पनौती
पनौती नगरपालिका वडा न १ का वडा अध्यक्ष जयकुमार लामाले आफ्ना बाबुनानिहरुलाई सामुदायिक बिद्यालयमा भर्ना गरि पठनपाठन गराउनुहुन अनुरोध गरेका छन् । त्यसको लागि उनले बुधबार एक सुचना नै जारी गरेका छन् । सूचनामा उनले सामुदायिक बिद्यालय भर्ना अभियान २०८१ संचालन भैरहेको हुँदा पनौती नगरपालिका वडा नं.१ निवासी आदरणीय सामाजिक राजनैतिक व्यक्ति-व्यक्तित्व, अभिभावक सरकारी सेवा तथा संघ संस्थामा आबद्ध रहनु हुने व्यक्तित्व, आम जनप्रतिनिधि सर्वसाधारण तथा बिद्धान् वर्गका बाबु नानीहरुलाई पठन पाठनका लागि आफूलाई पायक पर्ने सामुदायिक बिद्यालयमा भर्ना गरी समुदायमा स्थापना भएका बिद्यालय सुधार कार्यमा सहयोग पुर्याउनु हुन हार्दिक अनुरोध गर्दछु भन्ने उल्लेख छ । वडा अध्यक्षले नै सूचना निकाली भर्ना अभियान चलाएकोमा प्रसंशा गर्दै अध्यक्ष लामाको सर्वत्र चर्चा गर्न थालेका छन् । शैक्षिकसत्रको अन्त्यसंगै बिद्यालयहरुले यतिखेर नयाँ भर्नाको अभियान नै चलाएर घरदैलो कार्यक्रममा जुटेका छन् ।