पनौती/ काभ्रे
पनौती नगरपालिकाले आ. व. २०८१/८२ को लागि नीति तथा कार्यक्रम कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले सार्वजनिक गर्नुभएको नीती तथा कार्यक्रममा छोरी बुहारी उच्च शिक्षामा पहुँच वृद्धिका लागि छोरी बुहारी छात्रवृत्ति कार्यक्रम संचालन गरिने समावेश गरिएको छ । साथै नगर क्षेत्रभित्र जटिल रोगबाट प्रभावित व्यक्ति सुत्केरी महिला जेष्ठ नागरिक र दलितको सेवा सुविधाका लागि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने पनि नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ । त्यस्तै पनौती नगरपालिकाभित्र संचालित रोडा ढुङ्गा उद्योग क्षेत्र विशेष गरि वडा न २ र १२ का स्थानीय नागरिकको हित, प्रोत्साहन र स्वास्थ सुबिधाको लागि नगरपालिकाको ५० प्रतिशात खर्च सहभागितामा स्वास्थ्य बिमा कार्यक्रम संचालन गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ । “हाम्रो नगर धिलोरहित शहर”लाई मुर्तरुप प्रदान गर्नको लागि मिनि बुमर खरिद र पनौतीका दक्षिण क्षेत्रबाट बिश्व सम्पदा सुचीमा प्रस्तावित क्षेत्र पनौती ६ र ७ प्रवेश गर्ने प्रत्येक सवारी साधनहरुको चक्का धुने व्यवस्था मिलाउनको लागि निजि लगानीकर्ताहरुलाई उत्प्रेरित गरिने पनि नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेकोछ । त्यस्तै पुण्यमात सरसफाइ तथा वृक्षरोपण , तरकारी बजार व्यवस्थापन अन्य नागरिकमुखी कार्यक्रमहरु पनि नगरपालिकाले अगाडी सारेको छ । नगरपालिकाले सार्वजनिक जग्गाहरु एकिन गरि छुट्याउने पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम नागरिकमैत्री रहेको र यसलाई कार्यान्वयनमा लान केहि चुनौतीहरु पनि रहेको बुद्धिजीवीहरु बताउँछन् ।