बागमती
बागमती गाउँपालिकाले सुधारिएको चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकले आज जारी गरेको सुचनामा ९० प्रतिशात अनुदानमा सुधारिएको चुल्हो वितरण गर्ने जनाएको हो । मिनर्जी इनिसियटिभ नेपालको ६०% र गाउँपालिकाको ३०% गरी ९० प्रतिशात अनुदानमा वितरण गर्न लागेको गाउँपालिकाले बताएको छ । उक्त सुधारिएको चुल्हो गाउँपालिका भित्रका गरीब, असहाय, विपन्न, दलित, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गर्ने योजना गाउँपालिकाको रहेको छ ।३ सय ९५ यान सुधारिएको चुल्हो वितरण कार्यक्रम रहेको सूचना मार्फत गाउँपालिकाले जनाएको छ । सूचना प्रकाशित भएको मितिले ७ दिन मित्र कागजात सहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा पालिकाले सुचित गरेको छ ।
गाउँपालिकाले निकालेको सूचनामा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, गरीब, असहाय, विपन्न, दलित, एकल महिला तथा अपाङ्गताको सिफारिस जस्ता कागजात आबश्यक पर्ने पनि जनाएको छ । सुधारिएको चुल्हो एक थानलाई ३ हजार ८ सय पर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम दत्त भट्टले बताएका छन । छनौट भएका लाभग्राहीले सुधारिएको चुल्हो बुझ्ने बेलामा १० प्रतिशतले हुन आउने रकम रु. ३८० बुझाएको वडा कार्यालयको नगदी रसिद र वडा कार्यालयको सिफारिस सहित गाउँपालिका आउनुपर्ने पनि प्रमुख भट्टले बताएका छन् ।