पनौती
पनौती नगरपालिकाले नगरक कृषकहरुलाई आफ्नो पशुपन्छी बिमा गरेवापत ५० प्रतिशत रकम अनुदान दिने भएको छ ।
पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखाको आ.व.०८०/०८१ का लागि स्वीकृत बार्षिक कार्यक्रम अनुसार “पशुपन्छी बिमा प्रिमियममा ५०% अनुदान कार्यक्रम” अन्तर्गत किसानलाई यो सुबिधा प्रदान गर्न लागेको हो । नगरको यो सुबिधा पाउनको लागि इच्छुक व्यक्ति/संस्थाहरुले मिति २०८०/०४/०१ गतेदेखि २०८० साल कार्तिक मसान्तसम्म विमा गरिएको पशुपन्छीहरुको बिमा प्रिमियम सहितको विवरण नगरमा पेश गर्नुपर्नेछ ।
अनुदान रकम प्राप्त गर्न मिति २०८०/०८/२९ गते भित्र सम्वन्धीत वडा कार्यालय वा पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखामा तपशिलका कागजात समेत संम्लग्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले संस्थागत विमाको हकमा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी, पशु विमा गर्न इजाजत पाएको प्रमाणको प्रतिलिपी, गत आ.व.को लेखापरिक्षण प्रतिवेदन तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, बिमा गरेको प्रमाण खुल्ने कागजको प्रतिलिपी, कार्य समितिको निर्णय प्रतिलिपी तथा रकम माग गरेको निवेदन, सम्वन्धीत वडा कार्यलयको सिफारिस पत्र आवश्यक पर्ने एक सुचना मार्फत स्पस्ट पारेको छ भने व्यक्तिगत बिमाको हकमा बिमा गरेको प्रमाण खुल्ने कागजको प्रतिलिपी, पशु धनीको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, पशु धनीको बैंक खाताको चेक आवश्यक पर्ने जनाएको छ ।
नगरपालिकाको यस किसिमको कार्यक्रमले आफुहरुलाई केहि हदसम्म भए पनि राहत मिलेको र नगरपालिकाले म जस्ता किसानहरुलाई खुशी थपिदिएको बताउँछन् पनौती स्थित मिलन कृषि फर्मका कृषक सन्दीप दाहाल । आ. व. २०७६/ ७७ देखिनै नगरमा यस किसिमको सेवा प्रदान गर्दै आएको पनौती नगरपालिका पशुपन्छी शाखाका प्रमुख लिलानाथ सापकोटाले जानकारी दिए ।