बनेपा
नेपाली काँग्रेस, काभ्रेकाृ प्रथम जिल्ला सम्मेलनको अवसरमा आयोजित आँखा शिविर तथा खुल्ला रक्तदान कार्यक्रममा जिल्लाभित्रका सम्पूर्ण काँग्रेसका क्षेत्रीय प्रतिनिधि, कृयाशिल सदस्य एवं कार्यकर्ता लगायत करिब २५६ जनाले आँखा शिविरबाट सेवा लिएका छन् भने ६२ जनाले रक्तदान गरेका छन् । उक्त आखा शिविर र खुल्ला रक्तदान कार्यक्रमलाई नेपाली काँग्रेस, जिल्ला कार्यसमिति, काभ्रेका सदस्य एवं स्वास्थ्य शाखा प्रमुख श्री रबिना पाण्डे विष्टको संयोजकत्वमा, नेपाली काँग्रेस प्रतिनिधि सभा–१, प्रदेश सभा–१ काठमाण्डौं सम्पर्क समितिको सभापति श्री राजेन्द्र बहादुर तामाङ र सम्पर्क समितिकै सचिव श्री दुर्गा घलान लगायत नेपाली काँग्रेस बनेपा नगर समितिको समेत सक्रियतामा उक्त कार्यक्रम भब्य र सब्य रुपमा सफलतापूर्वक सम्पन्न भएको थियो । कार्यक्रममा उक्तदान गर्नु हुने रक्तदाताहरुलाई पार्टी सभापति एवं बागमती प्रदेशका उर्जा, खानेपानी तथा सिंचाई मन्त्री माननीय श्री तिर्थ लामा ज्यूले प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।