पनौती
पनौती नगरपालिकाका १७ जना महिला स्वयंसेविइकाहरुलाई नगद सहित बिदाइ गरिएको छ ।नगरपालिकाले गते २० औँ महिला सामुदायिक स्वयं सेविका दिवसको अवसर पारेर पनौती नगरपालिकामा रहेका १७ जना महिला स्वयं सेविकाहरुलाई बिदाइ गरिएको हो । नगरपालिकामा एक कार्यक्रमकाबीच “स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास” भन्ने नाराका साथ सबै महिला स्वयं सेविकहरुको भूमिकालाई स्मरण गर्दै ६० वर्ष पूरा भएका १७ जना महिला स्वयंसेविकाहरुलाई नगद रु ३० हजार, दोसल्ला मायाको चिनो तथा कदर पत्र साथ विदाई गरेको पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए । सोही कार्यक्रममा नगरपालिकले महिला स्वयमसेविकाहरुलाई थप प्रोत्साहान गर्न वडामा उत्कृष्ट कार्य गर्नु हुने प्रत्येक वडाबाट १/१ जना गरि १२ जना स्वयं सेवकलाई नगदरु.३००सहित, प्रमाणपत्र समेत प्रदान गरेको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख रामशरण भण्डारीले महिला स्वयं सेविकाहरुका लागि थप प्रोत्साहन हुने कार्यक्रम नगरमा ल्याउने र वडा तथा टोलमा हुने हरेक गतिविधिहरुमा महिला स्वयं सेविकाहरु सकृय भएर लाग्नको लागि पनि अनुरोध गरे ।
नगरका उपप्रमुख गीता बन्जाराले नगरको हुने बाल मृत्युुदर र मातृमृत्युदर घटाउन महिला स्वयं सेविका हरुको ठूलो भुमिका रहेको बताइन् । पनौती नगरपालिकामा हाल १०४ जना महिला स्वयं सेविकाहरु रहेका छन् ।
बिदाइ कार्यक्रममा कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।