पनौती
हरिबोधनी एकादशी (मंसिर ७ गते) का दिन पनौती नगरपालिकाले स्थानीय विदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै उक्त दिन ऐतिहासिक एवं धार्मिक महत्वको स्थल लड्केश्वर मेलाका अवसरमा नगरपालिका क्षेत्रभर विदा दिएको जानकारी गराएको छ ।
हरिबोधनी एकादशीका दिन पनौती नगरपालिका वडा नं ११ मा रहेको लड्केश्वर मन्दिरमा मेला लाग्ने गर्छ । मेलामा काभ्रेका विभिन्न क्षेत्र लगायत छिमेकी जिल्लाबाट समेत लड्केश्वर दर्शन तथा मेला भर्न आउने गरेका छन् ।