पनौती
ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी सस्था लि. ले जेष्ठ सदस्यलाई सम्मान गरेको छ । आज सस्थाको मुख्य कार्यालयमा एक कार्यक्रमको आयोजना गरि उनिहरुलाई सम्मान गरेको हो । साकोसले ३ सय ६६ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
साकोसले यस अघि नै विभिन्न सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकहरुलाई सम्मान गरेको बताएको छ । सस्थाले ७५ बर्ष भन्दा बढी उमेर भएका जेष्ठ सदस्यहरुलाई भत्ता पनि वितरण गरिएको जनाएको छ । भत्ता बापतको रकम सदस्यहरुको खातामा हालिदिएको पनि साकोसले जानकारी गराएको छ ।
कार्यक्रममा शारीरिक रुपमा अपांग भएका तर सस्थामा आबद्ध भएका १४ जना सदस्यहरुलाई पनि सम्मान गरिएको छ । साथै २०७९ सालको एस ई ई मा उत्कृष्ट अंक ल्याउने सामुदायिक बिद्यालयबाट छात्र / छात्रा र सस्थागत बिद्यालयबाट छात्र / छात्रा लाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा सस्थाले नियमित बचतकर्ता, उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई पनि सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एबम पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले ज्योति मिर्मिरे साकोसले समाज परिवर्तनमा गरेको कामको उच्च प्रसंशा गरेका थिए । साथै उनले सहर केन्द्रित सहकारी सस्थाहरुमा समस्या देखिएको बताए ।
कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी सस्थाका संचालक ठाकुर बास्कोटा, पनौती वडा न ६ का वडा अध्यक्ष भिम प्रसाद आचर्या लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैबीचमा साकोसले हिजो फागुन १८ गते पनौतीको बसपार्कमा खुला रक्तदान कार्यक्रम पनि गरेको थियो । रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेको सस्थाले जनाएको छ ।
सस्थामा हाल १७ हजार १ सय ४४ शेयर सदस्य रहेका छन् ।