काभ्रे,
तेमाल गाउँपालिकाले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछार २८५९ ९तावार सोनाम ल्होछार०को अवसरमा ३ दिन सार्वजनिक विदा दिने भएको छ । आज ९विहिबार० बसेको चालु आर्थिक वर्षको कार्यपालिकाको पाँचौं बैठकले ल्होछार पर्व मनाउन ३ दिन सार्वजनिक विदा दिने निणर्य गरेको हो । माघ ८ गतेदेखि १० गतेसम्म सार्वजनिक विदा दिने निणर्य गरेको गाउँपालिकाको प्रवक्ता तथा वडा नं। ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङले जानकारी दिनुभयो । ८० प्रतिशत तामाङ समुदायको बसोबास रहेको तेमाल गाउँपालिकामा तामाङ समुदायको मुख्य पर्वको रुपमा ल्होछार मनाउँदै आएका छन् ।
यसैबीच कार्यपलिकाको बैठकले तेमाल गाउँपालिकाबाट नमूना स्थानीय तह अध्ययन अवलोकन भ्रमण माघ ५ गतेदेखि ८ सम्म इलाम जिल्ला सुर्योदय नगरपालिका र रोङ गाउँपालिकामा जाने पनि निणर्य गरेको उँहाले जानकारी दिनुभएको छ । त्यसैगरि बैठकले ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन मापदण्ड–२०७९ स्वीकृत गर्ने र तेमाल गाउँपालिका खेलकुद विकास समिति गठन तथा क्रियाकलाप संचालन सम्बन्धी कार्यविधि–२०७९ समेत पारित गरेको प्रवक्ता तामाङले जानकारी दिएका छन् । त्यसैगरि बैठकले गाउँपालिकाको हिउँदे अधिवेशन माघ २५ गते गर्ने निणर्य गरेको छ ।