पनौती
पनौती नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जय कुमार लामाले पनौती नगरको समग्र बिकासको लागि नगर प्रमुख र उप प्रमुख मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । अध्यक्ष लामाले प्रमुख र उप प्रमुख दुबै जना एक औपचारिक कार्यक्रममा उपस्थित भएकैबेला यस्तो बताएका हुन् । आज १ नं.वडालाई बालश्रममुक्त घोषणा समारोहमा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले तपाईहरु नमिल्दा नगरको बिकासमा ठेस पुगेको भन्दै तपाईंहरू जसरी भएपनि मिलेर अगाडि बढ्नको लागि आग्रह गरे । उनले नगरका बिकास निर्माणका विभिन्न निर्णयहरुमा गलत निर्णय भए सच्याएर अगाडि बढ्नुपर्ने धारणा राखे । हामी हिजो चुनावमा जुन पार्टी र दलबाट जितेर आएपनी आज हामी जनप्रतिनिधि भएपछि जनताको काम गर्नुपर्ने भएकोले त्यसप्रती सजक रहनपनी अनुरोध समेत गरे । साथै उनले आजकै दिनदेखि प्लिज भन्दै मान्छेले कुरा काट्ने वातावरण नगर्दिनु हुन अनुरोध गरे । कार्यक्रममा पनौती प्रमुख रामशरण भण्डारी प्रमुख अतिथि र उप प्रमुख गिता बन्जारा बिशिष्ट अतिथि रहेका थिए ।