आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम
गरिमामय नगरसभामा उपस्थित नगर उप प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकतृ ज्यू, सम्पूर्ण, वडाका वडा अध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्यज्यूहरु, सभा सदस्यज्यूहरु, सञ्चारकर्मी मित्रहरु, कर्मचारी साथीहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक न्यानो अभिवादन ।
नगर सभा सदस्यज्यूहरु, पनौती नगरपालिका नगरसभाको १५ औं अधिवेसनमा सम्पूर्ण सभासदहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु । हामी उपर अपार माया, सद्भाव र विश्वास व्यक्त गर्दै आफ्नो अमूल्य मतका आधारमा हामीलाई यो जिम्मेवारी प्रदान गर्नुहुने पनौती नगरबासी सम्पूर्ण आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुप्रति हार्दिक सम्मान प्रकट गर्दछु । यसै सन्दर्भमा लोकतन्त्र प्राप्तीको लागि आफ्ना जिवन उत्सर्ग गर्नुहुने ती तमाम ज्ञात अज्ञात सहिदप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै घाइतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दै शहिद परिवारप्रति सम्मान व्यक्त गर्दछु । पनौती नगरपालिकाको यो सम्मानित सभामा स्थानीय सरकार प्रमुखका तर्फबाट सम्पूर्ण नगरबासीहरुको हित र भलाईका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मैले गर्व महशुस गरेको छु । यो गरिमामय नगर सभामा पेश हुने नीति तथा कार्यक्रम र वजेटको कार्यान्वयनले समृद्ध, समुन्नत धार्मिक, ऐतिहासिक, पर्यटकीय पनौती नगर बनाउने हाम्रो अभियानमा अर्को इंर्ट ा थपिने कुरामा मैले आशा एवम् विश्वास गरेको छु । नेपालको संविधानले स्थानीय तहलाई दिएको जिम्मेवारी अनुसार आम नगरबासीलाई नजिकको सरकारको अनुभूति गराउने गरि चुस्त, दुरुस्त, प्रभावकारी र पारदर्शीयुक्त प्रशासन बनाउने अभियानलाई सफल बनाउनु हामी सबैको दायित्वबोध गर्नु जरुरी छ भन्दा अत्युक्ति नहोला । यहांको भौगोलिक तथा सांस्कृतिक विविधता, कला र संस्कृतिको सुसम्पन्नता संगै प्राकृतिक श्रोत साधनको प्रचुरता जस्ता विशिष्टताहरुको सुव्यवस्थित र योजनाबद्ध उपयोगद्धारा पनौतीबासीहरुको जीवनमा देखिने गरी सकारात्मक परिवर्तन ल्याउन प्रस्तुत नीति तथा कार्यक्रमले महत्वपुर्ण योगदान गर्ने छ भन्ने मैले पूर्ण विस्वास लिएको छु । सीमित साधन श्रोतबाट जनताका असिमित आवश्यकता सम्वोधन गर्नुपर्ने र प्रस्ताव गरिएका योजना तथा कार्यक्रमहरुमा संघीय र प्रदेश सरकारको अपेक्षाकृत सहयोग नहुँदा सोचे अनुरुप नजिकबाट जनताहरुलाई सेवा प्रदान गर्न नसक्नु र आवश्यक भौतिक पूर्वाधारको कमी जस्ता चुनौती हाम्रो सामु रहेका छन् । नेपालको संविधानको धारा ५६ को उपधारा (१) ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको व्यवस्था गरेको छ । संविधानतः व्यवस्था भएको तीन तहको संरचनामध्ये सबै तहको अधिकार क्षेत्र संविधानले नै प्रष्ट व्यवस्था गरेको छ । नेपाललको संबिधानको धारा ५९ ले दिएको अधिकारको प्रयोग गरि यस नगरपालिकाले प्रत्येक वर्ष आफ्नो वार्षिक वजेट तथा नीति बनाँउदै आएको छ । धारा २२३ बमोजिम गठित नगर सभामा धारा २३० को उपधारा(१) अनुसार आगामी बर्षको राजश्व र व्ययको अनुमान स्थानीय कानून बमोजिम पेश गरि पारित गराउनुपर्ने व्यवस्था रहेको स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १९ मा भएको व्यवस्था बमोजिम आह्वान भएको यस गरिमामय नगरसभामा नेपालको संविधानले निदृष्ट गरे बमोजिम नीति प्रस्तुत गरेको छु । विभिन्न जात जाति, जनजाति पिछडिएको वर्गको हक हितलाई ध्यान दिँदै, लक्षित, स्वरोजगार मुलक कार्यक्रम, महिला, शिक्षा, स्वास्थ्य, युवा खेलकुद, धर्म संस्कार र संस्कृति सम्वद्र्धनको कार्य सहित सचितिर्थधाम सहितको गौरवमय पनौती क्षेत्रको विकास तथा खानेपानी, पूर्वाधार निर्माण, सिंचाई, कृषि, धार्मिक पर्यटनलई विशेष ख्याल गर्दै वन वातावरण, बालमैत्री कार्यक्रम, मानवअधिकार, जेष्ठ नागरिक, जस्ता क्षेत्रलाई प्राथमिकतामा राख्नुका साथै पनौती नगरको दीगो विकासको आधार, सुशासनयुक्त नगर, प्रविधि र पूर्वाधार भन्ने नारालाई सार्थक बनाउने ध्येय सहित सम्बृद्ध पनौती निर्माणको अभियानमा यो नीति तथा कार्यक्रम तय गरिएको छ ।
सभा सदस्यज्यूहरु
अब म सभासमक्ष यस अवधिमा हासिल गरिएका मूख्य मूख्य उपलव्धिहरु राख्ने अनुमति चाहन्छु ।
प्रमुख उपलब्धीहरु
• हामी सबैको अथक प्रयासको नतिजा स्वरुप हालसम्म २.७ कि.मि. कालोपत्रे, ७.४ कि.मि. ढलान, ६.० कि.मि. नयाँ ट्रयाक खन्ने कार्य, ७.३ कि.मि. पक्की नाला निर्माण, ट्याङ्की ११ वटा, मन्दिर÷पाटी ७ वटा सम्पन्न भएको छ।
• १० लाखभन्दा बढि लागत भएका विकास निर्माणका योजनाहरुमा विद्युतीय बोलपत्रका माध्यमबाट प्रतिस्पर्धात्मक रुपमा कार्यान्वयन गर्ने नीतिले सिमित स्रोतसाधनबाट न्यून लागतमा अधिकतम् उपलब्धी प्राप्त गर्न हामी सफल भएका छौँ ।
• चालु आर्थिक वर्षमा १०९ जना विरामीलाई निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।
• ११ वटा वडाहरु वालश्रममुक्त घोषणा भईसकेका बाँकी १ वटा वडा र पनौती नगरलाई नै वालश्रममुक्त घोषणा गर्ने तयारी अवस्थामा रहेको छ ।
• वडामा रहेका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नका लागि कम्प्युटर तालिम संचालन गरिएको छ ।
• अन्तरपुस्ता सीप हस्तान्तरण र आत्मरक्षा कार्यक्रम मार्फत युवाहरुलाई आत्मवल प्रदान गरिएको छ ।
• सडक हरियालीको वृद्धि गरिएको र स्वच्छ नगर बनाउन सार्वजनिक स्थानहरुमा नियमित सरसफाई गरिएको छ ।
• लामो समयदेखि विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान हुन नसकिरहेको अवस्थामा “जहाँ विद्यार्थी त्यहाँ शिक्षक“ भन्ने नारालाई सार्थकता प्रदान गर्दै विद्यालयगत दरबन्दी मिलान सम्पन्न भएको छ। दरबन्दी मिलान गरि कम बिद्यार्थी भएका बिभिन्न विद्यालयहरुका ३३ वटा मा.वि र प्रा.वि तहका दरबन्दी कटौती गरी विद्यार्थी बढी भएका विद्यालयमा थप गरिएको छ भने २ वटा विद्यालयहरू समायोजन गरिएको छ।
• दरबन्दी मिलान लगायत शैक्षिक सुधारका लागि स्थलगत अनुगमन गरी सुझाव पेश गर्न सामाजिक समितिका संयोजक वडाध्यक्ष श्री विपिन लामाको संयोजकत्वमा गठित समितिले समयमै तथ्यांक सत्यापन गरी दिएको सुझाव समेतका आधारमा शिक्षा समितिबाट दरबन्दी मिलान सम्पन्न भएको र बाँकी कामहरु निरन्तर रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै दरबन्दी मिलान कार्यमा अहोरात्र खटेर कार्य सम्पादनहरू गर्नु हुने प्राविधिकि समितिका संयोजक लगायत सदस्यहरु, शिक्षा शाखा प्रमुख लगायतका कर्मचारीहरु, वि.व्य.स. पदाधिकारी, प्रधानाध्यापक सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
• विद्यालयहरुमा रहेका कम्प्युटर तथा कम्प्युटर ल्याबको यथोचित उपयोग गर्दै सूचना प्रविधियुक्त सिकाई वातावरण तथा ई–लर्निङ्ग कार्यक्रम सम्पन्न गर्न विद्यालयहरुलाई सूचना प्रविधिसँग सम्बन्धित साम्रगीहरु उपलब्ध गराइएको छ । १ जना कम्प्युटर प्रशिक्षक नियुक्ति गरी करिब १५० जना शिक्षकहरुलाई १५ दिने कम्प्युटर तालिम दिइएको छ।
• सुरक्षित विद्यालयको अवधारणा पूरा गर्न आ.व. २०८०÷०८१ सम्ममा सबै विद्यालयहरुको हाता संरक्षण तथा घेराबार गरिएको र कम्तीमा पनि १ वटा कम्प्युटर सेट प्रत्येक विद्यालयमा पु¥याई सबै विद्यालयहरुमा इन्टरनेटको पहुँच पुर्याइएको छ।
• विद्यालयका विद्यार्थीहरुको चौतर्फी विकास गर्ने उदेश्यले नगरस्तरमा राष्ट्रपति रनिङ्ग शील्ड प्रतियोगिता संञ्चालन गरी काभ्रेपलाञ्चोक जिल्ला स्तरीय प्रतियोगितामा सहभागी भएर हाम्रो नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ ।
• विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराई प्रतिभा उजागर गर्ने उदेश्यले विज्ञान तथा शैक्षिक
प्रदर्शनी, नृत्य प्रदर्शन, हाजिरीजवाफ, वादविवाद तथा वक्तृकला प्रतियोगिता सम्पन्न भइ बालबालिकाहरुको प्रतिभाको विकास गर्ने कार्य गरिएको छ।
• युवाहरुलाइ सीप प्रदान गरी स्वरोजगार सिर्जना गर्ने र सीपयुक्त जनशक्ति विकास गर्ने उदेश्यले गत वर्ष २० जना युवाहरुलाई हलुका सवारीसाधन मर्मत तालिम दिइसकिएको र चालु आ.व. मा २० जना युवाहरुका लागि मोटरसाइकल मर्मत, २० जनालाई इलेक्ट्रिकल तथा हाउस वाइरिङ्ग, २० जनालाई प्लम्बिङ्ग, ४० जनालाई प्रोफेसनल कुक र २० जनालाई कम्प्युटर मर्मत तालिम दिइएको छ ।
• माध्यमिक तह सम्मका ३० जना सहाराविहिन तथा विपन्न परिवारका बालबालिकाहरुलाई एस ओ एस विद्यालयमा अध्ययन गर्न छात्रवृति दिइएको छ भने अन्यत्र प्राविधिक शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुलाई समेत छात्रवृति उपलब्ध गराइएको छ।
• शोध र खोजमूलक शिक्षाको विकास गर्दै २ वटा विद्यालयलाई विज्ञान प्रयोगशाला र ३ वटा विद्यालयलाई सूचना प्रविधि प्रयोगशाला अनुदान प्रदान गरिएको छ ।
• संस्थागत स्थायीत्व र सेवा प्रवाहमा सहजता ल्याउन ३ वटा वडा प्रशासनिक भवनहरुको निर्माण कार्य शुरु भईसकेको र आगामी आर्थिक वर्षमा पूर्ण हुने चरणमा रहेको छ ।
• स्थानीय भाषा, संस्कृति, कला, सीप र चिनारीको संरक्षण, प्रवद्र्धन गर्न स्थानीय पाठ्यपुस्तकको निर्माण, कार्यान्वयन र सो बुझाइमा थप सहजताका लागि वृत्तचित्र निर्माण गरिएको छ ।
• कृषि सम्बन्धी घुम्ती तालिमबाट ३९९ जना कृषक लाभान्वित भएको छ ।
• कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्नका लागि विभिन्न सहयोग र प्रविधि हस्तान्तरण गरिएको छ ।
• न्याय र नैतिकतामा आधारित सभ्य समाज निर्माण गर्ने सन्दर्भमा मेलमिलापका माध्यमबाट विभिन्न विषयका १२ वटा विवादहरु निवारण गरिएको छ ।
• ५५१८ जनालाई २०७ वटा जेष्ठ नागरिक स्वस्थ्य परिक्षण शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गरिएको छ । २२ वटा मानसिक स्वस्थ्य शिविर मार्फत २८०३ जना विरामीलाई स्वस्थ्य परिक्षण, परामर्श र निःशुल्क औषधी वितरण गरिएको छ ।
• ८७ जना स्वास्थ्यकर्मीहरुलाई उच्चरक्तचाप विषयमा तालिम प्रदान गरि सो तालिमप्राप्त स्वास्थ्यकर्मी मार्फत १५३७ जना उच्च रक्तचाप भएका विरामीहरलाई उपचारको दायरामा ल्याइएको छ । नगरपालिकामा भएका स्वस्थ्य प्रयोगशाला मार्फत १५,६०६ वटा परिक्षण गरिएको ।
• नियमित अवसरबाट बंचित बिपन्न, दलित, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यमशीलता तालिम तथा सहायता सामाग्रीहरु उपलब्ध गराइएको छ ।
• कृषि तथा पशुपालनको आधुनिकीकरण तथा व्यावसायिकरणका लागि प्रोटिन बेटको व्यवस्था, माटो परीक्षण, निशुल्क खोप, औषधि उपचार सेवा, प्राविधिक सेवा तथा पुशको लम्पी स्किन रोगबाट पीडित किसानको राहतको लागि सहयोग उपलब्ध गराइएको छ ।
• स्वच्छता शुद्धता तथा सरसफाइ (ध्ब्क्ज्) कार्ययोजना तयार भएको छ ।
• संघीय सरकार, प्रदेश सरकार, सहयोगी संघसंस्था, दाता निकायहरुबीचको समन्वय एवं सहकार्यले सार्थकता पाइरहेको अवस्था छ ।
• सघन शहरी कार्यक्रम मार्फत संघीय सरकारसँग समन्वय गरी बजेट माग गरिएकोमा रु. १३ करोड बजेट स्वीकृत भई कार्यान्वयन भईरहेको ।
• बागमती प्रदेशका विभिन्न मन्त्रालयहरु मार्फत १८ करोड १३ लाखको योजना स्वीकतृ भई उक्त बजटेबाट पनौती नगरपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ, भौतिक पूर्वाधारहरुको विकासमा लगानी गरिएको ।
• खोपासी अस्पताललाई संचालनमा ल्याउनका लागि ३० करोडको म्एच् बनाइ स्वास्थ्य मन्त्रालयबाट स्वीकतृ गराइएको ।
• विन्धवासिनी आध्यात्मिक केन्द्र र सचितिर्थ गुरुकुलको म्एच् सम्पन्न गरिएको ।
• भूउपयोग योजना स्वीकृत गराई कार्यान्वयन गरिएको ।
• पनौती नगरपालिकाका २१५ जना नागरिकलाई विशेष सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईएको छ ।
• नगरलाई संस्थागत सुशासनयुक्त बनाउनका लागि अत्यावश्यक रहेका विभिन्न विषयसंग सम्बन्धित हालसम्म ८१ वटा र चालु आर्थिक वर्षमा ११ वटा कानून तर्जमु ा गरिएको छ ।
• नगरपालिकाबाट सम्पादित कार्यलाई छिटो छरितो, चुस्त, दुरुस्त, पारदर्शी र मितव्ययी ढंगले सञ्चालन गर्दै नागरिकहरुमा सुशासनको प्रत्याभूति दिलाउनु नगरपालिकाको कर्तव्य हो । यसै मर्मलाई हृदयंगम गरी कार्य सम्पादन गर्दै आइएको छ, जसको फलस्वरुप आ.व. २०७९÷०८० को लेखापरिक्षणमा हाम्रो नगरपालिका काभ्रे जिल्लाको सबैभन्दा कम बेरुजु हुने नगरपालिका र ७५३ स्थानीय तहहरु मध्ये कम हुने १० वटा पालिका भित्र पर्न सफल भएको छ। यस खुशीयालीमा बेरुजु शून्य बनाउने उदेश्यले अहोरात्र क्रियाशिल प्रमुख प्रशासकीय अधिकतृ, लेखाका कर्मचारीहरु र सम्बन्धित सबै शाखाका शाखा प्रमुख एवं कर्मचारिहरुमा धन्यवाद ज्ञापन गर्दछु । आगामी दिनमा शून्य बेरुजु गर्ने अभियानमा सबैको साथ सहयोग रहने अपेक्षा लिएको छु।
• आ.व २०७९÷०८० मा पाचौँ पटकसम्म बोलपत्र आब्हान गर्दा समेत खानीजन्य बस्तुहरुको उपयोग तथा निकासी शुल्क कर संकलन कार्यको ठेक्का लागेन र अनेकौँ आलोचनाहरु आइरहे। यस विषम तथा कठिन परिस्थितिमा नगरपालिकाले अमानतबाट राजस्व संकलन गरी लक्ष्यको करिब १०० प्रतिशत नै पूरा गर्न सफल रह्यो । यस कठिन कार्यको व्यवस्थापन गरी सफलता हासिल गर्न अहोरात्र खट्नु हुने प्रमुख प्रशासकीय अधिकृत, राजस्व र लेखाका कर्मचारीहरु, राजस्व संकलनमा संयोजकको भूमिका निर्वाह गर्नु हुने मुक्तिनाथ के.सी लगायत राजस्व संकलन कार्यमा खट्नु हुने सवै कर्मचारी र सहयोग पुर्याउनु हुने उपप्रमुख लगायत सवै जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्दछु।
अब म आगामी आर्थिक वर्ष २०८१/८२ का प्राथमिकताप्राप्त प्रमुख कार्य र सो को नीतिगत व्यवस्थाको बारेमा चर्चा गर्दछु ।
• सघन शहरी विकासको रणनीति अवलम्बन गरि पर्यटन प्रवद्र्धन, सडक पूर्वाधार, खानेपानी र सूचना प्रविधि क्षेत्रका पूर्वाधारलाई जोड दिइनेछ ।
• दीगो स्थानीय आर्थिक विकासको निम्ति नीजि क्षेत्र, सहकारी, गैर सरकारी संस्था र स्थानीय समुदायसंग
साझेदारीमा प्रभावकारी क्षमता विकास, उत्पादन वृद्धि, उद्यम विकास, बजारीकरण, रोजगारी सृजना तथा
• पूर्वाधार निर्माणका कार्यक्रमहरु संचालन गरिनेछ ।
• पनौती–बनेपा सडक, पनौती–खोपासी, मल्पी–भुमिडाँडा, कुशादेवी–रयाले, पनौती–नमोबुद्ध सडकको सौन्दर्य तथा हरितकरण गरी पनौती आवागमनलाई सहज र रमणीय बनाउन सडक खण्डको मुख्य मुख्य स्थानमा टोल विकास संस्था, स्थानीय संघ संस्थाहरुको सहकार्यमा सार्वजनिक नीजि साझेदारी कार्यक्रम अन्र्तगत वृक्षारोपण, पार्क निर्माण, सडक विश्राम स्थल निर्माण, सडकवत्ती व्यवस्थापन र फोहोरमैला व्यवस्थित गरी सुन्दर, स्वच्छ, सफा, हरित पनौती अभियान शुरु गरिनेछ ।
• सबै वडामा नगरपालिका कार्यालयबाट प्रत्यक्ष नियमन गर्न सक्ने गरी अनलाइन सेवाको समुचित प्रबन्ध गरिनेछ । साथै स्वास्थ्य, शिक्षा पुस्तकालयमा पु¥याइएको सेवाको एकिकृत अनुगमन तथा नियमन गर्ने व्यवस्था मिलाइनेछ ।
• पनौती नगरपालिका क्षेत्रमा संचालित ऐतिहासिक खानेपानी योजनालाई प्राकृतिक र आधुनिक प्रविधिबाट प्रशोधनगरी नगरभित्रका सम्पूर्ण जनतालाई शुद्ध र गुणस्तरयुक्त पिउने पानीको व्यवस्था गर्न आधारशिला तयार गरिनेछ । साथै काभ्रे उपत्यका खानेपानी योजना अझै पनि अधुरो रहेको हुँदा सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउनुका साथै नगरबाट आफ्नै स्रोत साधनहरुको प्रयोग गरी खानेपानीमा जनताको पहुँच पु¥याइनेछ ।
• पनौती नगरभित्र रहेको पूरातात्विक महत्वका सम्पदाहरुलाई संरक्षण गर्दै विश्व सम्पदा सूचीमा सुचिकरणका लागि कार्यहरु अघि बढिसकेकोमा र थप कार्यलाई जोड दिइनेछ साथै सम्पदामैत्री घर तथा भौतिक संरचना निर्माण, सबलीकरण एवं प्रोत्साहनलाई यो वर्ष पनि निरन्तरता दिई धार्मिक पर्यटकीय नगरको रुपमा विकास गरिनेछ ।
• बसपार्कको व्यवस्थापनमा केहि चुस्तता आइसकेको र पनौती बसपार्कलाई अझ व्यवस्थित गरिनेछ ।
• पनौती शिरानचौरमा निर्माणाधिन रंगशालालाई पूर्णता दिनको लागि सरोकारवाला पक्षहरुवीच संवाद र सहकार्य गरि निर्माण कार्यलाई अघि बढाइनेछ ।
• स्वीकृत योजना संचालन गर्नुपूर्व विनियोजित वजेटका आधारमा प्राथमिकता निर्धारण गरि क्रमशः कार्यान्वयन गरिनेछ ।
• नगरसभाबाट स्वीकृत भई उपभोक्ता समितिबाट संचालन हुने योजनाहरु मंसिर मसान्तभित्र सम्झौता गरिसक्नुपर्ने, वैसाख मसान्तभित्र सम्पन्न गरी ज्येष्ठ मसान्तभित्र फरफारक गरी भुक्तानी लिइसक्नुपर्ने गरी योजना संचालन गर्ने नीति लिईनेछ ।
• पनौती नगरपालिकाभित्र संचालित रोडा ढुंगा उद्योग क्षेत्र विशेष गरी वडा नं. २ र १२ का स्थानीय नागरिकको हित, प्रोत्साहन र स्वास्थ्य सुविधाका लागि नगरपालिकाको ५०% खर्च सहभागितामा स्वास्थ्य विमा कार्यक्रम संचालन गरिनेछ ।
• नगर क्षेत्रभित्रका जटिल रोगबाट प्रभावित व्यक्ति, सुत्केरी महिला, जेष्ठ नागरिक र दलितको सेवा सुविधाका लागि निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिईनेछ ।
• प्रत्येक वडा कार्यालयहरुसम्म पक्की सडकको पहुँच पु¥याइनेछ ।
• खानी प्रभावित क्षेत्रका पूर्वाधार विकासका लागि विशेष बजेटको व्यवस्था गरिनेछ ।
• अधिकांश ढलको पहुँच विस्तार नभइसकेको क्षेत्रमा सोकपिट बनाउन पे्ररित गर्दै लेदो फोहोर व्यवस्थापनका लागि विद्यमान सक्सन मेशिनको क्षमता बढाइ प्रभावकारी संचालनको व्यवस्था गरिनेछ साथै विभिन्न स्थानमा पटक–पटक ढल नाली जाम हुने समस्यालाई समाधान गर्न जेटिङ्ग मेशिनको प्रबन्ध गरिनेछ ।
• वैकल्पिक उर्जाको प्रयोगलाई वढावा दिइनेछ । यसको प्रवद्र्धनका लागि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र तथा अन्य संघ संस्थासंग सहकार्य गरिनेछ ।
• नगर क्षेत्रको जग्गालाई भू–उपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ का आधारमा जग्गाको वर्गीकरणको बाँकी कार्यहरु सम्पन्न गरिनेछ । जोखिमयुक्त र अनुपयुक्त स्थानहरुमा घर संरचना बनाउन निषेध गरिनेछ ।
• भूउपयोग सूचना केन्द्र स्थापना गरी भू–उपयोग सम्बन्धी सूचना संकलन गरिनेछ ।
• उद्योग वाणिज्य संघ वा अन्य संघसंस्थाको सहकार्यमा आर्थिक क्षेत्रको विकासका लागि विभिन्न मेला, महोत्सव प्रदर्शनी जस्ता कार्यक्रमहरु आयोजना गरिनेछ ।
• पनौती नगरभित्रका ऐतिहासिक, पूरातात्विक, धार्मिक, सांस्कृतिक र रमणीय पर्यटकीय क्षेत्रको विकासका लागि संरक्षण संवद्र्धन र प्रवद्र्धनका कार्यक्रमहरु संचालन गरिनेछ ।
• प्राचिन र पुरातात्विक इतिहास बोकेको पनौती नगरभित्रका व्यक्तिगत भवनहरुले पुरातत्व विभागबाट तोकिएको मापदण्ड बमोजिम हुने गरी भवनको अग्र भागमा रंगरोगन गरेमा प्राविधिक प्रतिवेदन बमोजिम हुन आउने कुल खर्चको ४०% मा नवढ्ने गरी प्रतिघर अधिकतम रु. ५०,०००÷– (पचास हजार) का दरले उपलब्ध गराईने छ ।
• पुण्यमाता खोलाको प्राकृतिक सुन्दरता कायम गर्नका लागि बगि आएका फोहोरहरु उपयुक्त स्थानहरुमा त्चबउउष्लन व्यवस्थापन गरी किनारमा बृक्षारोपन कार्यक्रम संचालन गरिनेछ ।
• नगरपालिकाका कर्मचारीहरुको कर्मचारी कल्याण कोषलाई थप व्यवस्थित गरिनेछ ।
• पर्यटकीय क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विकास गर्न संचालन हुने तारे होटल÷रिसोर्ट, होमस्टे, जिपलाइन बञ्जी जम्प, हाइकिङ्ग, साईक्लिङ्ग, रक क्लाईम्बिङ्ग लगायतका क्षेत्रको प्रर्वद्धनका लागि पहुँच मार्ग, खानेपानी, विद्युत, एवं थप पूर्वाधारको विकास गरिनेछ ।
• अन्र्तराष्ट्रियस्तरका शिक्षण संस्थाहरु (विद्यालय, क्याम्पस) निर्माणका लागि आकर्षित गरिनेछ । सोका लागि जग्गा प्राप्तिमा सहजिकरण, पहुँचमार्ग, खानेपानी, विद्युत लगायतका पूर्वाधारको विकास गरिनेछ ।
• विपद्को तत्काल व्यवस्थापन गरिनेछ । विपद्को सामना गर्न विपद् व्यवस्थापनमा सहयोग पु¥याउने सामाग्रीहरुको भण्डारणलाई यथासक्य वडागत रुपमै व्यवस्थापन गरिनेछ ।
• विपद् जोखिम नक्साङ्कन तथा विपद व्यवस्थापन कार्ययोजना तयार गरिनेछ ।
• सार्वजनिक जग्गाहरुको पहिचान गरी छुट्याइनेछ ।
• सार्वजनिक सम्पत्तिको अतिक्रमण रोक्न विवरण अद्यावधिक गरी नापजाँच, सिमाङ्कन नामाङ्कन गराई ठहर भए बमोजिम आवश्यक कारवाही अघि बढाइनेछ ।
• जंगली जनावरको अतिक्रमणबाट हुने क्षति, प्राकृतिक विपद् बाट हुने क्षतिलाई न्यूनिकरण गर्न, विपद् पूर्व तयारी कार्यक्रम संचालन गर्न र क्षति भएमा स्रोत साधनको सीमा भित्र रहि आवश्यक राहत सहयोग प्रदान गर्ने व्यवस्था मिलाईनेछ ।
• वित्तिय अनुशासनलाई सुदृढ गर्दै नगरपालिकाको बेरुजूलाई शून्य बनाउने नीति लिईनेछ ।
भ्रष्टाचार तथा अनियमिततामा शुन्य सहनशीलताको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरि सुशासनयुक्त नगर बनाइनेछ र सर्वसाधारण जनताले अनुभूति गर्ने गरी व्यवहारमा कार्यान्वयन गरिनेछ ।
• सार्वजनिक सेवा वितरण र शासकीय सुधारको लागि जनताको सहभागितामा अभिवृद्धि गरि पृष्ठपोषण प्राप्त गर्न, सूचना तथा जानकारी तल्लो तहसम्म पु¥याउन सार्वजनिक जवाफदेहिताको परीक्षण, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमलाई यथासमयमा सम्पन्न गर्ने व्यवस्था मिलाइनेछ ।
• उपभोक्ता हित संरक्षण तथा प्रवद्र्धधनका लागि बजार अनुगमन, नियमन कार्यलाई प्रभावकारी बनाउन सरोकारवालाहरुको समन्वय र सहकार्यमा फिल्ड अभियानमार्फत थप प्रभावकारी बनाइनेछ ।
• उद्योगी व्यवसायीलाई व्यावसायिक सामाजिक उत्तरदायित्व बहन गरी नगरपालिकाको समग्र विकासमा सहभागी हुन प्रेरित गरिनेछ ।
• व्यवसाय दर्ता तथा नवीकरणका लागि सरोकारवालाहरुको समन्वय र सहकार्यमा फिल्ड अभियान सञ्चालन गरिनेछ ।
•“नगरबासीलाई कर तिर्नु बोझ नभई आफ्नो दायित्व र कर्तव्य हो” भन्ने कुरा प्रत्याभूत गराउन कर प्रशासनका सर्वमान्य सिद्धान्तका आधारमा दरभन्दा दायरालाई प्राथमिकता दिइनेछ । यस कार्यलाई सहजीकरण गर्न सरोकारवालाको सहकार्यमा करदाता शिक्षा लगायतका प्रवद्र्धनात्मक कार्यक्रम गरिनेछ ।
• क्षेत्रगत रुपमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई संस्थागत रुपले उपयुक्त कार्यक्रमको संयोजन गरी कदर तथा सम्मान गरिनेछ ।
• सबैभन्दा धेरै कर दाखिला गर्ने, तोकिएको कर तोकिएको समयमा तिर्ने÷बुझाउने करदातालाई प्रोत्साहन स्वरुप उत्कृष्ट करदाताको रुपमा सम्मान गरिनेछ ।
• नगरपालिकाभित्र रहेका भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक कुराहरुलाई सम्वन्धित विज्ञहरु, सरोकारवाला तथा स्थानीय जनताहरुसँगको सहभागितामा पहिचान गरि श्रोत नक्सांकन प्रतिवेदन तयार पश्चात विकास निर्माणका योजनाहरु तथा कार्यहरु सरल, सुलभ, वैज्ञानिक र दिगो बनाईनेछ ।
• नगरपालिकाबाट विगतमा तय गरिएका योजनाहरुलाई समयानुकुल परिमार्जन गरी पञ्चवर्षीय योजना वा आवधिक योजनाको रुपमा लागु गरिनेछ ।
•दिगो विकास लक्ष्य प्राप्तिका सूचकलाई स्थानीयकरण गरि आवश्यक कार्यक्रम बनाई कार्यान्वयन गरिनेछ ।
• असल अभ्यास, अनुभव आदान प्रदान, सिकाई क्षमता अभिवृद्धि लगायत द्विपक्षीय सम्बन्ध विस्तारका लागि स्वदेशी तथा विदेशी संघ संस्था तथा स्थानीय सरकारहरुसंग समन्वयात्मक सम्बन्ध स्थापित गरिनेछ ।
• वडा कार्यालयमा सिसि क्यामेरा जडान गरिनेछ ।
• दुर्घटनाको न्यूनीकरण लगायत शान्ती सुरक्षामा थप मद्दत पु¥याउन सार्वजनिक स्थलहरुमा सिसि क्यामरा जडानलाई विस्तार गर्ने र भईरहेकालाई आवश्यकतानुसार मर्मत संभार गर्ने व्यवस्था मिलाईनेछ ।
• शान्ती सुरक्षाको प्रत्याभूति गराउन नगर क्षेत्रमा तैनाथ नगर प्रहरी तथा सबै सुरक्षा निकाय बीचमा सुसम्बन्ध कायम गराइनेछ ।
• आवश्यकता बमोजिम माथिल्ला निकायसंग समेत समन्वय गरिनेछ ।
• नव प्रवर्तनात्मक आविष्कारहरुलाई प्रोत्साहन गर्नका लागि प्रतिभा सम्मान तथा सहयोग गरिनेछ ।
• रोजगारी सिर्जना गर्नका लागि लामो र छोटो अवधिको सीप युक्त तालिम संचालन गरी पनौती नगरभित्र उद्योग व्यवसाय स्थापना गर्नका लागि विशेष प्रोत्साहन गरि व्यवसायमैत्री नगरको रुपमा विकास गरिनेछ ।
• सार्वजनिक यातायातको क्षेत्रलाई मर्यादित, सुरक्षित एवं भरपर्र्दो बनाउन सम्बन्धित सेवा प्रदायकहरुसँग समन्वय गरि स्तरीय सेवाको सुनिश्चितता गरिनेछ ।
• सुरक्षित र गुणस्तरिय सडक पूर्वाधार निर्माणको नीति लिइनेछ । नगर सडक विकास गुरुयोजना आवश्यक संशोधन गरिनेछ ।
• सडक संजाललाई ध्भद द्यबकभम क्ष्लायचmबतष्यल क्थकतझ मार्फत अद्यावधिक गरिनेछ ।
•स्वास्थ्य संस्थामा नै सुत्केरी हुने दरलाई शतप्रतिशत पुर्याउन प्रोत्साहनका थप कार्यक्रम संचालन गरिनेछ ।
आधारभूत स्वास्थ्य सेवालाई घरदैलोमुखी “जेष्ठ नागरिक स्वास्थ्य सेवा” कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
• स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन एकीकतृ स्वास्थ्य पूर्वाधारको नीतिलाई अवलम्बन गरिनेछ ।
• ग्रामीण क्षेत्रको यातायातलाई सहज र सर्वसुलभ बनाउनका लागि साना तथा मझौला सवारी संचालनमा प्रोत्साहन गरी सवारी संचालनका लागि आवश्यक वातावरण तयार गरिनेछ ।
•विभिन्न खाले विपद् एवम् प्रकोपको सामना गर्न विपद् व्यवस्थापन कोषको वृद्धि एवं परिचालन गरिनेछ ।
• मानव अधिकार तथा न्यायमैत्री नगर घोषणालाई घोषित विषय वस्तुको हासिल उपलब्धीको समीक्षा गरि थप उपलब्धी प्रगतीका लागि कार्यक्रमिक तवरले अघि बढाइनेछ ।
• संघीय सरकार, प्रदेश सरकार, सहयोगी संघसंस्था, दाता निकायहरुबीचको समन्वय एवं सहकार्य गरी कार्यक्रम अगाडी बढाईने नीति लिईनेछ ।
• तरकारी बजार क्षेत्रलाई व्यवस्थित गरिनेछ साथै देशका अन्य ठूला शहरमा रहेका तरकारी तथा कृषि बजार सँग आवद्ध गराइनेछ ।
• साना तथा मझौला कृषकहरुलाई कृषि बजारसंग सोझै जोड्नका लागि एक वडा एक कृषि तथा पशु बजार केन्द्र स्थापना गरि यलष्लिभ मार्फत कृषि तथा पशुजन्य व्यापार गर्ने नीतिमा जोड दिइनेछ ।
• कृषक पशुपालक पर्यटन व्यवसायी र उत्पादन उद्योगीहरुलाई प्रोत्साहनका लागि कार्यविधि बनाई प्रत्येक वडा र नगरस्तरमा सम्मान र प्रोत्साहन गरिनेछ ।
•पनौती नगरपालिकामा गरिँदै आएको सुन्तला खेतिमा देखिएको रोगले खेति नै विस्थापनहुने अवस्थामा पुगेका कारण रोगका विषयमा अध्ययन गरि वैकल्पिक फलफूल खेतिको सम्भाव्यता अध्ययन गरिनेछ ।
अलैची, कुचो, सुन्तलाका उन्नत जातको विउ भित्र्याइनेछ ।
• नक्सापास प्रकृयामा इलष्लिभ पद्धतिको अवलम्बन सहित म्ष्नष्तष्शभ गर्ने प्रकृया थालनी गरिनेछ ।
• बालबालिका तथा युवालाई लक्षित गरि लागु औषध दुव्र्यसनी, जातिय विभेद, सामाजिक कुरिती, यौनिक तथा घरेलु हिंसा मानव बेचविखन र विद्युतीय अपराध विरुद्ध सचेतना जगाउन “हाम्रो ध्यान, युवा सचेतना अभियान” कार्यक्रम संचालन गरिनेछ ।
• स्थानीय पाठ्यक्रम अनुसार कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक निर्माण कार्य सम्पन्न भएको र पाठ्यपुस्तकहरु छपाइ गरी प्रत्येक विद्यार्थीहरुलाई निशुल्क रुपमा वितरण गरिनेछ ।
• अनाथ र अति विपन्न वालवालिकाहरुलाई नगरभित्रका सुविधा सम्पन्न विद्यालयहरुमा पढ्ने व्यवस्था मिलाईने छ ।
• पनौती वहुप्राविधिक विद्यालयलाई थप विस्तार तथा विकास गरिनेछ ।
•भर्खरै विद्यालय शिक्षा पूरा गरेका तथा शिक्षित तर बेरोजगार युवाहरुलाई भावी शैक्षणिक योजनाका विषयमा बिज्ञबाट परामर्श प्रदान गर्ने कार्यक्रम संचालन गरिनेछ ।
• नगर विकासको लागि विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई आब्हान गरी आर्थिक लगानी सम्मेलन गरिनेछ ।
• नगरपालिकाको काम कारबाही सम्बन्धी विषयमा निरन्तर बिज्ञ सेवा उपलब्ध गराउन पूर्व सुरक्षाकर्मी, प्राध्यापक,शिक्षक, कर्मचारी, खेलाडी र विषय विज्ञहरुको विज्ञ समूह बनाई विषयगत रुपमा उहाँहरुको विज्ञतालाई कदर गर्दै सम्बन्धित विषयको योजना निर्माणमा समावेश गरिनेछ ।
• स्थानीय तह निकायमा स्थायी नियुक्ती भई सेवा अबधी २० बर्ष र ५० बर्ष उमेर पुरा भएका कर्मचारीहरुले अबकास लिन चाहेमा बाँकी रहेको सेवा अबधी निजहरुको सेवा अबधीमा थप गरि अबकास सुबिधा बापतको सेवा सुबिधा भुक्तानी गर्ने गरि सुनौलो अबकास योजना कार्यान्वयन गरिनेछ ।
• स्थानीय तहमा पाइने रैथाने जस्तै यमोरी लगायतका खाद्य पदार्थ, हस्तकलाका सामग्रीको ब्रान्डिंग तथा बजारीकरण गर्न सहयोग गरिनेछ ।
• पनौती नगरपालिका क्षेत्रभित्र लामो समय देखि बसोबास गरि आएका भूमिहिन तथा सुकुम्बासीहरुलाई कानूनी प्रकृया पुरा गरि छिटोभन्दा छिटो जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न पहल गरिनेछ ।
• भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जमिन उपलव्ध गराएपश्चात अति गरिव परिवारको लागि आवास र जीविकोपार्जनका कार्यक्रम सञ्चालनका लागि आवश्यक पहल गरिनेछ ।
• प्रदुषण नियन्त्रणका लागि आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ ।
• विशेषगरी खानीजन्य, नदीजन्य सामग्री बोक्ने सवारी–साधनहरुको टायर सफागर्ने स्वचालित संरचना यसै आर्थिक वर्ष भित्र निर्माण गरिनेछ ।
• घरमा उत्पन्न हुने फोहोर वर्गीकरणको लागि उपभोक्ताहरुलाई सचेतना अभियान संचालन गने तथा नीजि क्षेत्रको साझेदारीमा व्यवस्थापन कार्य गर्ने र फोहोरको व्यवस्थापन स्थायी रुपमा गर्नको लागि जग्गा पहिचान र जग्गासम्म पुग्नको लागि पहुँच मार्ग निर्माण गरिनेछ ।
• परम्परागत जात्रा महोत्सव र सांस्कृतिक कार्यक्रमहरुलाई संरक्षण र प्रवद्र्धन गर्न अक्षय कोषको निर्माण भइसकेको र सो कोषको वृद्धि गरी जात्रा महोत्सव र सांस्कृतिक कार्यक्रमहरुलाई व्यवस्थित गरिनेछ ।
• पनौती नगर पर्यटन गुरु योजना अद्यावधिक गरिनेछ ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पूरातात्विक मठमन्दिर, पाटी, ढुङ्गेधारा, पार्क, उद्यान, बगैंचा जस्ता स्थलहरुको संरक्षण संवद्र्धन र प्रवद्र्धन गरि धार्मिक तथा मनोरम पर्यटकीय नगरका रुपमा विकसित गरी आन्तरिक र बाह्य पर्यटनको आगमनलाई बढवा दिइनेछ ।
• पर्यावरण तथा वातावरण संरक्षणका महत्वपूर्ण जलाधार क्षेत्रको संरक्षणका लागि गुरुयोजना तयार गरिनेछ ।
• सबै नागरिकको स्वास्थ्यमा ध्यान राखी (ध्ब्क्ज्) स्वच्छता शुद्धता तथा सरसफाईसँग सम्बन्धित क्रियाकलाप संचालन गरिनेछ ।
• छोरी बुहारीहरुको उच्च शिक्षामा पहुँच बृद्धिका लागि छोरी बुहारी छात्रबृत्ति कार्यक्रम संचालन गरिनेछ ।
क्याम्पस तथा विद्यालयहरुलाई एकमुष्ठ अनुदान दिइदै आएकोमा आगामी आ.व. देखि शैक्षिक सुधार योजना प्रस्ताव तथा कार्यविधिका आधारमा मात्र अनुदान दिइने व्यवस्था गरिनेछ ।
• सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि भ्(ष्दिचबचथ कभचखभच को व्यवस्था गरि यलष्लिभ शिक्षामा पहुँच विस्तार गरिनेछ ।
नगरभित्र लघु उद्यम केन्द्र, औद्योगिक ग्रामको स्थापना गरिनेछ ।
• विशेषज्ञ डाक्टरको व्यवस्था सहित खोपासी स्वास्थय केन्द्रलाई नगर अस्पतालको रुपमा स्तरोन्नती गरिनेछ ।
शारीरिक तन्दुरुस्ती नै निरोगिताको आधार हो त्यसैले शारीरिक तन्दुरुस्ती हासिल गर्नका लागि तनावरहित बनौं, स्वस्थताका लागि व्यायाम गरौं भन्ने नाराकासाथ व्यायामशालाहरुको निर्माण गरिनेछ ।
• नागरिकको स्वस्थ जीवन बाँच्न पाउने अधिकारलाई सूनिश्चित गर्न ज्येष्ठ नागरिक चौतारी, बाल उद्यान निर्माण गरिनेछ ।
• विद्युत लाईन/पोल/ट्रान्सफर्मर सुधार/भोलटेज सडक बत्ती, मार्स लाईट आदि विषयमा सुधार गरि उज्यालो पनौती निर्माणको लागि कार्यहरु गरिनेछ ।
आधुनिक प्रविधि र सेवाग्राहीमैत्री वडा कार्यालयबाट सेवा प्रवाह गर्ने
नीति अनुसार बाँकी वडाको प्रशासनिक भवन निर्माणका लागि जग्गा व्यवस्थापन एवं भवन निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
• कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनका आधारमा कर्मचारी प्रशासनलाई थप व्यवस्थित गराईनेछ ।
• नगरपालिकाको सेवा प्रवाहलाई सहज सरल स्तरीय बनाई अन्तर्राष्ट्रिय गुणस्तर ९क्ष्क्इ क्तबलमबचम० कायम गर्न आवश्यक प्रकृया आरम्भ भइसकेकोले यस सम्बन्धमा अन्य अत्यावश्यक प्रशासकीय सुधार, संरचनागत सुधार गरी उच्चतम् प्रविधियुक्त बनाउने जस्ता सूचकमा आधारित कार्यक्रमहरु संचालन गरिनेछ । सम्बोधन हुन बाँकी रहेका वडागत रुपबाट प्राप्त विभिन्न योजना तथा कार्यक्रमहरु, विषयगत रुपमा प्राप्त योजनाहरु, विभिन्न संघ संस्था, समुह, व्यक्तिहरुबाट प्राप्त कार्यक्रम सहितका राय सुझावहरु समेत एकिकृत गरि नगरपालिकाको योजना बंकै मा समाविष्ट गरी उक्त कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।
• नगरपालिकाको सम्पूर्ण भूगोल समेटिने गरि टोल विकास संस्था गठन तथा परिचालन गरि भौगोलिक नक्साकंन समेत गरिनेछ ।
• CTEVT ENSSURE परियोजना आदिसंगको समन्वयमा मागमा आधारित सीपमुलक तालिम संचालन गर्ने र तालिममा सहभागीहरुलाई स्थानीय आर्थिक विकासको अवधारणा अनुसार विउपूँजी परिचालन कोषमा आबद्ध गराइनेछ ।
• सामुदायिक कुकुर तथा चौपायाहरुको नियन्त्रणका लागि आवश्यक कार्यहरु अघि वढाइनेछ ।
• लम्पी स्कीन लगायत अन्य पशुजन्य रोगहरु निवारणको लागि खोप कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
• कृषि तथा पशुपन्छी फर्म, मासु पसल, बधशाला, दुध डेरी, भेटेरिनरी औषधि पसल, एग्रोभेट चल्ला सप्लायर्स र दाना उद्योग व्यवस्थित र नियमन गर्न अनुगमन गरिनेछ ।
• फरक क्षमता भएका व्यक्तिहरुलाई सहयोगी साधन निशुल्क उपलव्ध गराइनेछ ।
• स्वस्थ हिंडडुल गर्न सक्ने ८० वर्ष कटेका जेष्ठ नागरिकहरुलाई संघ संस्था एबम् नगरको सहकार्यमा तिर्थाटन गराइनेछ ।
• व्यक्तित्व विकासका नियमित अवसरबाट बंचित बिपन्न, दलित, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको बहुआयमिक सशक्तिकरणका लागि बैकल्पिक अवसर श्रृजना गर्न प्रभावकारी रुपमा सेवा प्रवाह गरिनेछ ।
• “हाम्रो नगर, धुलोरहित शहरलाई” मूर्तरुप प्रदान गर्नका लागि मिनि बुमर खरिद र पनौतीका दक्षिण क्षेत्रबाट विश्वसम्पदा सूचीमा प्रस्तावित क्षेत्र पनौती ६ र ७ प्रवेश गर्ने प्रत्येक सवारी साधनहरुको चक्का धुने व्यवस्था मिलाउनका लागि नीजि लगानीकर्ताहरुलाई उत्प्रेरित गरिनेछ ।
• डिजिटल पनौतीको अवधारणालाई क्रमश लागू गर्दै लगिने छ । प्रविधिमा आधारित सेवा प्रवाह, न्क्ष्क् धभददबकभम मा आधारित तथ्यांक व्यवस्थापन प्रणाली, डिजिटल भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याइनेछ ।
माथी उल्लेखित नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि आ.व. २०८१/०८२ मा चालुतर्फ ७४ करोड ७१ लाख ८० हजार, पुजीँगततर्फ ८३ करोड ९८ लाख २० हजार र वित्तीय व्यवस्था १ करोड ३० लाख गरी कूल १ अरब ६० करोड बजेट व्यवस्था गरी अपेक्षित लक्ष्य तथा उद्धेश्यहरु हासिल गरिनेछ ।
प्रस्तुत नीति तथा कार्यक्रमलाई नै मूल मेरुदण्डका रुपमा राखी शाखागत रुपमा तयार गरिएका संलग्न कार्यक्रमहरु कार्यान्वयन गरी नगरका समष्टीगत संभावना र अवसरहरुलाई आत्मसाथ गरी कार्यान्वयन गरिनेछ ।
सार्वजनिक सेवा, सुशासन तथा संस्थागत विकास
सम्बन्धी नीति
• पारदर्शिता, जवाफदेहिता, नैतिकता र निर्णयमा सहभागिता, जनसहभागिता, योजनावद्ध कार्यप्रणाली जस्ता सुशासनका अन्तरवस्तुलाई आत्मसात गरी स्थानीय सरकार संचालनमा कानूनको शासनको प्रत्याभूति गराई सुशासनलाई बढावा दिइनेछ ।
• नगरपालिका तथा वडा कार्यालयमा अनिवार्य रुपमा ई हाजिरी प्रणाली स्थापना तथा कार्यान्वयन गरिनेछ ।
• नगरपालिकाबाट प्रवाह गरिने सेवा प्रवाह एवं गतिविधिलाई क्रमश विद्युतीय शासन प्रणाली लागु गर्दै सेवा प्रवाहलाई सरल, सहज र पारदर्शी गराइनेछ ।
• सबै शाखा र वडाहरुका विचमा समन्वयकारी भूमिका निर्वाह गरिनेछ । साथै शाखा र वडाहरुवाट भएका प्रगतिलाई चौमासिक तथा वार्षिक रुपमा प्रकाशन गरिनेछ ।
• नगरपालिका तथा वडावाट भएका असल अभ्यास एवम् सिकाइहरुको दस्तावेजीकरण गरिनेछ ।
• संघीय तथा प्रदेश सरकारको ऐन तथा नीति बमोजिम कर्मचारीहरुको स्तरवृद्धि र तहवृद्धि लगायत अन्य सेवा सुविधाको व्यवस्थाहरुलाई कार्यान्वयन गरिने तथा कार्यसम्पादनमा दण्ड–पुरस्कार प्रणालीको अवलम्बन गरी राष्ट्रसेवक कर्मचारीहरुमा जनताप्रति समर्पित भई गर्ने जिम्मेवारी वहन गर्ने कार्यसंस्कृतिको विकास गरिनेछ ।
• नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई सेवा प्रवाहमा उत्प्रेरित गर्नका लागि सार्वजनिक सेवा प्रवाह, स्थानीय सरकार संचालन जस्ता विषयमा क्षमता विकास कार्यक्रम, असल अभ्यास आदानप्रदान र अध्ययन अवलोकन जस्ता कार्यक्रमहरु संचालन गरिनेछ ।
• प्रशासनिक सुधार र सुशासन सम्बन्धी विषयमा कर्मचारीहरुलाई सेवाकालिन तालिम मार्फत क्षमता अभिवृद्धि एवं वृत्ति विकास गरिनेछ ।
• सर्वसुलभ छिटो छरितो सेवा, पारदर्शिता जस्ता बिषयको पूर्ण उपयोगको लागि नागरिक बडापत्रको अद्यावधिक गरिनुका साथै जनताको सु–सूचित हुन पाउने सूचनाको हकको पूर्ण प्रत्याभूति गराइनेछ ।
सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनको लागि गुनासो सुनुवाई संयन्त्रलाई व्यवस्थित गराइनेछ ।
• सेवा प्रवाह मापदण्ड कार्यान्वयन गरी आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढीकरण गरिनेछ । च्ष्नजत mबल ष्लचष्नजत उबिअभ बत चष्नजत तष्mभ को अवधारणा लागू गर्दै शाखागत रुपमा त्इच् तयार गरी कार्यसम्पादन सम्झौता गरिनेछ ।
• नगरपालिकाको खरिद प्रणालीलाई व्यवस्थित गर्न चौमासिक र वार्षिक खरिद योजना तयार गरी दरभाउपत्र र बोलपत्रवाट खरिद गर्ने प्रणाली अवलम्वन गरिनेछ ।
• नगरभित्र रहेका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय लगायत नगरपालिकाको स्वामित्वमा रहेका सम्पूर्ण संघसंस्थाको भौतिक सम्पत्तिको अवस्था र जिन्सी निरीक्षण गरी अभिलेख व्यवस्थापन गरिनेछ ।
• कर्मचारीहरुलाई कार्यसम्पादन तथा कार्यमूल्याङ्कनको आधारमा कार्यविधि निर्माण गरी तहगत समायोजन तथा प्रोत्साहन भत्ता दिने व्यवस्था गरिनेछ ।
• सेवा प्रवाह एवं अभिलेख व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सूचना तथा अभिलेख केन्द्र स्थापना गरी संचालन गरिनेछ ।
• नगरपालिकाका विषयगत समितिहरुलाई थप उत्तरदायी, क्रियाशील र परिणाममुखी बनाइनेछ ।
• नगरपालिकामा दर्ता तथा सूचिकृत भएका विभिन्न गैर सरकारी संस्थाहरुले नगरपालिका क्षेत्रभित्र कार्यक्रम संचालन गर्दा नगरपालिकाको ल्न्इ फोकल पर्सन मार्फत व्यवस्थित गरिनेछ ।
• ीक्ष्क्ब्, ँच्ब् संग जोडिएका सूचक र सो संग सम्बन्धित कृयाकलापको पूर्ण कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण कार्य गरिनेछ ।
• अन्तिम लेखा परीक्षण प्रतिवेदनमा औल्याइएका टिप्पणी तथा कैफियत सुधारको लागि आवश्यक कार्यहरु गरिनेछ ।
शैक्षिक नीति
• दिगो विकास लक्ष्य कार्यान्वयको लागि शैक्षिक रणनीतिक योजनाको स्थानीयकरण, प्रविधिमैत्री शैक्षिक कार्यक्रम सञ्चालन गरि बदलिंदो परिस्थिति र समयसापेक्ष शिक्षण सिकाईलाई सूचना प्रविधिसंग जोडी इ–लर्निङ कक्षा सञ्चालनमा पहल गरिनेछ ।
• विद्यालको सेवा क्षेत्र र विद्यालको सेवा क्षेत्रसँग यातायात सञ्जालमा जोडिएका संस्थागत (बोर्डिङ्ग) विद्यालयहरुमा शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका पदाभिकारी तथा सदस्यहरुले आफू र आफ्ना परिवारका सदस्यहरुले शेयर लगानी गर्न नपाउने, लगानी भएका शिक्षक, कर्मचारीहरुलाई कानुनी दायरामा ल्याई कारबाहीको प्रक्रिया अघि बढाउने, त्यस्ता ब्यक्तिहरु अस्थायी तथा करारमा नियुक्ति हुन नपाउने र व्यवस्थापन समितिमा रहन नपाउने गरी काननी व्यवस्था मिलाउने प्रक्रिया अघि बढाइनेछ ।
• सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि विद्यार्थी दिवा खाजा कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, निशुल्क पाठ्यपुस्तक वितरण, छात्रवृत्ति वितरण, विद्यालयको भौतिक निर्माण, प्रति विद्यार्थी लागतका आधारमा सिकाई सामग्री व्यवस्था, केन्द्रवाट तोकिएका नमुना विद्यालय कार्यक्रम कार्यान्वयन, निशुल्क सेनिटरी प्याड व्यवस्थापन जस्ता सर्सत कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
• संस्थागत विद्यालयहरुमा अध्ययनरत छात्राहरुका लागि सम्बन्धित विद्यालय समेतको सहभागितामा सेनिटरी प्याड उपलब्ध गराउने कार्यको शुरुआत गरिनेछ ।
• जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने अवधारणा कार्यान्वयन गने क्रममा शैक्षिक सत्र २०८० मा शिक्षक दरवन्दी मिलान, विद्यालय गाभ्ने तथा कक्षा समायोजन कार्य सम्पन्न भइसकेको छ ।यस कार्यलाई प्रत्येक शैक्षिक सत्रमा निरनतरता दिंदै विषयगत तथा तहगत शिक्षक व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेर अघि बढाइनेछ।
• उच्च शिक्षालाई प्रभावकारी गुणस्तरीय र प्राविधिक शिक्षातर्फ जोड दिई आत्मनिर्भर, स्वावलम्वन र रोजगार उन्मुख शैक्षिक वातावरण वनाउन पहल गरिनेछ ।
• एक नगर एक प्राविधिक विद्यालयको अवधारण अनुरुप संघ र प्रदेशसँग समन्वय गरी लागत साझेदारीमा प्राबिधिक विद्यालय सञ्चालनका लागि सम्भाब्यता अध्ययन गरिनेछ ।
• यसरी सञ्चालित विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरी आबासीय रुपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
• आफ्नो विषयक्षेत्र र जिम्मेवारीमा उत्कष्ृ ठता हासिल गर्न शिक्षक, कर्मचारी, व्यवस्थापन समिति तथा उच्च अंक ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरिनेछ ।
• नगरस्तरीय कम्प्युटर प्रशिक्षक÷शिक्षकलाई निरन्तरता दिई विद्यालयका शिक्षकहरुका लागि प्रविधिमैत्री सिकाइमा सहयोग पु¥याईनेछ ।
• विद्यालय परिसर सुधारका कार्यक्रम सञ्चालन गरी शौचालय निर्माण तथा सुधार, पिउनेपानीको व्यवस्थाका साथै विद्यार्थीको शारीरिक, मानसिक तथा संवेगात्मक विकासको लागि वालमैत्री उद्यान, कक्षाकोठा, प्रयोगशाला, क्ष्ऋत् ीब्द्य, पुस्तकालय, वाचनालय, चमेनागृह आदिको आवश्यकीय पूर्वाधारहरुको व्यवस्था गरिनेछ ।
• विद्यालयहरुमा शैक्षिक वातावरण सिर्जना गरी शिक्षण सिकाइमा विद्यालयहरु बीचमा स्वच्छ र सृजनात्मक प्रतिस्पर्धा गरी एक आपसमा सिकाइ आदानप्रदान गर्न एवं राम्रा कामहरुको प्रचारप्रसार गर्न राम्रा अभ्यासहरुको वृतचित्र तथा डकुमेन्ट्री तयार गरी शैक्षिक प्रचारप्रसारको व्यवस्था मिलाइनेछ ।
• सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय सहयोगी कर्मचारी, सहायक कर्मचारी, वाल विकास सहयोगी कार्यकर्ता र नगर शिक्षकहरुको कार्यक्षमतामा वृद्धि गराउन नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप नपुग रकमको व्यवस्थापन गर्ने तथा स्कूल वस सेवालाई प्रभावकारी व्यवस्थापनको लागि सन्चालन खर्चलाई निरन्तता दिइनेछ ।
• शैक्षिक सुधारको प्रस्ताव तथा कार्यविधिका आधारमा विद्यालय तथा क्याम्पसहरुलाई अनुदान दिने व्यवस्था मिलाइनेछ ।
• सिकाई उपलव्धिको वेसलाइन तयार गरी न्यूनतम वार्षिक सिकाई उपलव्धि हासिल हुने गरी शिक्षण सिकाईमा जोड दिइनेछ ।
• नगर भित्रका सामुदायिक विद्यालयहरुमध्येबाट नमुना विद्यालयको रुपमा विकास गरि क्रमशः एकवडा एक नमुना विद्यालय कार्यक्रम सञ्चालन गरि विद्यार्थीको क्षमता अभिवृद्घि गर्न विद्यार्थीलाई ल्याउने, सिकाउने र टिकाउने नीति अघि बढाइनेछ ।
• विद्यालयको शैक्षिक, प्रशासनिक, आर्थिक, भौतिक व्यवस्थापन लगायतका विषयमा चुस्तता कायम गर्न तथा शिक्षण सिकाइमा प्रभावकारिता ल्याउन रुजु सूचि वनाई आकस्मिक निरीक्षण एकल तथा समुह सुपरीवेक्षण कार्यलाई थप प्रभावकारी वनाइनेछ ।
• वालविकास केन्द्रलाई सामग्रीयुक्त वनाई वालमैत्रीे वातावरणका साथ वालवालिकाले सिक्ने अवसर सिर्जना गरिनेछ ।
• विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलाप, खेलकुद जस्ता प्रतिस्पर्धात्मक क्रियाकलाप सञ्चालनको व्यवस्था मिलाइनेछ । जसका लागि विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्रीयुक्त वनाउने तथा विद्यार्थी खेलकुद विमा कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
•विपन्न नागरिकका छोराछोरी, लोपोन्मुख, सिमान्तकृत, दलित, गरिव, जेहेन्दार तथा अभिभावक गुमाएका छात्रछात्राहरुका लागि माध्यमिक तथा उच्च शिक्षामा प्राविधिक विषय तथा अन्य विषय अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिनुको साथै नगरपालिका भित्रका विद्यालय तथा क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि आवश्यकता अनुसार छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
•पूर्व राष्ट्रसेवक कर्मचारी, पूर्व शिक्षकहरुको सीप, क्षमतालाई उपयोग गरी विभिन्न क्षेत्रमा योगदान पु¥याएका ब्यक्ति तथा प्रतिभाहरुको खोजी गरी रोष्टर तयार पारी “शिक्षाप्रेमी मिलौं सव, सुन्दर पनौती शैक्षिक हव” निर्माणमा सहभागी गराइनेछ ।
•विद्यालयहरुको भवन निर्माण लगायतका ठूला योजनाहरु सम्वन्धित तालुक निकाय तथा दातृ संस्थासंगको समन्वयमा कार्य अघि वढाइनुको साथै विद्यालयका शौचालय, खानेपानी, सामान्य मर्मत सम्भार घेरावार, गार्डेन लगायतका कार्य नियमित रुपमा सन्चालन गरी विद्यालयलाई सफा, सुन्दर सुरक्षित र व्यवस्थित गरिनेछ ।
•शिक्षकको पेशागत विकासलाई मर्यादित वनाई सिकाई वातावरण सरल, प्रविधि मैत्री वनाउन आवश्यकीय तालिम, कार्यशाला, अवलोकन भ्रमण, प्रदर्शनी जस्ता कार्यहरु सञ्चालन गरिनेछ ।
• विद्यालयहरुमा एकिकृत शैक्षिक सूचना प्रणालीलाई व्यवस्थित गरी तथ्याङ्क सत्यापन र योजना निर्माण कार्यान्वयनमा विश्वसनियता कायम गरिनेछ । सो प्रणालीको प्रयोगवाट विद्यालयको अभिलेख व्यवस्थापन, परीक्षाफल प्रकाशन, सिकाई उपलव्धि विश्लेषण जस्ता कार्यमा प्रभावकारीता ल्याइनेछ ।
• योजनावद्ध शिक्षण सिकाई शिक्षकको दायित्व, दैनिक कार्ययोजना र सिकाईमा स्थायीत्व भन्ने मर्मका साथ शिक्षक कार्यतालिका, विद्यार्थी मनिटर डायरी कार्यान्वयनलाई निरन्तरता दिइनेछ ।
• सामुदायिक विद्यालयको सिकाई अभिवृद्धिको लागि थप सन्दर्भ सामग्री तथा रिमेडियल कक्षा सञ्चालन गरेका विद्यालयलाई प्रोत्साहनको व्यवस्था गरिनेछ ।
• अभिभावक, शिक्षक र सरोकारवालाको साझेदारि, हाम्रो विद्यालय हाम्रो जिम्मेवारी भन्ने भावनाका साथ विद्यालयको सुधारमा लाग्न शैक्षिक सरोकारवालाहरुसंग अन्तरक्रिया तथा अन्तरसम्वाद कार्यक्रम सन्चालन गरि शैक्षिक विकासमा सामुहिक योगदानको विकास गरिनेछ ।
युवा तथा खेलकुद नीति आ.व. २०८१/८२
• स्वदेशमै स्वरोजगार सिर्जना गर्न युवाहरुका लागि प्राविधिक ज्ञान तथा सीपयुक्त छोटो, मध्यम तथा लामो अवधिका कार्यगत अभ्यास सहितको तालिमहरु सन्चालन गरिनेछ ।
• निर्माणधिन पनौती रंगशालाको व्यवस्थापन र स्तरोन्नती गर्ने कार्यलाई आवश्यक पहल गरिनेछ र सोको संरक्षण, सम्वद्र्धनको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
• युवा तथा खेलप्रेमीको आव्हान, स्वस्थ जीवनशैली खेलक्षेत्रको साधन भन्ने भावनाका साथ परम्परागत रुपमा खेलिने खेलको संरक्षण तथा विभिन्न खेलकुद कार्यक्रमसंग सम्वन्धित प्रशिक्षण, प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिनेछ ।
• वैदेशिक रोजगारीवाट फर्किएका युवायुवतीहरुलाई स्वदेशमै उद्यमशील वनाउन विशेष पहल गरिनेछ ।
माध्यमिक तहमा अध्ययनरत युवायुवतीहरुलाई उनीहरुको क्षमता र दक्षता अनुसार पेशा व्यवसाययुक्त सीप विकासतर्फ आकर्षित गर्न रोजगारी छनौटका विषयहरुमा वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिनेछ ।
• नगरभित्रका संघ संस्था, युवाक्लवहरुलाई नगरको विकासमा भरपुर उपयोग गर्दै सुशासन र दिगो विकासका लागि परिचालन गरिनेछ ।
• वडाहरुमा युवा क्लवहरु गठन गरी युवा तथा खेलकुद क्लव मार्फत खेलकुद तथा सामाजिक गतिविधिहरु सञ्चालन गरि युवाहरुलाई सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरित गरिनेछ ।
• राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता लगायत अन्तरपालिका, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगिताहरुमा युवा÷विद्यार्थीहरुलाई सहभागिताको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
• नेपाल स्काउट, जु.रे.स., यु.रे.स, ईको क्लवहरु मार्फत युवा तथा विद्यार्थीहरुलाई संगठित, अनुशासित र सेवामुखी भावनाको विकास गर्न उत्प्रेरित गरिनेछ ।
• विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन तथा सहभागिताका लागि खेलकुद सामग्रीहरुको व्यवस्था मिलाइनेछ ।
• एक वडा एक खेलमैदान को अवधारणलाई निरन्तरता दिई वडास्तरमा आयोजना गरिने खेलकुद प्रतियोगितालाई आवश्यक समन्वय गरिनेछ ।
• युवा लक्षित कार्यक्रमको लागि सीपयुक्त, रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरुको आयोजना गर्न सरोकारवाला संघ संस्था तथा निकायहरुसंग आवश्यक पहल गरिनेछ ।
• विदेशबाट फर्किएका युवायुवती लक्षित उद्यमशीलताको लागि उनीहरुले सिकेका सीपको उपयोग हुनेगरी रोजगारदाताहरुसंग समन्वयको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
• वडा तथा नगरपालिका स्तरमा खेलकुदको स्वच्छप्रतिस्पर्धाको वातावण सृजना गरी खेलकुद विकासलाई अघि बढाइनेछ ।
स्वास्थ्य सम्बन्धी नीति
•स्वास्थ्य सेवा आधारभूत आवश्यकता हो, उपचार गर्न नसकेर अस्पताल जान नसक्ने अवस्था सिर्जना हुनु हँुदैन त्यसैले सुत्केरी महिला, वृद्ध, अपाङ्गता भएका र गरिबहरुका लागि नगरकार्यपालिकामा रहेको एम्बुलेन्स निःशुल्क प्रयोग गर्ने व्यवस्था गरिनेछ ।
• स्वास्थ्य क्षेत्रमा नगरपालिकाले हासिल गरेका उपलव्धिहरु सरोकारवालहरु समक्ष पु¥याउने उद्देश्यले स्वास्थ्य सम्बन्धी वृत्तचित्र निर्माण गरिनेछ ।
• मानसिक स्वास्थ्य शिविर कार्यक्रमलाई निरन्तरता दिईनेछ र मानसिक स्वास्थ्य समस्या भएका विरामिहरुको नियमित परामर्शको लागि मानोसामाजिक परामर्शकर्ता परीचालन गरिनेछ साथै मानसिक स्वास्थ्य सम्बन्धि प्रवर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक सेवालाई एकिकतृ रुपमा विकास र विस्तार गरिनेछ ।
• नसर्ने रोग सम्बन्धि प्रवद्र्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक सेवालाई एकिकृत रुपमा विकास र विस्तार गरिनेछ ।
• “ज्येष्ठ नागरिक स्वास्थ्य सेवा” कार्यक्रमलाई निरन्तरता दिइनेछ । जेष्ठ नागरिकहरुलाई कृत्रिम दाँत र दन्त सेवा उपलव्ध गराइनेछ ।
• बिपन्न नागरिकलाई नेपाल सरकारले तोकेका कडा रोगहरुका (मुटु, मृगौला, क्यान्सर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, अल्जाइमर र पाकिनर््संस) लागि प्रति बिरामी रु १०००० उपचार सहयोग प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
• नगरवासीको मोतियाविन्दुको निशुल्क शल्यक्रिया तथा अन्य आँखा सम्बन्धी रोगहरुको उपचार गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
• घरमा सुत्केरी हुने संख्यालाई शून्य बनाउन मातृ तथा नवजात शिशु स्वास्थ्य प्रवद्र्धन कार्यक्रम संचालन गरिनेछ ।
• नगरपालिकाद्धारा नगर भित्रका प्रसुती केन्द«मा सुत्केरी हुने आमाहरुलाई दिइने प्रोत्साहन भत्ता (प्रति सुत्केरी रु १५००) लाई निरन्तरता दिईनेछ ।
प्रसुती केन्द«मा काम गर्ने नर्सिङ्ग कर्मचारीहरुलाई प्रोत्साहन भत्ता (रु १००० प्रति प्रसुती) उपलब्ध गराईनेछ ।
• अपाङ्ग व्यक्तिहरुलाई आवश्यकता अनुसार साहायता सामाग्रिहरु वितरण गरिनेछ ।
• बालबालिकाहरुको ज्ञान, व्यवहार र अभ्यास परिवर्तन गरी स्वास्थ्य सुधारका लागि विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरिनेछ ।
• एकिकृत जनस्वास्थ्य शिविरबाट गरिब, पिछडिएका तथा सिमान्तकृत वर्गलाई विशषेज्ञ स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरिनेछ ।
• गर्भवती अवस्थामा जटिलता पत्ता लगाई समयमै व्यवस्थापन गर्न ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम (च्गचब िग्तिचबकयगलम एचयनचबm) लागु गरिनेछ ।
• गर्भवती महिला तथा सुत्केरी आमा, नवजात शिशु, बालबालिका, किशोर–किशोरी, ज्येष्ठ नागरिक तथा अपाङ्ग मैत्री स्वास्थ्य सेवालाई प्रवद्र्धन गरिनेछ ।
•कुपोषण तथा खाद्य असुरक्षा न्यूनिकरण गर्न शिक्षा, कृषि, पशुपंक्षी, महिला तथा बालबालिका र खानेपानी तथा सरसफाई क्षेत्रहरुसंग समन्वय गरी बहुक्षेत्रीय पोषण कार्यक्रम संचालन गरिनेछ ।
• क्षयरोगमुक्त पालिका बनाउन अभियान सुरुका लागि सरोकारवाला, संघ तथा प्रदेश सरकार र गैरसरकारी संघसंस्थासंग समन्वय तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ ।
• नवजात शिशु तथा बालरोगको व्यवस्थापनका लागि आईएमएनसिआई कार्यक्रमको समिक्षा तथा कार्ययोजना निर्माण गरी कार्यन्वयन गरिनेछ ।
• स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको भूमिकालाइ प्रभावकारी बनाउन नियमित तालिम, अभिमुखिकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिनेछ ।
• महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गरिनेछ ।
• पालिकास्तरीय बार्षिक तथा अर्धवार्षिक समिक्षा संचालन गरी स्वास्थ्य कार्ययोजना निर्माण गरिनेछ ।
स्थानीय रेडियो तथा एफ.एम बाट खोप, पोषण,परिवार योजना तथा प्रजनन स्वास्थ्य सम्बन्धी सूचना प्रकाशन तथा कार्यक्रम द्धारा ज्ञान र सकरात्मक व्यवहार लाई प्रवर्द्धन गरी सेवा उपभोगको दरलाई बढाईनेछ ।
• बढ्दो सडक दुर्घटनालाई न्यूनिकरण गर्न सडक सुरक्षा सम्बन्धि प्रवद्र्धनात्मक कार्यक्रमहरु संचालन गरिनेछ ।
•संघीय सरकार तथा प्रदेश सरकारको नीति तथा कार्यक्रमहरुलाई समन्वयात्मक तवरले अघि बढाईनेछ ।
• स्वास्थ्य सम्बन्धि विभिन्न दिवसहरु मनाई समुदायमा जनचेतना जगाउनुका साथै सवैमा स्वास्थ्य नीतिलाई वकालत गरिनेछ ।
• आवश्यकता अनुशार स्वास्थ्य संस्थाहरुको भवन मर्मत सम्भार तथा फर्निचरको व्यवस्थापन गरिनेछ्र ।
• प्रयोगशाला सेवाको स्तरउन्नति तथा घुम्ति प्रयोगशाला सेवालाई विस्तार गरिनेछ ।
• सरकारी, गैरसरकारी तथा नीजि स्वास्थ्य संस्थासंग समन्वय, अनुगमन, नियमन तथा सुपेरीवेक्षण गरी सेवाको गुणस्तरमा सुधार ल्याईनेछ ।
• नागरिक आरोग्य केन्द«बाट योग, आर्युर्वेद लगाएत वैकल्पिक चिकित्सालाई प्रवद्र्धधन गर्नुका साथै स्थानीय जडिबुटीको खोज, अनुसन्धान र उपयोग गरिनेछ ।
• स्वास्थ्य संस्थाको माग बमोजिम आधारभुत तथा आकस्मिक स्वास्थ्य सेवा र आयूर्वेदिक स्वास्थ्य सेवाका लागि औषधि तथा सामाग्रि,ल्याब रिएजेंट समयमै खरीद गरी संस्थामा उपलब्ध गराईनेछ ।
• स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन प्रबिधि सहितको एकीकतृ स्वास्थ्य पूर्वाधारको नीतिलाई अवलम्बन गरिनेछ ।
• स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन गरी मानव स्वास्थ्य तथा वातावरणमा पर्ने सम्भावित असरलाई न्यूनिकरण तथा नियन्त्रण गरिनेछ ।
• महामारीजन्य रोग तथा विपत् व्यवस्थापनको लागि द्रुत प्रतिकार्य टोलीलाई (च्बउष्म च्भकउयलकभ त्भबm) तयारी अवस्थामा राखिनेछ र प्रतिकार्यका एकीकृत उपायहरु अवलम्वन गरिनेछ ।
•पालिकाले गरेका नविनतम् कार्यक्रमहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार प्रसारका लागि वृत्तचित्र निर्माण गरिनेछ ।
•भ्याक्सिन भण्डारण कक्षको स्तरउन्नति गरिनेछ ।
पालिकाको स्वास्थ्य निति तथा पालिकास्तरीय स्वास्थ्य गुणस्तर सुनिश्चित समिति गठन गरी अभिमुखीकरण गरिनेछ ।
पूर्वाधार विकास सम्बन्धी नीति
•संचालनमा ल्याई सिमा नाकाका मुख्य सडक खण्डको प्रबेश बिन्दुमा स्वागत बोर्डका साथै त्यस क्षेत्र वरपरका महत्वपूर्ण स्थानहरुको जानकारीमूलक बोर्ड तथा पनौती बसपार्कमा नगरका महत्वपूर्ण स्थानहरुको दुरीसहितको जानकारीमूलक बोर्ड राखिने छ ।
• प्रत्येक वडाबाट कम्तीमा १÷१ वटा बाल उद्यान तथा खुल्ला ब्यायामशाला निर्माण गरिनेछ ।
• पनौती क्षेत्रीय रंगशालामा निर्माण सम्पन्न भएका संरचनाहरुलाई संचालनमा ल्याई बाँकी निर्माण कार्यलाई शहरी विकास तथा भवन निर्माण विभागसँगको समन्वयमा पूर्णता दिईनेछ । साथै नगर खेलकूद विकास समिति गठनको लागि प्रकृया अगाडि बढाइनेछ ।
• नगर चक्रपथ निर्माणको लागि भएको सम्भाब्यता अध्ययनको आधारमा नगर चक्रपथ निर्माणको डि.पि.आर. तयार गरि कार्यान्वयनको लागि आवश्यक बजेट विनियोजन गरि कार्य थालनी गरिने छ ।
• पनौती नगरपालिकाको पहिचानको रुपमा रहेको रोशी तथा पुण्यमाता नदिलाई सौन्दर्यीकरण गरि आकर्षक बनाईनेछ ।
• संघ तथा प्रदेश सरकारमा योजनाहरु माग गर्दा नगर गौरवका योजनाहरुलाई प्राथमिकतामा राखी विस्तृत योजना प्रतिवेदन सहित माग गरिनेछ ।
• हाल पूर्वाधार निर्माणमा प्रयोग हुँदै आईरहेको प्लम वाल प्रबिधिलाई आगामी आ.ब. देखि ड्रेनमा मात्र अपनाई अन्य बाल निर्माण कार्यमा डिजाइनले दिएसम्म मेसीनरीवाल प्रबिधि अपनाउन प्रोत्साहित गरिनेछ ।
• आगमी बर्षदेखि प्रमुख, उपप्रमुखको उपस्थितिमा निर्माण ब्यवसायी, प्राविधिक कर्मचारीहरु तथा योजना संचालन हुने वडाका जनप्रतिनिधिहरुको सहभागितामा योजनाको बिषयमा अभिमुखिकरण कार्यक्रम संचालन गरि योजनाको बिषयमा सुसुचित गरिनेछ ।
• पूर्वाधार निर्माणको कार्यलाई अझ गुणस्तरीय र पारदर्शी बनाई दिगो बनाउन बिभिन्न प्राविधिक अध्ययन संस्थानहरुसँग समझदारी गरि योजना सुपरिवेक्षण कार्यको लागि विद्यार्थीहरुलाई अन द जव ट्रेनिङ्ग अन्तर्गत परिचालन गरिनेछ ।
• नगर भरी भएका विकास निर्माण कार्यको गुणस्तरीयता मापनको लगि जिल्ला समन्वय समितिसँग समन्वय गरि गुणस्तरीयता जाँच सम्बन्धि ल्याब संचालनमा ल्याउन पहल गरिनेछ ।
• पर्यटन पूर्वाधार विकास अन्तर्गत साईकल ट्रयाक, ट्रेकिङ तथा हाइकिङ्ग ट्रेल, बहुउद्धेश्यीय पार्क निर्माण लगायतका पर्यटन पूर्वाधार विकासको सम्भाब्यता अध्ययन गरि अन्तर वडा प्रतिस्पर्धाको आधारमा नगर र वडाको साझेदारीमा निर्माण कार्य अगाडी बढाई आन्तरीक तथा बाह्य पर्यटकहरु आकर्षित गरिनेछ ।
• वडा नं. १० र ११ को सिमाना रोशी र सलान्दु खोलाको दोभान सल्मीटारमा ड्याम निर्माण गरि बोटिङ, मिनि बन्जि जम्प, रक गार्डेन लगायतका संरचनाहरु निर्माण गर्न विभिन्न निकायसँग साझदारी गरि कार्य थालनीको लागि पहल गरिनेछ ।
• विभिन्न वडामा निर्मित तथा निर्माणाधिन पार्क लगायतका पर्यटकिय स्थलहरुलाई एक आपसमा जोड्न पर्यटकिय रेल(छुक छुके रेल) निर्माणको लागि सम्भाब्यता अध्ययन गरि कार्यान्वयको लागि माथिल्लो निकायमा पहल गरिनेछ ।
• वडा तथा नगरमा अत्याधुनिक डिजिटल नागरिक बडापत्रसहितको सूचना पाटीको व्यवस्थापन गर्न आवश्यक पूर्वाधारको निर्माण गरिनेछ ।
•प्रमुख सडक अवरुद्ध हुने गरि ठूला खाडल पर्ने, बिग्रने एवम् भत्कने समस्याहरूको यथासक्य छरितो समाधानको लागि भएको साधन स्रोतको अधिकतम् उपयोग गरी सडक संचालनको लागि उचित प्रबन्ध मिलाइनेछ ।
• एक घर एक खानेपानी धारा कार्यक्रम मार्फत शुद्ध खानेपानीको पहुँच वृद्धि गरिनेछ ।
• सहरको सौन्दर्यता कायम गर्न पाइलट प्रोजेक्टका रूपमा बसपार्क, त्रिवेणीघाट तथा बजार क्षेत्रका विजुली लगायतका पोल तथा तारहरूको व्यवस्थापन गर्न बजेटको व्यवस्थापन गरिनेछ ।
• अध्ययन (डि.पी.आर तयारी) को अन्तिम चरणमा रहेको शहरी खानेपानी तथा सरसफाई परियोजना अन्तर्गत स्वीकृत भएको ढल तथा ढल प्रशोधन केन्द्र निर्माणको प्रकृया थालनीको लागि पहल गरिने छ ।
• सुनसान देखिएको संरक्षित स्मारक क्षेत्रलाई चलायमान गरि आर्थिक कारोबारमा सुधार गरि जिवन्त राख्न पनौती बजारलाई खुल्ला संग्रहालयको रूपमा विकास गर्न आवश्यक कार्यको थालनी गरिने छ ।
• जथाभावी पम्प्लेट पर्चाहरू टाँसी फोहोर गर्ने कार्यलाई निरुत्साहीत गरि निश्चित स्थानहरूमा मात्र सूचनाहरू दिने कार्य गर्नका लागि आवश्यक पूर्वाधारको व्यवस्थापन गरिने छ ।
• बसपार्क, पनौती बजार क्षेत्र, नगरपालिका आउने मुख्य सडक जस्ता बढि मानिसहरूको आवागमन हुने क्षेत्रलाई चौविसै घण्टा सफा राख्न आवश्यक जनशक्ति तथा पूर्वाधारको व्यवस्थापन गरिने छ ।
• हाल प्रयोगमा नआएका सार्वजनिक भवन र भौतिक पूर्वाधारहरूको संरक्षण, मर्मत सम्भार गरी समाजिक प्रयोजनका लागि प्रयोग गरिनेछ ।
• विभिन्न पार्कहरु संचालन व्यवस्थापन गर्न विभिन्न संघ संस्था, नीजि क्षेत्र लगायतलाई आब्हान गरि व्यवस्थित गर्ने कार्य थालनी गरिने छ ।
• उत्कृष्ठ उपभोक्ता समिति पुरस्कारलाई निरन्तरता दिई आगामी बर्षदेखि वडामा संचालन हुने योजनाहरुको गुणस्तर, कार्य सम्पन्न भएको अवधि लगायतका आधारमा उत्कृष्ठ काम हुने वडाहरु विच प्रतिस्पर्धा गराई उत्कृष्ठ काम हुने वडालाई थप प्रोत्साहन स्वरुप थप बजेटको व्यवस्थापन गरिने छ ।
• नगरका सम्पूर्ण वडा केन्द्रहरुलाई पक्की सडकले जोडिने छ ।
कृषि विकास सम्बन्धी नीति
• अमिलाजात फलफूलमा लाग्ने औँसा किरा नियन्त्रणको लागि ५० प्रतिशत अनुदानमा प्रोटिन बेट वितरण गरिनेछ ।
• विदेशवाट फर्किएका तथा देशमा कृषिलाई पेशाको रुपमा लिई भविष्य खोजिरहेका युवाहरुलाई प्रोत्साहन गर्न युवा लक्षित कृषि कार्यक्रम संचालन गरिनेछ ।
बीउ÷विषादी÷मल बिक्रि वितरण कार्यको नियमन गर्नको लागि नगरभित्र रहेका एग्रोभेट÷रासायनिक मल डिलरहरुको त्रैमासिक अनुगमन गरिनेछ ।
• नगरभित्र क्रियाशिल कृि ष सहकारी÷समूहहरुको मागको आधारमा कृषि विकासमा टेवा पुग्ने तालिम संचालन गरिनेछ ।
• कृषकहरुलाई सक्रिय बनाउन अभिमुखिकरण, वडास्तरीय घुम्ती तालिम सञ्चालन गरि कृषि पेशालाई प्रोत्साहन गरिनेछ ।
• विभिन्न बालीनालीमा लाग्ने रोग तथा किराहरुको रोकथामका लागि आवश्यक जैविक तथा रासायनिक विषादीको व्यवस्था मिलाइनेछ ।
• नगरभित्र बढिरहेको बेमौसमी तरकारी खेतीलाई मध्यनजर गरी कृषकको आवश्यकताका आधारमा टनेल प्लास्टिक र मल्चिंग प्लास्टिक ५० प्रतिशत अनुदानमा वितरण गरिनेछ ।
• कृषकहरुलाई सुन्तला बगैचा व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरि सुन्तालामा देखिएका विभिन्न ढुसी र ब्याकटेरियाजन्य रोगहरुको निराकरणको लागि कृषकहरुलाई बोर्डो मिक्चर÷पेष्ट पुर्ण अनुदान वितरण गरिनेछ ।
• किसानहरुको बाली, विरुवामा भएका रोग किरा तथा माटोको अम्लियपन कम गर्न माटो परिक्षण र बाली उपचार शिविर सञ्चालनका साथै सुक्ष्म खाद्यतत्व र जैविक मल वितरण गरिनेछ ।
• किसानको लगानी सुरक्षित गर्नका लागि विमा प्रिमियममा ५० प्रतिशत अनुदानको व्यवस्था गरिनेछ ।
बाली विरुवमा लाग्ने रोग किराहरु तथा माटोमा भएका समस्याहरु पहिचान गर्नका लागि कृि ष ल्याबको स्थापना गरिनेछ ।
• पराम्परागत खेतीलाई व्यवसायिक तथा आधुनिकिकरण गर्नका लागि स्मार्ट खेती प्रोत्साहन गरिनेछ ।
• नगरको आन्तरिक श्रोतबाट संचालित कार्यक्रमहरुको नियमन गर्नको लागि आफ्नै कृि ष नीति र कार्यविधि तयार गरिनेछ ।
• प्रांगारिक खेती प्रवद्र्धनका लागि गड्यौली मल तथा झोलमोल सम्बन्धी तालिम प्रदान गरिनेछ ।
पशुपन्छी विकास सम्बन्धी नीति
•पशुपालक कृषकहरुका लागी पशुपालन सम्बन्धी एक दिने वडास्तरीय तालिम नगरपालिकाका १२ वटै वडामा सञ्चालन गरिनेछ ।
• कृषि तथा पशुजन्य उपजहरुको प्रदर्शन तथा विस्तारका लागी पायक पर्ने स्थानको छनौट गरि कृषि तथा पशुपन्छी हाटबजार सञ्चालन गरिनेछ ।
• जुनोटिक रोग सम्बन्धी शिक्षा तथा स्वास्थ्य शाखाको समन्वयमा अभिमुखीकरण कार्यक्रम संचालन गरिनेछ ।
• नगर भित्रका निजि÷सरकारी प्राबिधिकहरुलाई नगरपालिकामा दर्ता गराइ प्रमाण पत्र सहित क्षमता अभिबृद्धि सम्बन्धी तालिमको व्यवस्था गरिनेछ ।
• पशुपालन क्षेत्रलाई व्यवसायिक र प्रविधि मैत्री बनाउन यन्त्र उपकरण वितरण कार्यक्रम संचालन गरिनेछ ।
• पशु पालन क्षेत्रमा हुने आहारा अभावको न्युनिकरण गर्न एक वर्षे तथा बहुवर्षे डाले घाँस तथा भुँईघाँसका विउ, विरुवा, सेट्स वितरण एवं हे, साइलेज र यु.एम.एम.बि व्लक बनाउने तालिमको व्यवस्था गरिनेछ ।
• पशुपन्छीका माहामारी जन्य रोग एफ.एम.डी, पि.पि.आर, स्वाइन फिबर, लम्पी स्कीन जस्ता रोगहरु बिरुद्धको खोप कार्यक्रम सञ्चालन गरिनेछ ।
• भैसी सुत्केरी भत्ता र कृषि तथा पशुपन्छी बिमा प्रिमियममा अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
•कुकुरको टोकाइबाट मानवमा सर्ने रेबिज न्यूनिकरणका निम्ति ९शभचय मभबतज दथ द्दण्घण्० विश्वब्यापी नारालाई सार्थक बनाउन रेबिज रोग नियन्त्रणका लागि सामुदायीक तथा छाडा कुकुरलाई बन्ध्याकरण, व्यवस्थापन तथा रेबिज बिरुद्धको खोप कार्यक्रम सञ्चालन गरिनेछ ।
• पशुपन्छीका औषधी तथा प्रयोगशाला परिक्षणका लागि आवश्यक व्यवस्था गरिनेछ ।
• पशुपन्छी स्वास्थ्य सेवाका लागि ख्भतबलबचथ च्बउष्म च्भकउयलअभ त्भबm संचालन गरिनेछ ।
महिला तथा बालबालिका सम्बन्धी नीति
•तालिम/सचेतना, अभियान, अभिमुखिकरण तथा दिवसीय कार्यक्रमको माध्यमबाट सचेतना जगाउने कार्यक्रमहरुमा जोड दिईनेछ ।
•महिलाहरुको सीप विकास र आय आर्जन बृि द्धका लागि महिला विकास केन्द्र स्थापना गरिनेछ । लघु उद्यमशिलता विकासको क्षेत्रमा कार्यक्रम संचालन गरि व्यवसायीकरणको माध्यमबाट महिलाहरुको आर्थिक सशक्तिकरणमा जोड दिईनेछ ।
• अपाङ्गता भएका व्यक्तिहरुको मर्यादित,आत्मानिर्भर जीवनयापन र सहज आवगमनका लागि तालिम तथा सचेतना जगाउने कार्यक्रमहरुमा जोड दिईनेछ ।
• लैङ्गिक हिंसा प्रभावित व्यक्तिलाई तत्काल उद्धार, पुनस्थापना, राहात, कानुनी परामर्श, न्याय निरुपणका लागि लैङ्गिक हिंसा निवारण कोष मार्फत सहयोग प्रदान गरिनेछ ।
• जेण्डर अडिटको माध्यमबाट पनौती नगरपालिकामा संचालित कार्यक्रमको अवस्था विश्लेषण भई मार्गदर्शन प्रदान गरिनेछ ।
• गृहिणी महिलाहरुको लागि लघु उद्यम सम्बन्धी कार्यक्रम संचालन गरि व्यवसायीकरणको माध्यमबाट महिलाहरुलाई स्वरोजगार र आर्थिक सशक्तिकरणमा जोड दिईनेछ ।
• विउपूँजी परिचालन कोष परिचालनलाई निरन्तरता दिईनेछ ।
किशोर किशोरी तथा बालबालिकाहरुको सर्वोतम हित तथा संरक्षणका गतिविधिहरु संचालन गर्दै लैजाने ।
जातिय भेदभाव तथा छुवाछुत विरुद्ध सचेतना कार्यक्रमहरु संचालन गर्दै लैजाने ।
• सीप विकास तालिम पश्चात व्यवसाय गर्ने इच्छुक सदस्यहरुलाई विउपूँजी अनुदानका गतिविधिहरु संचालन गर्ने ।
वन तथा वातावरण सम्बन्धी नीति
•पनौती नगरपालिकामा रहेका सामुदायिक वनको श्रोत सर्वेक्षण र वन मापनमा सहजिकरण गरिनेछ ।
• घरमा उत्पन्न हुने फोहोर वर्गीकरणको लागि उपभोक्ताहरुलाई प्रोत्साहित गर्ने तथा नीजि क्षेत्रको साझेदारीमा व्यवस्थापन कार्य गरिनेछ ।
• पर्यावरण तथा वातावरण संरक्षणका महत्वपूर्ण जलाधार क्षेत्रको संरक्षणका लागि आवश्यक प्रक्रिया अघी बढाईनेछ ।
• परियोजनासँग सम्बन्धित तथ्याङ्कहरु नियमित रुपमा अनलाइन डाटा पोर्टलमा इन्ट्रि गर्ने व्यवस्था मिलाईने छ ।
• स्थानिय समुदाय, आदिवासी, जनजाति, महिला, दलित, युवाआदिको परम्परागत तथा फ््राविधिक ज्ञान, सीप अभिबृद्धि गरि वनजन्य स्रोतको उपयोगमा अभिवृद्धि गर्दै आयस्तरमा टेवा पुग्ने कार्यक्रम संचालन गरिनेछ ।
•उद्यम स्थापना गर्न सहजिकरण गरिनेछ ।
• बन कार्ययोजना निर्माण, नवीकरण, आवधिक निर्वाचन, लेखा परिक्षणलाई नियमित बनाउन सहयोग पु¥याईनेछ ।
• जडिबुटी खेतिको सम्भाव्यता अध्ययन गरिनेछ । सार्वजनिक जग्गाहरुमा सामुहिक रुपमा जडिबुटिी खेतीलाई प्रोत्साहन गरिनेछ ।
• बन कार्यालय र उपभोक्ता समितिको सहकार्यमा पनौती ४ र ५ को ठूलढुंगी समुदायिक वन र थल्पु सामुदायिक वनमा ८ देखि १० फिट सम्मको चौडाइ भएको अग्नी रेखा निर्माण गरि जंगलमा हुने डढेलो अविलम्व नियन्त्रण गरी वन विनाश र जंगली जीव जनावरहरुको क्षती हुनसक्ने जोखिमको न्यूनिकरण गर्ने प्रवन्ध मिलाइनेछ ।
• नमुनाको रुपमा खोलाको किनारमा साईकल लेन निर्माण गरिनेछ ।
• फोहोरमैला व्यवस्थापन गुरुयोजना निर्माण गरि फोहोरमैलाको दिर्घकालिन व्यवस्थानको उपायको खोजि गरिनेछ ।
• यस नगरपालिका क्षेत्रभित्रको फोहोरमैलालाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्न विभिन्न संघ संस्थासँग सार्वजनिक नीजि साझेदारी अन्तर्गत आपसी सहकार्य गर्दे व्यवसायिक योजना निर्माण तथा कार्यान्वयन गर्ने कार्य अघी बढाईनेछ ।
• फोहोरमैला व्यवस्थापन गर्न फोहोरमैला व्यवस्थापन ऐनले गरेको व्यवस्थालाई प्रभावकारी बनाई जैविक र अजैविक फोहोर छुट्याने, अजैविक फोहोर मात्र संकलन गर्ने, जैविक फाहोरबाट कम्पोष्ट मल बनाउने एवं फोहोर व्यवस्थापनलाई विकेन्द्रित गरी शहरी क्षेत्र फोहोर मुक्त बनाउन आवश्यक कृयाकलाप अघि वढाउनेछ ।
• हालको व्यवस्थापन स्थललाई संभाब्यताका आधारमा विकेन्द्रित गर्ने निति अख्तियार गरिनेछ ।
शहरी क्षेत्र र सो प्रभाव रहेका घना बस्तीहरुमा तालिका निर्धारण गरी फोहर संकलन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
• पनौती बजार क्षेत्रमा साविकदेखि हुदै आएको दैनिक सरसफाई कार्यलाई थप व्यवस्थित बनाइनेछ । फोहरमैला व्यवस्थापनबाट प्रत्यक्ष लाभ लिने नगरवासीहरुसंग साविकमा लिइदै आएको सरसफाई शुल्क यथावत राखिनेछ ।
• जथाभावी सार्वजनिक क्षेत्र खोलानाला, चौर, उद्यान, सडक, चोक, गल्लीमा फोहरमैला गर्ने, थुपार्नेलाई फोहरमैला व्यवस्थापन ऐन बमोजिम हुने कार्यवाहि बारे सतर्क गराउदै समाधान गराइनेछ ।
• संरचना निर्माण लगायत अन्य आयाममा यथासंभव वातावरणमैत्री कार्य ढाँचा अपनाइनेछ ।
• वन, वनस्पति, वन्यजन्तु, चराचुरुङ्गी, वन पैदावार, खानी, जलस्रोत, भूमि, जडिबुटी, ऊर्जाको संभावना पहिचान गरी सर्वेक्षण गर्ने र सूचीकृत गरिनेछ ।
• पार्क, पोखरी, उद्यान, वृक्षारोपण, प्लाष्टिक न्यूनीकरण जस्ता कार्यमा प्रभावकारीताका लागि टोल विकास संस्था मार्फत थप कार्य गरिनेछ ।
• फोहोरमैलाको व्यवस्थापन वडा तहमा नै व्यवस्थित गर्न सबै वडालाई स्रोत साधन युक्त बनाईनेछ ।
• जलवायु परिवर्तनको सामना र प्रकोपको जोखिम नियन्त्रण गर्न आवश्यक संरचनाको निर्माणका लागि युवाहरुलाई प्रयोगात्मक र प्राविधिक सिपमूलक तालिम दिई रोजगारीको सृजना गरिनेछ ।
• पानीको स्रोतको संरक्षणका लागि प्रत्येक स्थानीय तहमा वृक्षारोपण, पोखरी, जस्ता रैथाने प्रविधिलाई प्रवद्र्धन गरिनेछ ।
•अनिवार्य वातावरणीय मापदण्ड अनुरुप पानी तथा जोखिमको व्यवस्थापन योजना बनाएर मात्रै सडक निर्माण गरिनेछ ।
• बातावरणमैत्री स्थानीय शासन प्रणली लागु गर्ने नीति लिईनेछ ।
• ‘जडिबुटीयुक्त घर, स्वस्थ गाउँ शहर’ अभियान संचालन गर्ने ।
• विभिन्न विश्वविद्यालयहरु संग सहकार्य गरि वातावरण विज्ञान एवं वन विज्ञान तथा जलवायु परिवर्तन लगायतका विषयमा अनुसन्धान गर्ने व्यवस्था मिलाईनेछ ।
• बन, वातावरण तथा फोहोरमैला व्यवस्थापन लगायतको क्षेत्रमा कार्य गर्ने राष्ट्रिय, अन्तराष्ट्रिय संघ संस्थाहरुको पहिचान र सहकार्यको लागि श्रोत नक्सांकन गरिनेछ ।
• नगरपालिका क्षेत्रका खोलाहरुमा हरियाली प्रवद्र्धन गर्ने कार्य अघि बढाईनेछ ।
• वन, वातावरण संग सम्बन्धित नीतिमा उल्लेखित कार्यहरुको कार्यान्वयनको लागि राष्ट्रिय, अन्तराष्ट्रिय संघ संस्थाहरुसंग सहकार्य गरिनेछ ।
विपद व्यवस्थापन सम्बन्धी नीति
• बारुण यन्त्र तथा अन्य बिपद ब्यवस्थापन संग सम्बन्धित यन्त्र तथा सामग्रि खरिद गरी तीन बटै सुरक्षा निकायको समन्वयमा संचालनमा ल्याई बिपद जोखिम न्यूनिकरण तथा नियन्त्रणलाई ब्यवस्थित गरिनेछ ।
• विपद पश्चात उद्दारका लागि प्रत्येक वडामा कम्तीमा दुई वटा खुल्ला क्षेत्र पहिचान गरी संरक्षण गर्ने ।
विपद् जोखिम न्यूनिकरण तथा विपद् पछिका कार्यहरु गर्न आवश्यक पर्ने विभिन्न त्बकप ँयचअभ निर्माण गरिनेछ ।
• विपद् सामग्री भण्डारण केन्द्रलाई थप व्यवस्थित एवं निर्माण गरिनेछ ।
• विभिन्न विपद् पछिका राहत वितरण गर्न कार्यविधि निर्माण गरि राहतको व्यवस्थापन गरिनेछ ।
• नगर, प्रदेश तथा संघवाट स्वीकृत भएका २ करोड भन्दा बढि बजेट भएका विभिन्न योजनाहरु संचालन गर्दा बायो इन्जिनियरिङ्ग अनिवार्य समावेश गरिनेछ ।
• सम्भावित पहिरो जान सक्ने स्थानहरु पहिचान गरि विरुवा रोप्ने कार्य गरिनेछ ।
•भए गरेका पोखरीहरु संरक्षण गरि थप नयाँ पोखरीहरु आवश्यकता अनुसार निर्माण गरिनेछ ।
• विभिन्न खाले विपद्को सामना गर्न विपद् व्यवस्थापन कोषको वृद्धि एवं परिचालन गरिनेछ ।
• भविष्यमा आइपर्ने विपद्को व्यवस्थापन र पूर्व तयारीको लागि हरेक वडामा विपद व्यवस्थापन कोषको स्थापना लगायत व्यवस्थापनको लागि चाहिने उपकरण, औजार एवं दक्ष जनशक्ति सहितको द्रुत सहायता कक्षको स्थापना गरिनेछ ।
बालमैत्री स्थानीय शासन दिगोपना सम्बन्धी नीति
• पनौती बालमैत्री नगरपालिका घोषणा भईसकेकोमा बालश्रममुक्त नगर घोषणा गरि बालश्रममुक्त बालमैत्री नगरको अवधारणा बनाई सो को दिगोपनाका लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
• बालमैत्री अभियानलाई टिकाई राख्न १२ वटै वडाहरुका बालमैत्री लगानी योजनाहरुलाई कार्यान्वयनको लागि स्रोत उपलब्धताका आधारमा बजेट बिनियोजन गरिनेछ ।
• बालमैत्री स्थानीय शासन प्रणाली दिगोपनाका लागि आवश्यक कार्यहरु गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसंग सहकार्य गर्ने निति अबलम्बन गरिनेछ ।
• बालमैत्री अभियानलाई योगदान दिने हेतुले पनौती नगरपालिकालाई बालश्रममूक्त सहित बालमैत्री सिकाई केन्द्रको रुपमा बिकास गरिनेछ ।
• पनौती नगरपालिकाको बालमैत्री अभियानको दिगोपनाका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसंग सहकार्य गरि आवश्यक कार्यहरु अघी बढाईनेछ ।
• अपाङ्गता भएका, बाबुआमाविहीन र अनाथ बालबालिकाको संरक्षण र शिक्षाको पहुँच सुनिश्चित गरिनेछ ।
• सडक बालबालिकालाई शून्य बनाउने, बालविवाह निरुत्साहन र निराकरण गर्न कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
•बालमैत्री उद्यानहरूको स्थापना तथा व्यवस्थित गरिनेछ ।
• बालमैत्री शिक्षा तथा सिकाई प्रणालीलाई प्रवद्र्धन गरिनेछ ।
• विपन्न परिवारका बालबालिकाको शैक्षिक सुनिश्चितताको लागि सहयोग गरिनेछ ।
• समुदाय केन्द्रित बालक्लब स्थापना तथा प्रवद्र्धनका लागि बालबालिकालाई उत्प्रेरित गरिनेछ ।
• बालअधिकार समितिलाई पूर्णरूपमा क्रियाशील बनाई बालकल्याणका कार्यहरु गरिनेछ ।
• बालमैत्री अभियान अन्र्तगत नगरको बाल बस्तुगत बिवरण तथा बालबालिकाको लगानी योजनालाई अद्याबधिक गरिनेछ ।
•बाल अधिकारका लागि एकिकृत नीति तयार गरिनेछ ।
बाल अधिकार समिति गठन सम्बन्धी निर्देशिकालाई आवश्यकता अनुसार संशोधन गर्ने व्यवस्था मिलाईनेछ ।
• बालबालिकाको क्षेत्रमा समग्र बिकासको लागि एकीकतृ पञ्चबर्षिय रणनीतिक योजना तयार गरिनेछ ।
पर्यटन प्रबर्द्धन सम्बन्धी नीति
•पनौती नगरपालिकाको पर्यटन सम्बन्धी गुरुयोजना तयार गरि कार्यान्वयन गर्ने व्यवस्था मिलाईनेछ ।
•ऐतिहासिक पनौती बजार, इन्द्रेश्वर मन्दिर तथा घाट क्षेत्रलाई सौन्दर्यकरण गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने कार्यक्रमका लागि सबै धार्मिक तथा पर्यटकिय क्षेत्रको सहज भ्रमण गर्न आबश्यक पूर्वधार तथा सुबिधाहरु उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाईनेछ ।
•उपयुक्त स्थानहरुको पहिचान गरि जेष्ठ नागरिक पार्क निर्माण गरिनेछ ।
•बौद्ध धर्मावलम्बीहरुको कला संस्कृति झल्किने गरि पनौती ७ मा बुद्ध चित्र कोरिनेछ ।
• नरसिंह मठमा पूजा आराधना नियमित गर्ने व्यवस्था मिलाई त्रिवेणी घाटमा आरती संचालन गरि वैदिक धर्मलाई संरक्षण र पनौतीको चिनारीलाई उर्जागर गरिनेछ ।
• प्रस्तावित विश्व सम्पदा सूचीको पूर्वाधार निर्माणका लागि ऐतिहासिक इन्द्रेश्वर मन्दिर त्रिवेणी सरसफाइ कार्यका लागि स्थानीय संघ संस्थाहरुसंग सहकार्य गरि सुन्दर नगरको अभियानलाई निरन्तरता दिइनेछ ।
• पनौती नगर क्षेत्र भित्र रहेको पुरातात्विक महत्वका सम्पदाहरुलाई संरक्षण गर्दै विश्व सम्पदा सूचीमा सुचिकरणका लागि आवश्यक पहलकदमी लिइनेछ ।
साथै सम्पदा मैत्री घर तथा भौतिक संरचना निर्माण प्रोत्साहनलाई निरन्तरता दिइ धार्मिक सांस्कृतिक एबं पर्यटकीय नगरको रुपमा विकास गरिनेछ ।
• पर्यटकीय क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विकास गर्न संचालन हुने तारे होटल÷रिसोर्ट जिपलाइन बञ्जी जम्प लगायतका क्षेत्रको प्रर्वद्धनका लागि पहुँच मार्ग, खानेपानी, विद्युत, एवं थप पूर्वाधारको विकास गरिनेछ ।
• आन्तरिक पर्यटनको प्रर्वद्धन गर्न आवश्यक कार्ययोजना बनाई लाकुरी भञ्ज्याङ्ग–पनौती–बल्थली लगायतका क्षेत्रमा साईक्लिङ्ग रुट र क्रस कन्ट्री साईकिलिङ्ग मार्गको प्रचार प्रसार समेत गर्ने व्यवस्था मिलाईनेछ ।
• चराहरुको विस्तृत अध्ययन भइसकेकोले चरा संरक्षणका लागि आवश्यक कार्यबिधी तयार गरि कार्यान्वयनमा ल्याई, पर्यटकहरुको आकर्षण बढाइनेछ ।
• गोरखनाथमा नगरस्तरिय बालमैत्री पार्क निर्माण गरिनेछ ।
• आन्तरिक एवं बाह्य पर्यटनको प्रर्वद्धनार्थ पनौती ११ स्थित लड्कु खोलाको विभिन्न स्थानमा साना ठूला बाधहरु निर्माण गरि सफा पानीमा पौडी खेल्ने व्यवस्था मिलाईनेछ ।
• पर्यटकलाई आवश्यक सूचना प्रवाहमा थप सहजताका लागि पर्यटन सूचना केन्द्रलाई व्यवबस्थित तवरले सञ्चालन गर्ने नीति लिईनेछ ।
• पर्यटन गन्तब्यको प्रकाशन, प्रशारणको र त्यगचष्कत न्गष्मभ को प्रबन्ध गरिनेछ ।
• पर्यटकको बसाई लम्ब्याउन विभिन्न हाईकिङ्ग रुटको पहिचान र विकास गरिनेछ । पर्यापर्यटनमा जोड दिईनेछ ।
•हाईकिङ्ग ट्रेलको विकास विस्तार र प्रचार गरिनेछ ।
प्याराग्लाईडिङ्ग, रक क्लाईम्बिङ्ग, साईक्लिङ्ग, क्रस कन्ट्री डाउनहिल जस्ता साहसिक खेलजन्य गतिविधिको प्रवद्र्धन गरिनेछ ।
• होमस्टे प्रवद्र्धन नियमन गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाई होमस्टे व्यवसायलाई प्रवद्र्धन गर्ने नीति ल्याईनेछ ।
•पर्यटकस्तरका होटल व्यवसायीहरु बीच समन्वय कायम गरिनेछ ।
• स्थानीय मौलिक संस्कृतिलाई जर्गेना गर्दै त्यस्ता साँस्कृतिक सम्पदा र गतिविधिलाई पर्यटनसँग जोडि आवश्यक कार्य गर्ने व्यवस्था मिलाईनेछ ।
• धार्मिक सर्किटहरु तयार गरी धार्मिक पर्यटन हव निर्माण गरिनेछ ।
• व्यवस्थित पिकनिक स्थलहरु निर्माण गरी पर्यटक आकर्षण गरिनेछ ।
•आवश्यक कार्यबिधी बनाई पनौती संग्रहालय सञ्चालन व्यवस्थापन गरिनेछ ।
•पर्यटन संग सम्बधित डकुमेन्ट्री निर्माण गरिनेछ ।
पिकनिक स्पोर्ट सञ्चालन का लागि बिषेश अभियान सञ्चालन गरिने छ ।
• आबश्यक नीति/कार्यबिधी बनाई पनौती पर्यटन बिकास केन्द्र लगायत पर्यटकीय गतिविधी सञ्चालन गर्ने संघ संस्थाहरुलाई व्यवस्थित गरिनेछ ।
•पर्यटन क्षेत्र लाई सरसफाई क्षेत्रसंग अन्र्तसमन्वय हुनेगरि कार्य अघि बढाईनेछ ।
•पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि राष्ट्रिय, अन्तराष्ट्रिय संघ संस्थाहरुको नक्सांकन गरि सहकार्यको नीति अख्तियार गरिनेछ ।
•अभौतिक सांस्कृतिक संम्पदा संरक्षण सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
• स्थानीय परम्परागत उत्पादन र सीपलाई स्थानीय जनताको आय आर्जनको श्रोतको रुपमा बिकाश गरिनेछ ।
• स्थानीय परम्परागत जात्रा पर्वहरुको अभिलेखीकरण गरिनेछ ।
•मठ मन्दिरको अभिलेखीकरण, पूजा पद्धतिको सूचिकरण र पुजाको लागि चाहिने बाजाहरुको सूचिकरण गरि पुस्तक प्रकाशन गरिनेछ ।
• पनौतीलाई खुला संग्रहालयको रुपमा विकास गरिनेछ ।
सहकारी सम्बन्धी नीति
•सहकारी संस्थाहरुको सबलीकरण र सुदृढिकिरण गर्न सहकारी एकीकरण प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
•संकटग्रस्त सहकारीलाई संघ र प्रदेशको समन्वयमा प्रभावकारी व्यवस्थापनका लागि आबश्यक पहल गरिनेछ ।
•स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहकारी बजारको निर्माण तथा प्रदर्शनीका कार्यक्रम ल्याईनेछ ।
•स्थानीय उत्पादन वृद्धि, रोजगारी सृजना र गरिबी न्यूनीकरण गर्न सहकारी क्षेत्रको प्रवर्धन गरिनेछ ।
सहकारी तथा गरिबी निवारण सम्बन्धि व्यवस्थापन सूचना प्रणालीमा आवद्ध नभएका सबै सहकारी संस्थाहरुलाई सो कार्यक्रममा अनिवार्य रुपमा आवद्ध गराइनेछ ।
• सहकारी संस्थाहरुको संस्थागत विकासका लागि नेतृत्व/कर्मचारी क्षमता विकास कार्यक्रम ल्याइनेछ ।
सहकारी संस्थाको अनुगमन र नियमन प्रक्रियालाइ प्रभावकारी बनाइनेछ ।
• पनौती नगरपालिका क्षेत्रभित्र रहेका सहकारी संस्थाहरुको सहयोगमा पनौती सहकारी दर्पणको प्रकाशनलाई निरन्तरता दिईनेछ ।
•सहकारीका माध्यमबाट उद्धमशिलता प्रवद्र्धन गरिनेछ ।
पञ्जिकरण तथा सामाजिक सुरक्षा नीति
• सामाजिक सुरक्षा भत्तालाइ विद्युतीय प्रणाली मार्फत भुक्तानी गरिनेछ ।
• सामाजिक सुरक्षाका कार्यक्रमहरूको दिगोपना र प्रभावकारीता वृद्धि गरिनेछ ।
• वडास्तरबाट हुने विद्युतीय घटनादर्ता, पंजीकरण प्रणालीलाई त्रुटिरहित बनाउन क्षमता विकास कार्यक्रम ल्याइनेछ ।
• पञ्जिकरण तथा सामाजिक सुरक्षा सूचना प्रणालीलाई थप प्रभावकारी बनाइनेछ ।
•बिशेष सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम सम्बन्धी नीति
• रोजगार कार्यक्रमलाई व्यवस्थित गरी न्यूनतम
रोजगारीको प्रत्याभूत गराईनेछ ।
• बेरोजगार व्यक्तिहरुलाई रोजगार सेवा केन्द्रमा सूचिकृत गर्नका लागि प्रत्येक आर्थिक वर्षको फाल्गुन महिनाभरि आवेदन खुला गरी रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिनेछ ।
• रोजगार सेवा केन्दरुमा सूचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाहरु सञ्चालन गरी न्यूनतम रोजगारीको प्रत्याभूति गराईनेछ ।
• वैदेशिक रोजगारीबाट फिर्ता आएका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा संलग्न गराउन पहल गरिनेछ साथै स्वरोजगारमूलक कार्यमा संलग्न हुन स्थानीय युवा उद्यमीहरुलाई प्रोत्साहित गरिनेछ ।
• वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिने प्रक्रियालाई व्यवस्थित बनाइनेछ ।
•दक्ष तथा सक्षम जनशक्तिको विकाश गरी आन्तरिक रोजगारीका प्रवद्र्धन गर्न आवश्यक सीपमूलक तालिमको पहिचान गरी बेरोजगार व्यक्तिलाई तालिम दिइनेछ ।
•संघ तथा प्रदेशले ल्याएको रोजगारमूलक कार्यक्रममा अपनत्व कायम गर्दै रोजगारीका क्षेत्र विस्तार गरिनेछ ।
आन्तरिक रोजगारी सिर्जना गर्न सरोकारवाला निकाय, निजी, सहकारी तथा गैर सरकारी क्षेत्रसँग समन्वय र सहकार्यमा जोड दिइनेछ ।
•श्रम सम्बन्धलाई प्राथमिकता दिदै सार्वजनिक पूर्वाधार निर्माण, कृषि, व्यवसायिक, उद्योग, वित्तीय क्षेत्रबाट रोजगारी सिर्जनामा जोड दिइनेछ ।
• रोजगार सेवा केन्द«लाई थप सुदृढीकरण गरी श्रम बैंकको रुपमा स्थापित गरिनेछ ।
•नियमित विकास निर्माणका योजनाहरुमा आवश्यक श्रमिकहरुको लागि रोजगार सेवा केन्द«मा सूचिकतृ बेरोजगार व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ ।
• सम्बन्धित वडाबाट प्राप्त मागमा आधारित परियोजना प्रस्तावलाई नगर कार्यपालिका मार्फत स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाईनेछ साथै यस्तो कामको प्रभावकारी अनुगमन गरिनेछ ।
उद्यम विकास सम्बन्धी नीति
• पनौती नगरपालिका अन्तर्गत उद्योग विकाशका लागी सामाजिक तथा आर्थिक उत्पीडनमा परेका समुदाय, बेरोजगार युवा, रोजगारीको अवसर गुमाएका, विदेशबाट रोजगारी गुमाई फर्केका युवाहरुलाई उद्यम व्यवसायमा आकर्षित गरी सफल उद्यमी बनाउन जोड दिइनेछ ।
•आर्थिक रुपले सम्मुनत समाज निर्माणका लागी ५ वर्षीय उद्यम विकास रणनैतिक योजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।
• समुदायको माग र बजार मागलाई ध्यानमा राखी रोजगारी सिर्जनामा सहजीकरण गरिनेछ ।
• समाजमा व्याप्त बेरोजगारीको समस्यालाइ न्युनिकरण गर्दै लगिनेछ ।
• व्यवसायी, उद्यमीद्धारा उत्पादित वस्तु वा सेवा बिक्रिका लागी कोशेली घरसँग समन्वय गरिनेछ ।
• पालिकामा विभिन्न निकायबाट संचालन हुने कार्यक्रममा एकद्धार प्रणाली लागु गरिनेछ ।
• बैदेशिक रोजगारबाट फर्केका वा स्वदेशमा रोजगार गुमाएका युवा युवतीहरुलाई उद्यमशीलताका माध्यमबाट रोजगारी सिर्जना गरिनेछ ।
• युवाहरुलाई स्वरोजगार बनाउनका लागी सहुलियत पुर्ण कर्जा प्रवाह व्यवस्थापनको लागी सरोकारवाला
निकायसँग समन्वय गरी उपमेयर युवा स्वरोजगार कार्यक्रमको व्यवस्था गरिनेछ ।
• पनौती नगरपालिकामा उद्यमशीलता विकाश गर्न मेयर उद्यमशीलता विकाश कार्यक्रम कार्यान्वयन ल्याउने व्यवस्था गरिनेछ ।
• लोप हुँदै गएको सीपहरु संरक्षण र आय आर्जनका लागि पनौती ७ मा कुटिर उद्योग केन्द्र संचालन गरिनेछ ।
सूचना तथा प्रविधि सम्बन्धी नीति
•कर्मचारीसँग सम्बन्धित तथ्यांक, दैनिक हाजिरी, कार्ययोजना, अनुगमन र प्रगति प्रतिवेदन सम्वन्धी नियमित कामहरुलाई पूर्णरुपमा ध्भद दबकभम कथकतझ मा ल्याईनेछ ।
• नगरपालिकाको सम्पूर्ण तथ्यांकहरुलाई न्क्ष्क् मा आधारित ध्भद दबकभम कथकतझ मा समाविष्ट गरि ःबतचष्हक्थकतझ मा आधारित घर नंम्बर विवरण एवं इलष्लिभ सेवा विस्तार गरिनेछ ।
• नगरक्षेत्रभित्रका क्षेत्रमा अध्ययन गर्दै गरेका वा भर्खरै अध्ययन सकेका विद्यार्थीहरुबाट क्ष्त् क्ष्ललयखबतष्यल एचयवभअत माग गरि डिजिटल पनौती नवप्रवद्र्धन कार्यक्रम परियोजना छनौट गरि कार्यान्वयन ल्याउने व्यवस्था गरिनेछ ।
• नगर क्षेत्रलाई सुरक्षित बनाउनका लागि सम्पूर्ण नगरपलिका माताहतका कार्यालयहरुमा ऋऋत्ख् तथा अनुगमन प्रणाली जडान गरिनेछ ।
कर्मचारीहरु/जनप्रतनिधीहरुको लागि क्ष्ऋत् तालिम संचालन गरिनेछ ।
प्रकृतिक श्रोत व्यवस्थापन सम्बन्धी निती
•पनौती नगर भित्रका सामुदायिक बनहरूको उपभोक्ता समितीहरुको भेला गरि वन सम्बन्धी आवश्यक कार्यक्रम संचालन गरिनेछ।
• पनौती नगरले विभिन्न खानेपानी समितीहरुबाट प्राप्त हुनु पर्ने रोयल्टी समयानुकुल परमार्जन गर्नुका साथै प्राप्त रोयल्टी प्रभावित क्षेत्रमा खर्च गरिनेछ ।
• हाल संचालनमा रहेका खानीहरुलाई कानुन बमोजिम अनुगमन निरिक्षण र आवश्यक नियन्त्रण गरिनेछ ।
काभ्रे उपत्यका खानेपानी आयोजना संचालन कार्यलाई प्राथमिकतामा राखि बढि भन्दा बढि क्षेत्रका जनतालाई वितरण गर्न पहल गरिनेछ ।
• वन जलासय खोला, झरनाहरुलाई पर्यटकिय गन्तव्य रुपमा विकास गर्ने सम्भाव्यता अध्ययन गरिनेछ ।
सार्वजनिक सम्पत्ती उपयोग तथा संरक्षण नीति
पनौती नगरपालिका क्षेत्रिभत्र रहेका सम्पूर्ण सार्वजनिक जग्गाहरु रेखांकन गरि सोको संरक्षण गरिनेछ ।
• नगरपालिकाको स्वामित्वमा रहेका जग्गाहरु रेखांकन गरि संरक्षण गरिनेछ ।
• नगरको स्वमित्वमा रहेका भवनहरुको आवश्यकता अनुसार मर्मतसंभार गरि संरक्षण तथा उपयोग गरिनेछ ।
• विगतमा भएको डिजिटल नापीको बाँकी कार्य पूरा गर्न आबश्यक पहल गरिनेछ ।
नगरभित्रका सडकहरुको क्रमश लगतकट्टा गरिनेछ ।
सम्पदा सम्बन्धी नीति
• पनौती नगरपालिका क्षेत्र भित्र रहेका कला र संस्कतृ ीको संरक्षण एबं सम्वद्र्धन गर्न आवश्यक कार्य गरिनेछ ।
• पनौती नगरपालिका क्षेत्रका वडा न. ७ स्थित प्राचिन पनौती शहरलाई विश्व सम्पदा सुचीमा समाबेश गर्न भईरहेको प्रयासलाई निरन्तरता प्रदान गरि विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने व्यवस्था मिलाईनेछ ।
• पनौती नगरपालिका क्षेत्रमा सञ्चालन भइइरहेका जात्रा, पर्व लगायतका संस्कृतीहरुको जगेर्ना गर्ने नीति लिईनेछ ।
• धार्मिक, एतिहासिक एव. पुरातात्विक पनौती शहरका सरसफाईमा बिशेष ध्यान दिईनेछ ।
• लोप हुन लागेका संस्कृती र सम्पदाहरु संरक्षणको लागि आवश्यक कार्यहरु गरिनेछ ।
• जात्रा, पर्व पुजा सञ्चालन तथा व्यवस्थापनको लागि गुठी तथा सार्बजनिक जग्गाहरुको पहिचान र संरक्षण गर्ने नीति लिईनेछ ।
•सम्पदाको संरक्षणका लागि परम्परागत÷पुरातात्विक संरचनाहरुको निर्माण तथा मर्मत सम्बन्धी तालिम सञ्चालन गरिनिे छ ।
सम्पदा क्षेत्रलाई खुल्ला संग्रहालयको रुपमा सञ्चालन गर्ने नीति लिईनेछ । धन्यवाद ।