काठमाडौ
देशभरका समुदायिक विद्यालयहरुमा ज्येष्ठ नागरिक सम्बन्धी विषयमा पठन पाठन गर्न मन्त्रालयले निर्देशन गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना मार्फत उक्त निर्देशन गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पुस ११ गते सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन अनुरोध गरेबमोजिम शिक्षा मन्त्रालयले उक्त निर्देशन गरेको मन्त्रालयकी शाखा अधिकृत उषा लामिछाने द्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गरिदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएपछि सोही आधारमा शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आदेश जारी गरेको हो ।
पुस ११ गते देशभर राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । बालबालिकाहरूमा पनि ज्येष्ठ नागरिकका बारेमा जानकारी गराउने उद्देश्यले अध्यापन गराउने उद्देश्य साहित उ्रक्त निर्दैशन जारी भएको हो ।