आत्महत्या भनेको के हो ? सर्वसाधारणले यस विषयमा बुझ्न पर्ने कुरा के के हुन् बताइदिनुस न ।
आत्महत्याको परिभाषा भन्नाले चाहिँ आफ्नो ज्यान लिने नियतले कुनै पनि कार्य गरियो भने त्यो आत्महत्या हो अथवा यसरी बुझौ आफ्नो ज्यानलाई आफैले लिनु नै आत्महत्या हो । पछिल्लो समयमा आत्महत्या एउटा समाजिक समस्या बनेको छ । यसलाई कसरी लिनुहुन्छ ? वास्तवमै अहिले नेपालमा आत्महत्या जटिल समस्या बनेको छ । पछिल्लो तथ्याङक यता नेपालमा कुल एक लाख जनामा जनामा ९ दशमलव ८ जनाले आत्महत्या गर्ने गर्छन त्यसमा पनि काभ्रे जिल्लाको तथ्यांक हेर्दा एक लाखमा ३१ जनाले आत्महत्या गरेको देखिन्छ । तर तथ्यांकलाई मात्र हेरेर हामीले आत्महत्या बढेको छ वा छैन भन्न सकिँदैन यसका लागि पुनः पूर्ण अध्ययन को जरुरि छ हजुर र मैले अहिले कुरा गरिरहँदा नै विश्व स्वास्थ्य संगठनको अनुसार हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने हरेक तीन सेकेन्डमा व्यक्तिले आत्महत्याको प्रयास गर्ने भन्ने तथ्याङ्क रहेको छ ।
मानिस कुन र कस्ता कारणले आत्महत्या को निर्णयमा पुग्छ ?
एकदमै राम्रो प्रश्न सोध्नुभयो । आत्महत्याको बिषयमा हाम्रो समाजमा एकदमै भ्रामक सोचहरु रहेको छ यो विषयमा श्रोताहरुले एकदमै जान्न जरुरी छ आम बुझाइमा के छ भने मान्छेहरुले कुनै अप्रिय घटना घट्यो त्यसको लगत्तै आत्महत्या गर्छन् । भन्ने आम बुझाई रहेको छ तर त्यो बुझाइ बिल्कुलै गलत हो आत्महत्या गरे एउटै कारणले मात्र नभईकन धेरै कारणहरुले जटिल बिषयले हुने गर्छ । त्यसमा पनि भन्नुपर्दा विभिन्न कारण छन । वंशानुगत कारण सामाजिक कारण र कुनै जैविक कारण हुन्छन् जस्तो उदाहरणको लागि वंशानुगत कारणमा कसैको परिवार भित्र कसैले आत्महत्या गर्नुभएको छ वा मानसिक रोग छ त्यसको व्यक्तिमा आत्महत्याको जोखिम बढी हुन्छ त्यस्तै जैविक कारणमा चाहिँ विभिन जटिल रसायनहरूको अन्तरक्रियाले गर्दाखेरि पनि जोखिम अझै बढ्ने हो । त्यसैले आत्महत्या एउटै कारणले मात्र नभई विभिन्न कारणहरूको अन्तरक्रियाले हुने हो । यसमा भने मानसिक रोग मानसिक रोगमा पनि उदासीनता रक्सीको लत त्यसैगरी डिप्रेसन तथा गम्भीर मानसिक समस्या यी प्रमुख कारणहरु हुन । त्यसमा पनि उदासिनता लाई एक नम्बर उदासिनता बिष् ज्ञनं कारण लिन सकिन्छ । त्यसैले पारेर गलत निर्णय गर्यो भन्ने आम बुझाइ नै गलत हो ।
एक्लोपन र डिप्रेसन मुख्य कारण मानिन्छ भन्नुभयो । आत्महत्याका अन्य लक्षणहरु के के हुन सक्छन् ?
के बुझौं भने उदासीनता भनेकै डिप्रेसन हो उदासिनताका पनि विभिन्न लक्षणहरु हुन्छन् ती र त्यस्ता लक्षणहरु का विषयमा हामी सबैले जान्न र बुझ्न जरुरी छ यसभित्र के हुन्छ भने विभिन्न कारण उदासिन रुपमा मन खिन्न हुने समस्या भएकाहरुले केही न केही प्रस्तुत गरेका हुन्छन् । सायद मेरो त केहि गरि पनि मनखुसी नै हुँदैन । निराश भई रहन्छु । कुनै कुरामा पनि मन नलाग्ने अवस्था उनीहरूमा देखिन्छ यस्तो अवस्थामा शारीरिकरुपमा मानिस जस्तो देखिन्छ । तर बलको स्फूर्ति नै छैन बिहान ओछ्यानबाट उठ्न सक्दिन । यस्तो खालको कुराहरु उनीहरु बताउँछन् कतिपयमा त तौल घट्दै जाने लक्षण पनि देखिन्छ कतिपयले खान मन नलाग्ने भविष्य प्रति नकारात्मक सोच आउने गरेको बताउँछन । यसरी भविष्यप्रतिको नकारात्मक सोच सँगै आत्महत्याको सोच विकास हुने गर्छ । यहीँ आत्महत्याको सोच नै उदासिनताको लक्षण हो । तपाईंको लोकप्रिय सञ्चारमाध्यम मार्फत के भन्छु भने तपाईंमा अथवा तपाईंको आफन्तमा यस किसिमका लक्षणहरु छन भने मनोचिकित्सककोमा सम्पर्क राख्नुपर्छ हाम्रो उदासिनताको नारा भनेकै र कुरा गरौं भन्ने हो यसका लागि आफूसँग भएका लक्षणहरूको बारेमा खुलेर कुरा गर्ने र परामर्श लिन जाने गर्नुपर्छ ।
आत्महत्या सँग जोडिएका समाजका नकारात्मक विषयहरु के हुन ?
यस विषयमा समाजमा धेरै गलत धारणाहरु छन मुख्यतः के हो भने जब मानिसको जीवनसँग जोडिएर कुनै अप्रिय घटना घट्छ त्यसको लगत्तै मानिसले आत्महत्या गर्छ भन्ने मान्यता समाजमा छ तर यो गलत धारणा हो अर्को भनेको आत्महत्याको योजना बनाइरहेको मानिसले कहिले न कहिले साथिभाई मनमिल्ने मानिस तथा आफन्तलाई आत्महत्या अनि मरेपछि के हुन्छ । यसो गर्दैछु र भन्ने जस्ता कुराहरू गरेको हुन्छ । तर समाजले त्यसलाई भुक्ने कुकुरले टोक्दैन । भन्ने सोचाइले हेर्छ तर अध्ययनले के भन्छ भने जसले यस्तो बताउँछ । त्यस्तो मानिसमा आत्महत्याको जोखिम एकदमै बढी हुन्छ । यदि कसैले यस्तो कुरा गर्छ भने ध्यानपूर्वक सुन्न जरुरी छ अनि समाजमा जसले एक पटक आत्महत्याको प्रयास गर्छ । उसले जसरी पनि आत्महत्य गरेरै छाड्छु भन्ने सोच्छ यो पनि गलत हो ।आत्महत्याको सोच भनेको दिगोरुपमा नरहन पनि सक्छ आउने र जाने पनि हुनसक्छ त्यसैले जब लक्षण देखिन्छ तब किसिमको सोचको उपचारतर्फ लाग्यो भने आत्महत्याबाट रोक्न सकिन्छ ।
लक्षण देखिएपछि सकारात्मक उपचार गरियो भने त्यस्तो सोच नबनाउन पनि सक्छ भन्नुभयो ?
हजुर यसका लागि परामर्श मात्र नभई उनका कारण रोगले त्यस किसिमको सोच आयो भन्ने पत्ता लगाएर सही किसिमको उपचार गर्न सकियो भने रोक्न सकिन्छ । यसका लागि पहिले रोगको पहिचान नै गरिन्छ । त्यसपछि त्यसकारण निदानका उपायहरु अपनाइन्छ । यसकालागि औषधिको प्रयोग अथवा मनोपरामर्श वा दुवै विधि अपनाए र उपचार गर्न सकिन्छ । यतिमात्र गर्न सकियो भने पनि वास्तवमै आत्महत्या रोक्न सक्छौं ।
आत्महत्या नियन्त्रणका उपायहरु भनेर के लाई लिन सकिन्छ ?
बिशेषतः यसभित्र तनाव न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने नै हो । यो नै एउटा उपाय हो यस विषयमा श्रोताहरुले हुनु जरुरी छ यदि कसैले आत्महत्याको कुरा गर्नुभयो । जस्तो घर परिवार साथी हरु सँग व्यक्त गर्नुभयो भने त्यस्ता कुरालाई महत्वका साथ लिनुपर्छ त्यस्ता मानिसको कुरा गम्भीरताका साथ सुन्नुपर्छ । यसबिचमा मैले एउटा उदाहरण दिन चाहे जस्तै प्रेसर कुकरमा खाना पकाउँदा त्यसको सिठी बन्द भयो तर ताप दिइरह्यो भने कस्तो हुन्छ । हो जसमा समस्या छ उसको कुरा सुनिएन भने उसको अवस्था पनि त्यहीँ कुकुरको जस्तै हुन्छ । उसको मनमा गुम्सिएका कुराहरु उसले कसैलाई प्रकट गर्न सकेन अथवा प्रकट गर्दा पनि कसैले सुनी दिएन भने मनमा यस्ता विचारहरु झनै गुम्सिएर रहन्छ । जसले गर्दा दुर्घटना पनि हुनसक्छ । समस्या भएको मानिसको यस्ता कुरा जसले सुन्छ उसले सुने लगत्तै मनोचिकित्सककोमा लानुुपर्ने हुन्छ कहिलेकाहीँ तुरुन्तै अस्पताल लान नसक्ने अवस्था पनि हुन्छ यस्तो अवस्था छ भने बिरामीलाई निगरानीमा राख्नुपर्छ यस्तो अवस्थामा चौबिसै घन्टा निगरानी गर्नु पर्छ एक्लै छाड्नुहुँदैन । घरमा जोखिमयुक्त सामग्रीहरु जस्तै धारिलो हतियार विषादी दोहोरी जस्ता कुरा सहजै भेट्ने ठाउँमा राख्नु हुँदैन उपयुक्त विकल्प भनेको नै जतिसक्दो चाडो स्वास्थ्यसंस्था सम्म पुर्याउनु नै हो आत्महत्या रोक्न लाई एक जनाको मात्रै प्रयासले पनि हुँदैन । यसमा साथीभाई छरछिमेक सबैको महत्वपूर्ण भूमिका रहन्छ मानिसको स्वास्थ्य भित्र अन्य विषय जस्तै मानसिक विषय पनि महत्वपूर्ण विषय हो यो बुझाई सबैमा हुनुपर्दछ । हाम्रो समाजमा शारीरिक स्वास्थ्यलाई बढी महत्व दिईन्छ मानसिक स्वास्थ्य विषयलाई कम महत्व दिइन्छ । यस विषयमा सबैले बुझे र मानसिक रोगलाई हल्का रुपमा नलिने गलत व्यवहार नगर्ने गर्नुपर्छ मासिक चिन्ताको रोग भएको तथा उदासिनताको समस्या भएको मानिसलाई हामीले फरक व्यवहार नगर्ने र उपचारात्मक कार्य तिर लाग्यौं भनेमात्र पनि आत्महत्या न्यूनीकरण हुन्छ । यसका लागि समाज गाउँ जिल्ला प्रदेश सरकार सबैको सहकार्यको जरुरी छ ।
मानिसमा चिन्ता उदासिनता जस्ता व्यवहारहरु उत्पन्न हुनुका कारणहरु हुन सक्छन् ?
थोरै धेरै मात्र हो चिन्ता नहुने भनेको त कोही पनि हुँदैन । बच्चादेखी वृद्धासम्म सबैलाई केही न केही किसिमको तनाव त भइरहन्छ । तनाव सबैलाई हुने भएपनि बेबस्थापन गर्न चाहिँ जरुरी छ कति मानिसहरूले आफ्नै बुद्धि विवेकले पनि तनाव व्यवस्थापन गर्छन तर अहिले व्यवस्थापन गर्न नसक्दा उनीहरूमा थप चिन्ता तथा उदासिनता बढेर जान्छ यसलाई उनीहरु व्यवहारमा देखाउन थाल्छन यहीँबाट उदासिनताको सुरुवात हुन्छ त्यसैले व्यवस्थापनको बारेमा सबैले सिक्नु जरुरी छ ।
तनाव व्यवस्थापन भनेको के हो र यो किन जरुरी छ ?
तनाव सबैमा हुन्छ त्यसलाई हामीले कसरी नियन्त्रण गर्न सक्छौं ध्यान दिनु जरुरी छ यसका लागि बिहान बेलुका नियमित कसरत गरौं । भनेपनि हामीले आफूलाई शारीरिक रुपमा दैनिक सक्रिय राख्नुपर्छ । बिहान बेलुका सामान्य हिँडाइले मात्र पनि हामीलाई फाइदा गर्छ । अर्को भनेको सन्तुलित भोजन हो । आफ्ना रुचिका विषयहरुलाई अगाडि बढाउने जस्तै कसैलाई नाचगानको इच्छा छ भने त्यसमै सक्रियता देखाउने। काभ्रेको सन्दर्भमा मैले धेरै भजन घरहरू देखें । यस्ता भजन घरहरू मा जाने समय बिताउने सेवा गर्ने गर्यो भने पनि तनाव व्यवस्थापन हुन्छ तनावका कुराहरु मनमा मात्र नराखी जो कोहीलाई भने पनि व्यक्त गर्ने आफ्ना श्रीमान श्रीमती बुबा, आमा अथवा साथीभाइ जोसुकैलाई व्यक्त गर्न सकिन्छ र यस्तो तनावलाई आफूले सक्दो नियन्त्रण गर्दा पनि कमी भएन भने त्यस्तो अवस्थामा जतिसक्दो चाँडो आफ्नै प्रयासमा चिकित्सककोमा जाने । कुनै व्यक्तिले आत्महत्या गर्दैछ भने उसले देखाउने संकेतहरु के के हुन सक्छन ? एकदमै राम्रो प्रश्न गर्नुभयो । आत्म हत्या भएपछि हिजोसम्म सबै ठिकै थियो । आज एक्कासी किन यस्तो निर्णय गरेछ भन्ने नै बढी सुनिन्छ । तर वास्तविकता त्यो हुँदैन । आत्महत्या गर्ने मानिसले केही न केही संकेत पहिले नै व्यक्त गरेको हुन्छ । उसले आफ्नो परिवारको सदस्य अथवा साथीहरूलाई मेरो जिन्दगी के नै ६ र।बाँचेर के नै हुन्छ र? भन्नेजस्ता प्रश्नहरु गरेको हुन सक्छ कतिपयले ठट्टा गरेझैं गरी मरेपछि के हुन्छ होला हगि भन्ने जस्तो प्रश्न गर्ने । अहिले सामाजिक सञ्जालको समय छ । यस्तो अवस्थामा आफ्ना आफूले चलाउने सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, टिकटक मार्फत दुःखी किसिमका स्ट्याटसहरु राख्ने पनि हुनसक्छ मानिसको भइरहेको स्वभावबाट फरक व्यवहार देखायो भने पनि यसको लक्षणमा लिन सकिन्छ मानिस सामाजिक र सामाजिकीकरणबाट पछाडि हट्छ भने त्यो पनि यसको लक्षण हो । यी कुराहरु यदि परिवारका सदस्य अथवा छरछिमेकमा कसैले गरिरहेको छ भने त्यस्ता विषयलाई गंभीरतापूर्वक हेरिदिनुपर्छ आत्महत्याका पूर्व संकेतहरु यिनै हुन सक्छन्। । कुनै मानिस परिवार का विषयले गर्दाखेरी पनि आत्महत्यातर्फ उन्मुख भइरहेको हुन्छ ।
यस्तो अवस्थामा समाज र छर छिमेकको भूमिका चाहिँ के हुन्छ ?
यसमा मुख्य भूमिका त परिवारको नै हुन्छ । हामी जो कोही पनि परिवारको १ अङ्श नै हा ै। जसरी परिवारभित्र कोही क्षयरोगको बिरामी ६ भने उसलाई हामी नियमित औषधि खुवाउँछौ बिरामी हुँदा अस्पताल लैजान्छौं । त्यसैगरी नै उसको रोगको लक्षण बुझिदिनुपर्छ त्यस्तो अवस्थामा उसको फरक व्यवहार देखिएको खण्डमा परिवारले सहानुभूति पूर्ण नजरले हेर्नुपर्छ । त्यस्तो अवस्थामा तँलाई केही पनि भएको छैन । मन थामेर बस भन्ने जस्तो गर्नुहुँदैन । यसका लागि गम्भिरतापूर्वक उसको कुरा सुन दिने र अघि भनेझैं लक्षणहरु देखिएर शंका लागेको खण्डमा तुरुन्तै स्वास्थ्य संस्था सम्म लाने व्यवस्था गर्नुपर्छ । यसबाहेक गम्भीर मानसिक समस्या भनांै या मानसिक रुपमा परिवारको झनै बढी ठूलो समस्या हुन्छ जस्तै भनौं। डिप्रेसन यस्तो अवस्थामा परिवारले विशेष ख्याल गर्नुपर्छ । सामान्य डिप्रेसन सम्म त रोगी आफैलाई पनि आफूमा भएको समस्या थाहा हुन सक्छ तर गम्भीर किसिमको मानसिक समस्यामा रोगीलाई नै आफ्नो अवस्थाको बारेमा थाहा नहुन सक्छ । यस्तो अवस्थामा परिवारको भूमिका महत्वपूर्ण रहन्छ । समयमा औषधी दिने डाक्टरले फलोअपमा बोलाएको समयमा स्वास्थ्य संस्था सम्म लाने उसलाई हेलाको दृष्टिले नहेर्ने मात्र गर्न सक्यौं भने पनि उसले ठूलो जीत हासिल गर्न सक्छ । यस्ता मानिसहरुलाई हेयको दृष्टिले नहेर्ने गलत किसिमका प्रतिक्रियाहरु नगर्ने जस्तो गर्दाखेरि पनि।मानसिक रोग नियन्त्रणमा सघाउ पुग्छ ।
तपाईं हाल मेथिनकोट अस्पतालमा कार्यरत हुनुहुन्छ । मानसिक रोगसँग सम्बन्धित सेवा यस अस्पतालबाट प्रदान कहिले कहिले कसरी प्राप्त गर्न सकिन्छ ?
मेथीनकोट अस्पतालले काभ्रे जिल्लामा रहेर मानसिक रोगसँग सम्बन्धित धेरै राम्रो काम गर्दै आइरहेको छ । विगत ५ महिनादेखि हरेक महिनाको अन्तिम विहिबार मानसिक रोग बिशेषज्ञ डाक्टर साबहरु पनि आउनुहुन्छ । विगत २ महिनादेखि हामीले यहाँ हरेक हप्ता ओपीडी नै सञ्चालन गरेका छौं । त्यसमा पनि मंगलबार देखि शुक्रबारसम्म हरेक हप्ता म आफै ओपिडी हेर्छु । अहिले अस्पतालमा मनोरोगका रोगीहरू पनि उपचार गर्न आउनेहरुको संख्या बढेको छ । हामीले पनि त्यस किसिमको योजना बनाएका छौं । बालबालिका तथा किशोर किशोरीहरुको मानसिक अवस्था बारेमा जागरुकता जगाउनका लागि विभिन्न स्कूल कलेजहरुमा कार्यक्रमहरू सञ्चालन गर्ने । अर्को भनेको स्थानीय तह गाउँपालिकाहरु सम्म पुगेर त्यहाँका सर्वसाधारणलाई मानसिक स्वास्थ्यसँग सम्बन्धित चेतना जगाउने । जो अस्पतालमा आउन सक्नुहुन्न उहाँहरुलाई त्यहीं सञ्चालित शिविरबाट सेवा प्रदान गर्ने । जस्ता योजनाहरु हामीले बनाइरहेका छौं ।
यस अस्पतालबाट प्रदान गरिने मानसिक रोगसँग सम्बन्धित सेवाहरूको शुल्क तथा सुविधाको अवस्था के छ ?
हाम्रो ओ पी डी टिकट शुल्क अत्यन्तै न्यून छ । त्यससँगै हामी कहाँ अहिले उपलब्ध भन्दा अरु पनि औषधी थप गर्ने योजनामा छौँ । स्वास्थ्य बिमा हुनेहरुले त औषधिहरू निःशुल्क नै प्राप्त गर्नुहुन्छ । मेथिनकोट अस्पताल बाहेक अन्य अस्पतालहरूमा पनि निःशुल्क रूपमा मनोरोग सेवा उपलब्ध छ भन्ने सुनिन्छ ।
मेथिनकोट बाहेक आसपासका कुन–कुन अस्पतालबाट यस किसिमको सेवा प्राप्त गर्न सकिएला ?
यस मेथिनकोट बाहेक जिल्लामा धुलिखेल अस्पतालबाट यस किसिमको सेवा प्राप्त गर्न सकिन्छ । त्यससँगै हामी राजधानीबाट नजिकै छौं । काठमाडौं उपत्यकाभित्र निजी सरकारी तथा सामुदायिक अस्पताल संस्थाहरुले सुविधा दिइरहेका छन्।् । काठमाडौं लगनखेलमा रहेको मानसिक अस्पताल नै पनि मानिसिक विशेष अस्पताल भयो । यदि कसैलाई मानसिक चिन्तासँगै आत्महत्याको सोच आयो भने उसले जोडिने कहाँ? मैले यस विषयमा हेल्प लाइनको कुरा गर्ने भएँ । यदि कसैलाई आत्महत्याको सोच आयो भने त्यस लगत्तै सहयोग लिनको लागि हटलाइन नम्बरमा फोन गरेर सहयोग पनि लिन सकिन्छ । त्यो किसिमको हेल्पलाइन नम्बर पनि छ । पाटन अस्पतालको हेल्पलाइन चौबिसै घण्टा खुल्ला हुन्छ । यसबाहेक अरु विभिन्न सामाजिक संस्थाहरुको हेल्प लाइनहरु छन्। । यसमा मुख्य र पाटन अस्पतालको हेडलाइन ९८१३४७६१२३ हो। त्यसैगरी टिचिङ अस्पतालको पनि ५ जुन १६६०१२१६०००हो । यी नम्बरहरुमा जुनसुकै बेला फोन गरेर सेवा लिन सकिन्छ । महत्वपूर्ण समय उपलब्ध गराएर मानसिक रोगसँग सम्बन्धित बिषयमा जानकारी दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद ।