ललितपुर/ बागमती
बागमती गाउँपालिका वडा न.३ भटे्डाडामा रहेको भट्टेडाडा आधारभूत बिद्यालयमा आज बाट पुस्तक बिहीन सुक्रबार कार्यक्रम सन्चालन भएको छ । बिद्यालय ब्यबस्थापन समितिको र समत्व फाउन्डेसन बिच उक्त कार्यक्रम संचालन गर्ने भनी सम्झौता भएको हो । आज बिद्यालयको तर्फबाट अध्यक्ष दीपक घिमिरे र समत्व फाउन्डेशनका अध्यक्ष सागर खनाल बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । हस्ताक्षर संगै बिद्यालयमा आजै बाट कार्यक्रम सन्चालन भएको बिद्यालयका एक शिक्षाकले बताए । कार्यक्रम संचालनभए पछि अब बिद्यालयमा विद्यार्थीहरुले शुक्रबार पुस्तक लिएर बिधालय आउनु नपर्ने भएको छ । अब शुक्रबार बिद्यालयमा समत्व फाउन्डेशनको स्वयसेबक शिक्षकहरुले विद्यार्थीहरुलाई समूह बिभाजन गरि अङ्ग्रेजी भाषा तालिम , कम्प्युटर कक्षा तालिम , पुस्तकालयको प्रयोग बिधि र प्रयोगात्मक , शिक्षकहरु लाई क्षमता बिकास , शिक्षण सिकाई सहजिकरण तालिम सन्चालन हुने छ बिद्यालयले जनाएको छ । यी कार्यक्रम सन्चालनको लागि समत्व फाउन्डेशनले स्वयंसेवक शिक्षक को ब्यबस्थापन गर्ने छ । यस्ता कार्यक्रम हरुले बिध्यार्थि हरु को शैक्षिक गुणस्तर कायम गर्न सक्ने र संस्था संग सहकार्य गरि अन्य कार्यक्रमहरु पनि सन्चालन गरिने बिद्यालय ब्यबस्थापन सतिमिको अध्यक्ष दीपक घिमिरे ले बताए ।