रोशी
रोशी गाउँपालिका वडा न ३ मा २० दिने सीप बिकास तालिम सम्पन्न भएको छ । रोशी गाउँपालिकाको आर्थिक सहयोग र रोशी ह्याडिक्र्याफ्ट १० प्रतिशत आर्थिक सहयोग साथै आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा मकैको खोस्टाबाट मुडा, चकटी उनको धागोबाट टोपी, मोजा फेल्ट बाट म्याट फुल बनाउने तथा अन्य सजावटको सामानहरु बनाउन सिकाइएको थियो । तालिम पश्चात् रोजगारीको ग्यारेन्टी दिइएको र रोशी क्षेत्रकै उत्कृष्ट तालिम संचालन गर्न पाउँदा आफुलाइ धेरै खुसी लागेको रोशी ह्यान्डिक्र्याफ्टका सस्थापक सदस्य तथा तालीम संयोजक मनिश बलले जानकारी दिनुभयो । सामान बनाउने कच्चापदार्थ हाम्रो वरिपरि रहेछन् तर बनाउन नजानेपछि के लाग्दो रहेछर यो तालीम प्राप्त गरिसकेपछि आफुले तालीममा सिकेको सबै सामानहरु बनाउन जानेको र आफुले सीप सिकेकोमा धेरै खुशी लागेको बताउछिन् तालिममा सहभागी रोशी गाउँपालिका वडा न ३ कि मेरिना श्रेष्ठ । तालिममा रोशी गाउँपालिकाका ४९ जना ब्यक्तिहरुको सहभागी रहेको थियो । रोशीका नागरिकलाई आत्मनिर्भर बनाउने र आत्मनिर्भर भएपछि आत्मसम्मान पाउने उद्देश्यका साथ तालिम संचालन गरिएको आयोजकले बताएको छ । तालिम गत चैत्र १९ गते देखि बैशाख ८ गते सम्म संचालन भएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाइ यातायात खर्च सहित प्रमाणपत्र वितरण गरिएको थियो ।