पनौती
स्थानीय तहको कार्यसम्पादन मूल्याकंनमा काभ्रेको १३ स्थानीय तहमध्य पनौती नगरपालिका ९ औं स्थानमा रहेको छ । ६ वटा नगरपालिकामध्य पनौती पाँचौ स्थानमा रहेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत मंगलबार सार्वजनिक गरेको २०७९/८० को कार्यसम्पादन मूल्याङ्कनको नतिजा अनुसार कुल ५५.८२ नम्बर प्राप्त गरि पनौती आठौं स्थानमा रहेको पाइएको हो । यस अघि फागुन ८ गते आयोगले प्ररम्भिक नतिजा प्रकाशित गरेको थियो । आयोगले पुनरावलोकनका लागि सात दिनको समय दिई सो अवधिमा प्राप्त निवेदन माथि कारवाही भई प्राप्त हुन आएको अन्तिम नतिजा सहितको विवरण गत मंगलबार मात्र सार्वजनिक गरेको थियो ।
यसैगरि आयोगको अन्तिम नतिजामा बनेपा नगरपालिकाले ६६.५०, धुलिखेल नगरपालिकाले ६६.५३, पाँचखाल नगरपालिकाले ६५.७६, मण्डनदेउपुर नगरपालिकाले ४३.५० र नमोबुद्ध नगरपालिकाले ६२.०० अंक प्राप्त गरेका छन् । त्यस्तै गरि रोशी गाउँपालिकाले ७२.३९,चौरीदेउराली गाउँपालिकाले ६३.५८, भुम्लु गाउँपालिकाले ४३.५०, खानीखोला गाउँपालिकाले ५०.३४, बेथानचोक गाउँपालिकाले ५९.४४, महाभारत गाउँपालिकाले ५८.२२ र तेमाल गाउँपालिकाले ५२.२४ अंक प्राप्त गरेका छन् । आयोगले सार्वजनिक गरेको नतिजालाई हेर्दा काभ्रेमा सबैभन्दा बढी अंक प्राप्त गर्ने नगरपालिकामा धुलिखेल र गाउँपालिकामा रोशी देखिन्छ भने सबैभन्दा कम अंक ल्याउने नगरपालिका मण्डनदेउपुर र गाउँपालिकामा भुम्लु देखिन्छ ।
आयोगले विभिन्न १७ वटा सुचकमाथि अंक प्रदान गरेको छ । आयोगले स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गरिने वित्तीय समानीकरण अुनदान अन्तर्गत यहि कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि कार्यसम्पादन मूल्यांकन गर्नेगर्दछ ।