ललितपुर/ बागमती
बर्षायाममा पनि कान्तिलोकपथका सडक बन्द नहुने भएको छ ।
बागमती गाउँपालिका अन्तर्गत को कान्तिलोकपथका सडक बर्षायाम लागे संगै पहिरोका कारण बेलाबेलामा बन्द हुने गर्दथ्यो । यसपालि भने निरन्तर रुपमा गाडीहरू चल्ने भएको छ । सडकमा निरन्तर गाडीहरु संचालनको लागि ३ महिना फिल्डमा अनिवार्य रुपमा डोजरको ब्यबस्थापन भएको छ । संघीय साम्सद माननीय उदय शम्शेर राणा, प्रदेश माननीय मिनकृष्ण महर्जन र बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चन ज्यूको बिशेष पहलमा उक्त कार्य अगाडि बढेको हो । बर्षायामको समयमा कान्तिलोक पथ हुँदै आउने दुग्ध जन्य पर्दाथ र तरकारी लगाएत खाध्यन्न सामाग्रीको ढुवानी गर्न र यात्रुहरुलाई यात्रमा सहज होस भन्ने उदेश्यले कान्तिलोकपथका परियोजनासंग समन्वय गरि ३ महिनाको लागि निरन्तर रुपमा डोजर राख्न सफल भएको हो । डोजर, अपरेटर लगाएत अन्य खर्च कान्ति लोकपथ परियोजनाले व्यहोर्ने पनि जनाइएको छ ।