बनेपा
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आगामी असार २ गते रोड रेस प्रतियोगिता गर्ने भएको छ । सफल जीवनका लागि अनुशासन र स्वास्थ्य, स्वास्थ्यको लागी खेलकुद र अनुशासन भन्ने मर्मका साथ कार्यक्रम प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । ज्ञानकुञ्जले गर्न लागेको रोडरेस प्रतियोगिता यो तेस्रो संस्करण हो । आज बनेपाको एक होटेलमा पत्रकार सम्मेलन गरि रोड रेस प्रतियोगिता आयोजना बारे आयोजकले स्पष्ट पारेको हो ।
असार २ गते शनिबार बिहान ६ बजेदेखि रोडरेस सुरु हुने र रोडरेसमा छात्रा/छात्र दुबै विधा समावेश गरिएको पनि आयोजकको भनाइ छ । प्रतिष्ठानका अनुसार छात्राहरुको लागि रोडरेस ३ किलोमिटरको रलागी छ भने छात्रको ७.५ किलोमिटरको हुने जनाएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाइ ३० हजार, द्वितिय हुनेलाई २० हजार र तृतिय हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था छ ।
प्रतियोगितामा सहभागी हुन २०७९ को एस.इ.इ. परीक्षा दिएको प्रवेशपत्रको संकल प्रति वा प्रधानाध्यापकद्धारा प्रमाणित प्रतिलिपि र हालसालै खिचेको रंगिन फोटो आवश्यक पर्ने ज्ञानकुञ्ज शैक्षिक प्रतिस्ठानका प्रबन्धक प्रताप बैद्दले बताउनुभयो । उहाँका अनुसार नाम दर्ता मिति २०८० जेठ ३२ गतेभित्र दर्ता गरिसक्नुपर्नेछ ।
आयोजकले प्रतियोगिता गर्नु को खास दुई वटा उद्देश्य भएको बताएको छ । पहिलो विद्यार्थीहरुविच प्रतिस्पर्धा गराई भोलिको दिनमा जुनसुकै क्षेत्रमा पनि कुशल नेतृत्व स्थापित गर्न सक्नु र एस.इ.इ.को तयारीको लागि कडा अनुशासन भित्र पठनपाठन गरि एस.इ.इ. लगत्तै फ्रि समयमा अनावश्यक कुलतमा तथा गलत बाटोमा हिड्न सक्ने भएकाले उनीहरुलाई खेलकुद मार्फत सही बाटो र अनुशासनमा राख्नको लागि तेस्रो ज्ञानकुञ्ज रोडरेसको आयोजना गर्न लागेको बताएको छ । प्रतिष्ठान खेलकुदले अनुशासन सिकाउँछ, अनुशासनले जीवन जिउने कला सिकाउँछ भन्ने कुरामा ढुक्क रहेको छ ।