६८ जना यात्रु र चालक दलका चार जना सदस्य गरी ७२ जना लिएर काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेको छ । पोखरा विमानस्थलमा अवतरण गर्नु अघि जहाज पोखराको सेती खोचमा दुर्घटनामा परेको हो ।
एएनसी एटीआर ७२ जहाजमा आगो लागेको र, निभाउने प्रयास भइरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।
जहाज क्याप्टेन कमल केसीले उडाउनुभएको थियो । पोखरा ७ र १५ जोड्ने मितेरी पुल नजिक दुर्घटना भएको जहाजमा लागेको आगो हेलिकोप्टरबाट निभाउने प्रयास भइरहेको छ । नेपाली सेना सशस्त्र र नेपाल प्रहरीका साथै स्थानीयबासिन्दाले यात्रुको उद्धार गरिरहेका छन् ।