ज्योति मिर्मिरे के गर्दै छ ?
अहिले हामी ज्योति मिर्मिरे सामुहिक साकोस सहकारी अभियानको शेयर सदस्यहरुको आर्थिक समाजिक सास्कृतिक सामाजिक पक्षहरुमा सुधारको लागि परिर्वनका लागि सदस्यहरुको हितको लागि समाजमा विभिन्न किसिमको सहकारी मार्फत गर्न सकिने क्रियाकलाप मार्फत सदस्यहरुलाई आकर्षित गर्ने खालका क्रियाकलापहरुमा हामी संलग्न छौं ।
पछिल्लो समयमा सहकारीहरु मर्जको प्रकृयामा अगाडि बढेको देखिन्छ यसलाई कसरी लिनुहुन्छ ?
असाध्यै महत्वपूर्ण अहिलेको परिप्रेक्ष्यमा सहकारी अभियानमा यो एकीकरणको विषय अत्यन्तै महत्वपूर्ण विषय रहेको छ । अहिले चाहिँ सहकारीहरु एकीकरण अत्यन्तै आवश्यक कुरा हो । नेपालमा सहकारीहरु ३० हजारको हाराहारीमा संचालन छन् । यहाँ यतिधेरै सहकारीहरुको आवश्यकता छैन । यो कारणले पनि एकीकरण खाँचो छ । उद्देश्य, कार्यक्षेत्रमिल्ने सहकारीहरु एकीकृत भएर अगाडि बढ्न् अत्यावश्यक छ । यसुले शेयर सदस्यहरुको आर्थिक सांस्कृतिक सामाजिक लगायत अन्य क्रियाकलापहरुमा पनि यसले ठूलो भूमिका खेल्छ नेपालको बर्तमान परिप्रेक्ष्यमा यो अपरिहार्य विषय हो ।
एकीकरणको विषयमा ज्योेति मिर्मिरे एकीकरणको तयारीमा छ वा ज्योति मिर्मिरे सँग अरु कुनै सहकारी मर्च हुँदै छन् बताइदिनुहोस न ।
एकीकरणको कुरा त निरन्तर चलिरहने विषय हो । यस साकोसको पृष्ठभूमि हेर्नुभयो भने पनि २०५६ सालमा ज्योतिको नाममा स्थापना भयो । पनौती त्यसपछि पनि पनौती पेरीफेरि कार्यक्षेत्र भएका अन्य ४ ओटा सकोस २०६९ सालमा हामीले एकीकरण गर्यौं । हाम्रो आधार नै एकीकरण हो । हामी ज्योति मिर्मिरे साकोस एकीकरणबाट नै यो अवस्थामा आइपुगेका छौं । अहिले पनि एकीकरणको कुरा नभएका होइन । तर एकीकरणको विषय त्यति सजिलो पनि होइन । एकीकरण ठ्याक्कै गर्नुपर्छ भन्ने विषय पनि होइन । यहाँ व्यक्तिगत वा संचालक हितमा भन्दा पनि हामी आमशेयर सदस्यको हितका विषय वस्तुजसले अगाडि राखेर आउन सक्छ । ती विषयमा ज्योति मिर्मिरे साकोस कुराकानी गर्न तयार छ । कुराकानी पनि भइरहेका छन् । तर कुनै साकोससँग अन्तिम कुराकानी भएको अवस्था भने छैन ।
समान उद्देश्यभएका धेरै ओटा सहकारीहरुमा एउटै पालिकामा शेयर सदस्य हुन सक्दैन भन्ने जुन चर्चा छ सहकारी एकीकरणले यसलाई कस्तो प्रभाव पार्ला ? तपाईंको सहाकारीले यो नियम पालना गरेको छ कि छैन ?
अत्यन्तै महत्वपूर्ण प्रश्न उठान गर्नु भएको छ । २०७४ सालमा परिमार्जित जुुन सहकारी ऐन आयो त्यो भन्दा पछाडि सहकारीले समान उद्देश्य भएका एकै पालिका भित्रका सहकारीमा सदस्य बन्न नहुने भन्ने खालको ऐन आको छ । ०७४मा आयो त्यो पछाडि केही समायावधि दिएर यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने भयो । त्यसपछि फेरि सर्वोच्च अदालतमा मुद्धा परेर कार्यान्वयनको अवस्थामा गएको छैन । तर के चाहिँ हो भने त्यसले २ वटा पार्ट हेर्छ । एउटा अहिले जति वटा सहकारीहरुमा पनि सदस्य बन्ने धेरै वटा बाट ऋण लिने तर ऋणको सदुपयोग नगर्ने भएको कारणले गर्दा अहिले मान्छे सहकारीमा बसीसकेपछि धनीहुनु पर्ने तर गरिब भयो । ऋणको परिचालन सही रुपमा नभएको कारणले गर्दा सही रुपमा परिचालन होस भन्नाका लागि यो नीति बनेको हो । तर हामीले यसलाई मात्र हेरेर भएन संविधानको आधारमा त कहीँ कुनै पनि संस्थामा सदस्य बन्न पाउन नागरिक स्वतन्त्र छ । जसले गर्दा कानुनी रुपमा परिपक्व भने छैन । तर सहकारीको आँखा ऋण परिचालन सहि भएन भन्ने आधारमा हेर्र्ने हो भने सही छ । कानुनको विषय जटिल छ कि भन्ने लागेको छ । अहिले दार्जुला बझाङ जस्ता क्षेत्रमा एउटा पालिकामा एउटा मात्र सहकारी भन्नुभयो भने त्यसले के अवस्था पार्छ भने एउटामा बनेपछि अन्त बन्न पाएन त्यो अवस्थामा सामान्य कारोबार गर्न बैंक मात्रै हुन्छ । सहकारीको मर्म भनेको अत्यन्तै कम आर्थिक पुँजीभएकाहरुलाई सहयोग पुर्याउने भन्ने भएकोमा सहकारीको सदस्य नै बन्न नपाउने भनेर बन्देज गरे पछि उद्देश्य त पुरा हुन पाएन नी एक संस्था एक सदस्यको मोडालिटि भन्दा पनि लोन परिचालन एउटा संस्थाबाट लिए पछि अर्कोबाट लिन नपाउने भन्न मिल्ला तर संस्थाको सदस्य नै हुन नपाउने भन्ने उसको नैर्सगिक कुरा कानुन सम्मत कुरा नहोला । अहिले ऐनमा आएको विषयवस्तु हामीले मान्नुपर्छ मन्यपनि छ । हामीले सदस्य सर्वेक्षण फारम होस या सदस्य पहिचान फारम ती सबैमा संस्थाले अन्यमा सदस्य हुनुहुन्छ की हुनुहुन्न भनेर सोधेका छौं । ऐनमा भएका विषय वस्तु ज्योति मिर्मिरेले पनि पालना गरेको छ मानेको छ । त्यही अनुसार अगाडी बढ्छौं ।
ज्योति मिर्मिरे साकोसको कार्यक्षेत्रको विषयमा पनि बताइदिुनहोस न ।
अहिले ज्योति मिर्मिरे सामुहिक साकोसको काभ्रेपलाञ्चोक जिल्लाका सात ओटा पलिकामा कार्यक्षेत्र छ । काभ्रे जिल्लभर पनि कार्यक्षेत्र छैन । त्यो भनेको बनेपा, धुलिखेल, पाँचखाल, पनौती, मण्डनदेउपुर,नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिका गरी सात ओटा पालिकामा हाम्रो काम भइरहेको छ ।
संस्था ग्रामीणक्षेत्र पनि लक्षित देखियो । यो किन ?
हाम्रो उद्देश्य भनेकै सहकारी विशेषगरेर सहकारीको सुृरुवाती स्थापनाको उद्देश्य नै जहाँ बैंक पपग्दैन त्यहाँ सहकारी पग्नुपर्छ भन्ने हो । सहकारीको मर्म भनेकै आर्थिक सहभागिता हुुने स्थल जहाँ कृषक छन् जहाँ मजदुरी छन् त्यहाँ पुग्नुु पर्छ भन्ने हो । मजदुरबाट शुरु भएको सहकारीतालाई ज्योति मिर्मिरेले कार्यक्षेत्र नै ग्रामीण भेग अनि वित्तिय पहुँज भन्दा बाहिर रहेका वर्गलाई सेवा दिनुहाम्रो उद्देश्य हो । हाम्रो कार्यक्षेत्र पनि त्यही प्रकृतिको छ । ज्योति मिर्मिरेको यो रोजाई हो । जुन सहकारीको नीति विधि र सिद्धान्त अनुरुप छ । त्यो हिसाबले हामी ग्रामीण क्षेत्रमा नै सदस्य बढाउने योजनामा हामी अगाडि बढिरहेका छौं ।
सहकारी बचत तथा ऋण बाहेक सर्वसाधरण नागरिकको आर्थिक ,विकासमा प्रभाव पार्ने क्रियाकलाप पनि गरेका छन् । यस सहकारीको बचत तथा ऋणको अलावा थप आर्थिक क्रियाकलाप सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु के के गरिएको छ ?
हामीले अहिले सदस्यहरुको हित अथवा आर्थिक सहभागिताका लागि कार्य गरेको छ । नेपालमा सहकारीको प्रचलन हेर्दा नै बचत संकलन गर्ने लगानी गर्ने बचत र ऋणको कार्य नै बढि भएको देखिन्छ । यसलाई हामीले अलि पृथक रुपमा जाने कार्य गरेका छौ । हामीले सदस्यको हितका लागि भनेर गर्भ देखि स्वर्ग सम्मका कार्यक्रम राखेका छौं । बच्चा गर्भमा आइसके पछि जन्मनु अघि जन्मेपछि विद्यालय जीवन कलेज जीवनका लागि विद्यार्थीका लागि सहजिकरण हामी गर्छौ । युवा अवस्थामा सिपमुलक तालिम दिएर आत्म निर्भर बनाउन सकिन्छ । कसरी सक्षमताको विकास गर्न सकिन्छ । भन्नेमा लाग्छौं जेष्ठ नागरिक भए सँगै भत्ताको व्यवस्था गर्छौ मृत्युपश्चात पनि पारिवारिक राहत दिन्छौं । त्यसले हामी बचत तथा ऋण संकलन मात्र नभएर सदस्यहरुको आर्थिक सामाजिक सांस्कृतिक तथा वातावरणीय पक्षमा समेत कार्य गर्ने हाम्रा कार्यक्रमहरु रहेका छन् ।
सहकारीले शेयर सदस्यहरुको आकर्षण स्वरुप कस्ता उत्पादनहरु प्रस्तुत गरेको छ ?
यहाँ चाहिँ यो उत्पादन भित्र ७२ सेवा भन्छौं त्यो भित्र बचतका किसिम ऋणका किसिम त्यस सँगै विप्रेषण र बिमाको काम गरेका छौ । सदस्यले जन्म अघि देखि मृत्युपर्यन्त सम्मका विभिन्न कार्यक्रमहरु पनि उत्पादनका रुपमा समावेश गरेका छौं । यस कार्यक्रम अन्तर्गत युवा लक्षित कार्यक्रममा सिप सिकाउने उत्पादन गराउने र बजारीकरणको व्यवस्था मिलाउने सम्म हामीले गर्ने गर्छौ । बिरामी पर्दा प्रत्येक वर्ष परे पनि १० हजार रुपैंया उपलब्ध गराउँदै आएका छौं । यस सकोसको अत्यन्तै महत्वपूर्ण विषय भनेको बिमा छ । हामीले अघि भने जस्तो गर्भ देखि स्वर्ग सम्म भनिएको छ । मृत्युपछि पनि हामीले ५५ हजार देखि १ लाख ५ हजार सम्मका राहतको व्यवस्था पनि गरेका छौं अहिलेको परिप्रेक्ष्यमा सस्था अनि सदस्यहरुको हितमा अनवरत काम गरिरहेका छौं जसको प्रतिफल सदस्यहरुको आकर्षण अनि सदभावले गर्दा संस्था यहाँ सम्म आइसकेको छ ।
सहकारीले संचालन गरेको बिमा कार्यक्रमका बारेमा अझै स्पष्ट पारिदिनुहोस न ।
हामीले यसका लागि बचत तथा ऋण भित्र रहेर पनि थप बिमा र विप्रेषणको काम गरिरहेका छौं । त्यो भित्र बिमा २ ३ किसिका योजना ल्याएका छौं । जुन सम्पत्तिहरुको बिमा यसमा घर जग्गा गाडीको बिमा हुन्छ । अर्को बिमा हामीले व्यक्तिगत ऋणमा पनि गर्छौ भने अर्को निर्जिवन बिमा गर्छौ । अर्को कुरा के हो भने यस सकोसले १ जना बराबर २ करोड सम्म ऋण उपभोग गर्न पाउँछ । त्यसका लागि उसको स्रोत लगायतको विश्लेषण त हुन्छ नै यदि विश्लेषणबाट मूल्यांकन सही ठहर भयो । उपयुक्त देखियो भने हामी २ करोड सम्म लगानी गर्छौ । हामीले त्यस्तो अवस्थामा लगानी गरिउको ऋणीको पहिलोवर्षका लागि निःशुल्क बिमा गर्छौ । त्यो बिमा गरेर ऋणिले २ करोड लग्यो १ करोड तिर्यो उसको मृत्युभयो भने बाँकी १ करोड पनि तिर्नु परेन र तिरी सकेको अर्को एक करोड पनि फिर्ता हुन्छ । घरजग्गा धितो पनि फुकुवा हुन्छ । शुरुमा ऋण परिचालन पछि मृत्युहँदाको केसमा हो । यो बिमा कम्पनी मार्फत हुन्छ । यसको प्रिमियम संस्थाले तिर्छ । ज्योति मिर्मिरेमा ऋण लिएर ऋणीको मृत्युभयो भने ऋणिको परिवार घरबार बिहिन हुँदैन । अर्को पशुलाई लगानी गर्छाै । पशुमा गरिएको लगानी अघि बिमा गर्नुपर्छ पशुको मृत्युभयो भने बिमा कम्पनी मार्फत नै ९० प्रतिशत फिर्ता गर्छौ । गाडी बालीको विषमा पनि यहीँ हो । यसबाट ऋणीलाई सुरक्षित बनाएका छौं । अर्को बिमा कप्पनीमा गएर बिमा गएर वार्षिक विमा प्रिमियम तिर्न गाह्रो हुन्छ । यसका लागि हामीले दैनिक मासिक कति पर्न आउँछ त्यो हिसाब गरेर संस्थामा जम्मा गर्दिन्र्छौ जम्मा भएको बचतमा व्याज दिन्छौं र एकमष्ट लगेर प्रिमियम तिर्दिन्छौ । सदस्य सुरक्षामा विशेष ध्यान दिएका छौं ।
शहरी क्षेत्रमा स्थापित सहकारीहरुको भाग्ने क्रम तिब्र देखियो त्यस्तै समस्या ग्रस्त भएका अनि बचत फिर्ता पनि दिन नसक्ने अवस्थामा पगेका धेरै सहकारीहरु छन् भनिन्छ यस विषयमा तपाईंको धारणा के छ ?
अहिलेको समयका बडा महत्वपूर्ण विषय यो हो । सहकारीहरु एकदमै बित्तिय पुुँजी नभएको । पुँजी संकलन क्षेत्र नभएको परिचालनमा समस्या भएको स्थानमा । विषेश गरी सहरी केन्द्रित सहकारीहरु जसले उत्पादक क्षेत्रमा लगानी गर्न सकेनन् । एउटै सदस्यबाट ठुलो मात्रामा संकलन गर्ने एउटा समस्या हो । तर अहिले विधिले नभएर व्यक्तिले संस्थाले चलाउने परिपाटी देखियो । व्यपार सहकारीहो भन्ने भावना विकास भयो । जुन समस्या हिजो भन्दा आज आज भन्दा भोलि समस्या झनै जटिल छ । त्यस्ता सहारीहरुमा पारिवारिक व्यवस्थापन अर्को समस्याको रुपमा देखियो । पैसा सबैसँग संकलन गर्ने बजारमा चलको भन्दा उच्च व्याजदर दिएर संस्था चले जहाँ रकम सही सदुपयोग हुन सकेन । शेयर सदस्यभन्दा बाहिर घरजग्गामा समेत लगानी भएको पनि देखियो । यी सबै समस्याका पाटा हुन् । अर्को लगानी गर्ने रकम एउटै क्षेत्रमा मात्र लगानी गर्दा जटिल समस्या जतिसुकै बेला आउन सक्छ । बजार केन्द्रित सहकारीको अर्को समस्या यो पनि हो । संस्थाको रकमलाई सम्पत्तिको रुपमा नभई दायित्वका रुपमा लिनुपर्छ । शहर गाउँ जहाँहोस सामुदायिक सहभागिता छ नीति छ विधि छ भने त्यस्ता सहकारीमा समस्या आएका नै छैनन् ।
सर्वसाधरणले ज्योति मिर्मिरे सामुहिक साकोसलाई विश्वास गर्ने आधारहरु के के हुन ?
आम सदस्यहरुले ज्योति मिर्मिरे रोज्नुपर्ने सदस्य बन्नुपर्ने कारण यो सहकारी सहकारीका ७ सिद्धान्तलाई अक्षरस पालना गरेर अगाडि बढेको छ । अर्को सहकारीका नम्स सँगै सदस्यहरुको हित हुने कार्य महत्वपूर्ण कार्य हो । यो साकोस आज २४ औं वर्षमा हिँडेको छ । यो अवधिमा हामीले सदस्यहरुको आर्थिक सामाजिक, सांस्कृतिक तथा नैतिक विषयलाई जोडका साथ ध्यान दिएका छौं । यस साकोसले बचत संकलन र ऋण लगानी मात्र नभएर सदस्यहरुको आम क्षेत्रलाई साथ दिएको छ । त्यस सँगै संस्थाले एउटा व्यक्ति जन्मेदेखि मृत्युपर्यन्त सम्मका क्रियाकलाप संचालन गरेको छ भने पछि संस्थामा नभएको कुरा के छ । संस्थाले बालबालिका जन्मनुअघि देखि बाल स्वास्थ्य, बाल शिक्षा युवा स्वरोजगार, जेष्ठ नागरिक भत्ताले मृत्युपछिको राहत, बिरमी हुँदा उपचार खर्च लगायतका हाम्रा कार्यक्रमहरुले गर्दा पनि हामी प्रति प्रशस्त साथ छ । आर्कषर्ण छ । जसको परिणाम संस्थाले एउटा न एउटा पुरस्कार प्राप्त गरेको छ । यसमा शेयर सदस्य देखि संचालक कर्मचारी सबैको भूमिका महत्वपूर्ण छ ।
यस मिडिया मार्फत छुटेका केही विषय भए भन्नुहोला ।
सर्वप्रथम यहाँ र यहाँको मिडियालाई धन्यवाद दिन्छु । हाम्रा विचारहरु शेयर सदस्यहरु लगायत सबैमा पुर्याउँने अवसर दिनुभयो । अर्को भनेको यो सकोस सुमुदाय प्रति जिम्मेवार भएर शेयर सदस्यहरुको हितमा निरन्तर लागि रहेको छ । भाविदिनमा पनि यो गति रोकिने छैन । यसका लागि सहकारीका राम्राकामहरु आम मानिसहरुको आर्थिक बृद्धि गर्ने कुरामा मृख्य भूमिका सहकारीहरुको नै छ । तर अहिले ओझेलमा परेजस्तो देखिन्छ । जम्म ३० हजार सहकारीको भिडमा १ प्रतिशत जतिमा समस्या छ भन्ने हो । तर अहिलेको प्रचार ठिक विपरित छ । अहिले १ असल ९९ प्रतिशत चाहिँ खराब हो कि भनेजस्तो खालको प्रचार भएको छ । नपाली र नेपालको आर्थिक अवस्थामा परिवर्तन ल्याउन ग्रामीण समुदाय सम्मलाई समेटर काम गर्न सहरकारीको आवश्यक छ । यसका लागि मिडिया सहकारीसँगै हुनुुपर्छ । सहकारीका विषयबारे बुझाउनु मिडियाको साथमा हामी पनि छौं । सहकारी अभियान सही छ । उचित व्ववस्थापन सहितका कार्यक्रमले पूर्णता पाउँछ, उद्देश्य प्राप्ति हुन्छ भन्ने हो । अनि अर्को के अग्रह गर्न चाहान्छु प्रत्येक सहकारीका शेयर सदस्यहरुले सहकारीका कार्यक्रमहरुमा नियमिति रुपमा आउने, सहकारीमा समय समयमा उपस्थित हुने सहकारीका क्रियाकलापहरुमा माथि ध्यान दिने शिक्षा शिविर, साधरणसभामा निरन्तन्तर रुपमा उपस्थित जनाउने र लागेका विषय संस्थामा आएर प्रस्तुत गर्न जरुरी छ ।यसले सहकारीलाई अझै राम्रो बनाउँछ । हामीले सबै पक्षबाट अगाध माया पाएका छौं र यसको निरन्तरताको कामना गर्दछौं । साथै सबैमा धन्यवाद आभार । यो सामाग्री रोशी खबर साप्तमहिकमा प्रकाशित छ ।