प्रविष्ट विषयवस्तुहरुको कमेन्ट वा लाइक गर्दा चित्त नबुझे उपचारको खोजी गर्ने कानुनी व्यवस्था हुँदा हुँदै साङ्घातिक आक्रमण हुनु निन्दनीय छ ।’
साथै पत्रमा कानुनी राज्यको उपहास भएको र व्यक्तिको सुरक्षा माथि गम्भीर प्रश्नचिन्ह खडा भएको उल्लेख गर्दै हातपात गर्नेलाई अविलम्ब झिकाई कनुनी कारबाही गर्न र पिडितलाई न्याय दिन भनेको छ ।
यस्तो छ विज्ञप्ति