रोशी
लम्पी स्किन रोग पीडित किसानलाइ राहत माग्न काभ्रे जिल्लाको रोशी गाउपालिकाका अध्यक्ष दिनेश लामा सङ्घीय मन्त्रालय पुगेका छन । पिडितलाइ कम्तिमा एक लाख ५० हजारका दरले राहत उपलब्ध गराउन मागसहित लामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबार, काठमाडौ पुगेका हुन ।
केही दिन अगाडी रोशी गाउपालिकाले लम्पी स्किन रोगबाट पशु मरेका किसानलाइ राहत उपलब्ध गराउने निर्णय गरेको थियो । कार्यपालिका बैठकले गाई मरेमा ५ हजार र भैंसी मरेमा ७ हजार उपलब्ध निर्णय गरेको थियो । सो राहत किसानका लागि अपुग भएको भन्दै मन्त्रालयमा माग गर्न पुगेको लामाले जानकारी दिए । गाउँपालिकाले पिडितलाइ साथ दिएको केन्द्रिय सरकारले राहत उपलब्ध गराउनु पर्ने उनको भनाइ छ । गाउपालिकासग श्रोत साधन कम भएकाले केन्द्रीय सरकारलाइ गुहार माग्न पुगेको लामाको भनाइ छ ।
लम्पी स्किन रोगबाट पशु मरेको किसानलाइ राहत स्वरुप एक लाख ५० हजारसम्म उपलब्ध गराएमा मात्र राहत महशुस हुने लामाले बताए ।
देशैभरी पशुहरुमा फैलिएको लम्पीस्किन महामारीको कारण रोशी गाउपालिकामा २५०० भन्दा बढी पशुहरु गाई र भैंसीमा संक्रमण फैलिएको र २०० भन्दा बढी पशुहरु मरिसकेकोको जानकारी दिए । महामारीको कारण भएको पशुधनको क्षतिपुर्तीको लागि स्थानीय सरकार मात्रै सक्षम नभएको कारण उक्त पिडित किसानहरुलाई प्रति मृतक पशु बराबर कम्तिमा एकलाख पचास हजारको दरले राहत उपलब्ध गराउन मन्त्री समक्ष हार्दिक अनुरोध गरेको लामाले जानकारी दिए ।