बनेपा
अभिनेत्री केकी अधिकारीले आज काभ्रे जिल्लाका ब्युटीसियनहरु समक्ष बोल्दै ट्रुमि ब्रान्डका सामाग्रीहरु आफुले प्रयोग गर्दा आफुलाई फाइदा पुगेको बताएकी छिन्। आज घरबाट निस्कँदा मात्रै पनि ट्रुमिको स्याम्पु प्रयोग गरेको कपाल तपाईंहरु आफैँ पनि हेर्न सक्नु हुन्छ भन्दै आफ्नो कपाल राम्रो भएको भनि ब्युटीसियनहरु समक्ष खुशी साटेकी थिइन। सौन्दर्य कला ब्यवसायी संघ काभ्रेको आयोजना एवं युवा ट्रेड लिमिटेड बनेपाको ब्यवस्थापनमा आज बनेपामा आयोजित कार्यक्रममा कम्पनीका विभिन्न सौन्दर्यका सामाग्रीहरुका बारेमा जानकारी गराइएको थियो।कार्यक्रममा ट्रुमि कम्पनीका तर्फबाट विजय सिंगल ,ब्युटीसियन प्रमिला तामांग ,र स्पिकर अनिता बिमलीको उपस्थिति रहेको थियो। कार्यक्रममा ट्रुमिले एक स्किमको समेत उद्धोष गरेको छ। ट्रुमिको स्किम अनुसार एक वर्षमा ट्रुमिको ६ लाख बराबरको सामान बेच्नेलाई ब्याङक्क टुर लगिने छ। ट्रुमिको स्किमलाइ मनपराउँदै आजै मात्र १५ जना ब्युटीसियनहरुले स्किम भरेका छन् ।ट्रुमिको केराटिन क्रिम, ट्रिटमेन्ट क्रिम ,स्याम्पु ,फेसवास ,सिरम लगाएतका थुप्रै सामाग्री उपलब्ध रहेका छन्।ट्रुमि जसरि देशका अरु ठाउँमा फिजियको छ त्यो भन्दा राम्रो काभ्रेमा हुने सौन्दर्य कला ब्यवसायी संघकी केन्द्रिय सदस्य एवं अल ब्युटी पार्लर बनेपाकी संचालक लक्ष्मी श्रेष्ठले विश्वास ब्यक्त गरिन।