धुलिखेल
शुक्रवार हामी धुलिखेल स्थित श्री पन्चकन्या अधारभुत बिद्यालय मा पुग्दा कोहि शिक्षकहरु मतदान अधिकृतको कार्ड लगाएर मत पेटिकामा सहि गर्दै थिए, कोहि शिक्षक विद्यार्थीको नङमा कालो मसि लगाउदै थिए, कोहि विद्यार्थीलाई लाम्बद्द गराउदै थिए भने बिद्यालयका सम्पुर्ण विद्यार्थी धमाधम मत पेटिकामा मत खसाल्दै थिए । यो निर्वाचन कुनै स्थानीय, प्रदेश र संघको निर्वाचन थिएन यहाँ मात्र बिद्यालयको क्याप्टेन र भाइस क्याप्टेनको लागि निर्वाचन भएको थियो । पहिले शिक्षकहरुले बिद्यालयको क्याप्टेन र भाइस क्याप्टेन छनोट गर्ने गर्दथे तर पन्चकन्या आ.बि. मा विद्यार्थी आफैंलाई छान्न जिम्मा दिइएको थियो तर धेरै जनाको नाम आएपछी निर्वाचन गर्नुपरेको बिद्यालयले जनाएको छ ।
निर्वाचनको लागि बिद्यालयमा २ वटा बुथ राखिएको थियो । जसमा १ देखि ३ कक्षाका विद्यार्थीको लागि १ वटा र ४ देखि ८ कक्षाका विद्यार्थीको लागि १ वटा छुट्टाछुट्टै बुथ राखिएको थियो ।निर्वाचनको मैदानम क्याप्टेनको लागि ४ जना र भाइस क्याप्टेनको लागि ४ जना विद्यार्थीको उम्मेदवारी परेको थियो ।
मार्कर,पुस्तक,कम्प्युटर,टेलिफोन,झोला,झन्डा,घडी ,क्याल्कुलेटर चुनाव चिन्न रहेको थियो । शिक्षकहरुबाट १ जना मतदान अधिकृत र १ जना सहायक मतदान अधिकृत रहेका थिए । बिद्यालयमा सुरु देखि अन्त्य सम्म नै चुनावको जस्तै रौनक छाएको थियो । मतदानको लागि मतपत्र र स्वस्तिक चिन्ह पनि तयार पारिएको थियो ।
निर्वाचनको लागि कक्षा १ देखि ८ सम्मका १ सय ३५ जना विद्यार्थी र १४ जना शिक्षक गरि कुल १ सय ४९ मतदानमा सहभागी रहेका थिए । जसमा कक्षा ७ मा अध्यनरत छात्र सन्जय गोलेले कुल मतदाता मध्ये ८१ मत ल्याइ बिद्यालयका क्याप्टेन हुन सफल भएका थिए भने ५५ मत प्राप्त गरि कक्षा ८ मा अध्यनरत छात्रा लक्ष्मी गोले बिद्यालयको भाइस क्याप्टेन बन्न सफल भएकी थिइन ।
बिद्यालयले निर्वाचन गर्नुको उदेश्य आफुलाइ मन परेको ब्यक्ति आफ्नो लिडर बनाउन पाउनुपर्ने बिधिको थालनी गरेको बताएको छ । साथै बिद्यालय शिक्षणमा सामाजिक र स्थानीय बिषयमा निर्वाचन कसरी हुन्छ ? यसको विधि र प्रक्रिया कस्तो हुन्छ ? भन्ने सिकाइ उपलब्धि हासिल गराउन पनि निर्वाचन गर्नु परेको बिद्यालयका प्रधानाध्यापक प्रकाश हुमागाईले बताए । जिल्लाका अन्य केही बिद्यालयमा पनि यस्तो कार्यको थालनी गरिसकेको बिद्यालयका शिक्षक ऋषिराम सापकोटाले बताए । साथै उनले बिद्यालय स्तर देखिनै लोकतान्त्रिक प्रक्रियाको थालनी भएको पनि बताएका छन् ।