ललितपुर
बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनको विशेष पहलमा खानेपानी आयोजनाको लागि बजेट विनियोजन भएको छ । आयोजनाको लागि बागमती प्रदेश सरकारबाट रु.७५ लाख रुपैयाँ बजेट विनियोजित भएको छ। बागमती गाउँ पालिका वडा नं.४ प्युटारमा घट्टेखोला -खैरेनी खानेपानी आयोजनाका लागि बजेट विनियोजन भएको बागमती गाउँपालिकाले जनाएको छ ।आज आयोजनाको सर्वे समेत सम्पन्न भैसकेको बागमती गाउँ पालिका वडा न ४ प्युटारका अध्यक्ष रामकुमार लामाले बताएका छन् ।
आयोजनाले प्युटार ,खैरेनी,फुर्केडाँडा लगायत ठाउँको नागरिकको पहुँचमा स्वच्छ खानेपानी पुग्ने छ ।
। यस खानेपानीआयोजना ल्याउन पहल गरेकोमा नागरिहरुले अध्यक्ष लोप्चनको प्रशंसाा गरिरहेका छन ।यस खानेपानी आयोजना सम्पन्न भइसके पछि त्यस हाल त्याहाका स्थानीयले खानेपानीको समस्या व्यहोरीरहनुपरेको छ । खानेपानी आयोजना सम्पन्न भएपछि करिब ८० घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुने वडा न ४ प्युटारका अध्यक्ष रामकुमार लामाले बताएका छन् । आयोजना सम्पन्न भएपछि खानेपानीमा भएको समस्या समाधानको साथै उक्तपानी बाट जग्गाहरुमा सिंचाइ गरि तरकारी, फलफूल तथा जन्य कृषि बस्तुहरु उत्पादन गरि आत्मनिर्भर र रोजगारको अवसर सिर्जना हुने कुरामा आफू विश्वस्त भएको बागमती गाउँपालिका वडा न ४ प्युटार खैरेनी निवासी सुरेश घले बताउँछन ।