पनौती
पनौती नगरपालिकाले करारका कर्मचारीलाई पनि महङ्गी भत्ता वितरण गरिएको पाइएको छ । महालेखा परीक्षकको बार्षिक प्रतिबेदन अनुसार आ.ब. २०७९/८० मा पनौती नगरपालिकामा कार्यरत करारका कर्मचारीले नियमावली बिपरित महङ्गी भत्ता बुझेको बताएको छ । प्रतिबेदन अनुसार अर्थ मन्त्रालयले मिति २०७९ साल बैशाख २१ गते चलानी नम्बर १७१९ को पत्रबाट नेपाल सरकारको विभिन्न निकायको स्वीकृत दरबन्दी भित्र करारमा कार्यरत कर्मचारीलाई महङ्गी भत्ता उपलब्ध नगराउने भनी निर्णय भएको र सो बमोजिम पत्राचार भएको बुझिन्छ तर पनौती नगरपालिकाले भने उक्त पत्रलाई बेवास्ता गर्दै करारमा कार्यरत कर्मचारीलाई धमाधम महङ्गी भत्ता वितरण गरेको पाइएको हो । १ बर्षमा करारका कर्मचारीले मात्र १३ लाख ६८ हजार रुपैयाँ महङ्गी भत्ता बुझीलिएको महालेखा परीक्षकको प्रतिबेदनमा उल्लेख छ । महालेखा परीक्षक काभ्रेपलान्चोकले यसरी नियमावलीमा व्यवस्था नभएको सुबिधा उपलब्ध गराउन नमिल्ने भनि उक्त रकमलाई बेरुजु देखाएको छ ।