बेथानचोक
बेथानचोक गाउँपालिकामा आज बिहान देखि मध्याह्न सम्म करिब ६ घण्टा भाडामा चल्ने गाडि बन्द भएको जानकारीमा आएको छ ।
बेथानचोकबाट पनौती चल्ने बसहरुले मनपरी भाडा लिएको भन्दै स्थानीयले बस चल्ने बाटो बन्द गरेका हुन । जम्मा १३ किलोमीटर बाटोमा ९५ रुपैयाँ भाडा लिएको र उक्त भडा उचित नभएको स्थानीयको गुनासो छ । साथै भाडादर कायम नगरिएको, बिद्यार्थी, वृद्ध लगाएतकालाई भाडामा सहुलियत नदिएको गुनासो पनि उनिहरुको छ । स्थानीयले बैधानिक भाडादर कायम गर्न माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले ५ दिन भित्र बैधानिक भाडा दर कायम गर्ने भएको छ । स्थानीय र प्रशासनबीच भाडा दर कायम गर्ने सहमति भएपछि स्थानीयले दिउँसो १ बजेबाट गाडी चल्न दिएको बेथानचोक गाउँपालिकावडा न २ का वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिएका छन् । लामो समयसम्म बस व्यवसायीले मनलाग्दी भाडा लिदा पनि जनताको सेवा गर्न आएका स्थानीय तहका जनप्रतिनिधिहरुले भाडादर कायम गर्न र सहुलियत दरमा भाडा लिन भनी कुनै किसिमको पहलकदमी नगरेकोमा आफुहरुलाइ दु:ख लागेको भन्दै स्थानीयले दुखेसो पोखे । ५ दिनमा सहमति अनुसार भाडादरमा बैधानिकता आएन भने पुनः शसक्त आन्दोलन गर्ने एक स्थानीयले सिरुपातेखबरलाई जानकारी दिए ।