रोशी
जिल्लाको रोशी गाउँपालिका-७ लास्टकोट स्थित बिपी राजमार्गदेखि बागमती प्रदेश राजधानी हेटौँडासम्म जोडने सडक खण्ड कालोपत्रे हुने भएको छ । उक्त सडक खण्ड कालोपत्रे गर्नको लागि बोलपत्र आह्वान गरिएको हो । सो सडक नेपाली कांग्रेस काभ्रेका सभापति तथा बागमती प्रदेश खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तीर्थ लामाको पहलमा हुन लागेको हो ।
रोशी गाउँपालिका बिपी राजमार्गथदेखि कटुञ्जे–खार्पचोक–कालिञ्चोक–लेखपानी–सुँगुरे-बुढाखानी -खानीखोला गाउँपालिकाकाे ताल्ढुंगा हुँदै प्रदेश राजधानी हेटौँडासम्म जोडने सडक खण्ड कालोपत्रेका लागि बोलपत्र आह्वान भएको हो।
उक्त अयोजना बहुबर्षिय भएको बुझिएको छ । पहिलो चरणमा ७ करोड बजेटमा १५ किलोमिटर बाटो कालोपत्र गरिने बोलपत्रमा उल्लेख छ । बीपी राजमार्ग स्थित लास्टकोट-खार्पाचोक – कालिन्चोक- लेखपानीसम्म पहिलो चरणमा कालोपत्र गर्ने योजना रहेको छ । कुल लागत भने ९२ करोड लाग्ने बताइएको छ । सो सडकले काभ्रे जिल्लाको रोशी गाउपालिका, महाभारत गाउपालिका, खानीखोला गाउपालिका र मकवानपुर जिल्लाको पुर्वी क्षेत्रलाई सहज हुने भएको छ ।सडक पक्की सडक भएसँगै सो स्थानका स्थानीयको आर्थिक, भौतिक, सामाजिक बिकासमा वृद्धि हुने जनअपेक्षा छ ।
यो कामको लागि पहलकदमी गरी ठेक्का बोलपत्र आह्वान गरेर विकास निर्माण कार्यमा जनतासँग प्रत्यक्ष जोडिएको भन्दै मन्त्रीलामालाई स्थानीय नेता कार्यकर्ता तथा नागरिकले धन्यवाद दिएका छन् । १४ वर्ष अघिदेखि जनताले देखेको सपना पूरा हुने भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका हुन ।