पनौती
पनौती नगरपालिकाले आफ्ना कृषकका गोठ गोठमा गई पशुहरुलाई नि: शुल्क रुपमा खोप लगाउने भएको छ । गर्मी बढेसंगै कृषकले पालेका पशुहरुमा विभिन्न रोगहरु लाग्ने सम्भावना बढेपछि नगरपालिका त्यसबाट बच्न पुर्व तयारीमा जुटेको हो । नगरपालिकाले गाई, भैंसीमा लाग्ने लम्पी स्किन तथा भेडा बाख्रामा लाग्ने पि पि आर रोग बिरुद्धको खोप निशुल्क लगाउने भएको छ ।
नगरपालिकाको पशु शाखाबाट एक सूचना जारीगर्दै
पनौती नगर क्षेत्र भित्र गाई, भैसीमा लाग्ने लम्पी स्किन तथा भेडा बाख्रामा लाग्ने पि पि आर रोग रोगथामको लागि अभियानको रुपमा कृषकहरुको गोठ गोठमा गई निःशुल्क खोप लगाईने जानकारी गराएको छ ।
साथै यस अभियानलाई सम्पुर्ण कृषकहरुको साथ र सहयोगको अपेक्षा सहित आफुले पालेका निरोगी गाई, भैसी तथा भेडा बाख्राहरुलाई खोप लगाउनु हुन समेत अनुरोध गरेको छ ।
गतबर्ष पनौती नगरपालिकामा लम्पीस्किन रोगले महामारीकै रुप लिएको थियो । गतबर्ष नगरभरिका ३ सय ३३ माउ गाइ र ३ वटा माउ भैंसी गरि ३ सय ३६ माउ पशु र करिब २ सयको हाराहारीमा गाइका बाच्छाबाच्छी लम्पिस्किन रोगबाट मरेको नगरका प्राबिधिक अधिकृत लिलानाथ सापकोटाले जानकारी दिए । उनले गतबर्षपनि नगरभरी गरेर ९ हजार ९ पशुमा लम्पीस्किन विरुद्धको खोप लगाइएको जानकारी दिए ।
कुन वडामा कहिले ? सम्पर्क व्यक्ति को ?