पनौती
पनौती नगरपालिकाको आयोजनामा प्रचिन स्मारक संरक्षण प्रवद्र्धनमा स्थानीय नागरिकको दायित्व र भूमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
होटल पनौतीमा शुक्रवार आयोजित उक्त कार्यक्रममा पनौती क्षेत्रको पुरातात्विक ऐतिहासिक महत्वका विषयको जर्गेना सहित समुदाय स्तरमा स्थानीयको भूमिका के हुन सक्छ भन्ने विषयमा बहस भएको थियो । कार्यक्रममा बिज्ञ रविन्द्र पुरी, विधुप्रकाश कायस्थ, डा सुरेस सुरस श्रेष्ठ लगायतले विश्वसम्पदा सूचिमा सुचिकरण गर्नु अघि र पछिको समयमा स्थानीय समुदाय तथा स्थानीय सरकारका दायित्वहरुका विषयमा चर्चा गरेका थिए ।
सूचकरण प्रकृया शुरुदेखि नै विवाद मुक्त हुनुपर्ने भन्दै पूर्वजको मौलिकता ऐतिहासिकता मेटिन नदिइ परम्पराग मौलिकता संरक्षणमा स्थानीय समुदायले जिम्मेवारीका रुपमा लिनुपर्ने उनीहरुको तर्क थियो । ऐतिहासिक तथा पर्यटकीय स्थललाई विश्व सम्पदा सूचीमा सुचिकरण देखि त्यसको निरन्तरता सम्म स्थानीय सरकार र स्थानीय पालिकाको नै भूमिका बढि रहने बताएका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख रामशरण भण्डारीले आदिमकालिन संस्कृति बोकेको पनौती नगरको मौलिकका संरक्षण गर्नु सबैको दायित्व रहने बताउँदै विज्ञ जानकारहरुको सल्लाहबाट नै सम्पदाको संरक्षण गरिने बताए । प्रत्यक्ष देखिने र लुप्त गरी दुई किसिमका सम्पदा रहने उल्लेख गर्दै यी सबैको संरक्षणमा सबैको उत्तिकै दायित्व रहने उनको भनाई थियो ।
नगरपालिका उपमेयर गीता बञ्जाराले पनौती नगरपालिकालाई विश्वसम्पदा सूचिमा सूचिकरणका लागि धेरै अघि देखि प्रयास गरिएको बताउँदै यसलाई पूर्णता दिनुआफूहरुको दायित्व रहेको बताइन ।
कार्यक्रममा स्थानीय बुद्धिजिवी, प्रबुद्ध व्यक्तित्वहरु, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।