मण्डनदेउपुर
मण्डनदेउपुर नगरपालिका वडा न १० मा रेबिज पोजेटिभ भेटिएको छ । आज करिब डेढ महिना अगाडि मरेको कुकुरलाई गाडेको ठाउँबाट उत्खनन गरि रेबिज परिक्षण गर्दा उक्त कुकुरमा रेबिज पोजेटिभ देखिएको हो । आज विश्व स्वास्थ्य संघठनबाट डा.मुकेश पौड्याल , नवराज श्रेष्ठको नेतृत्वमा पशु चिकित्सक, मण्डन देउपुर नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाइबा, वडा न १० का वडा अध्यक्ष कुमार तामाङ र स्वास्थ्य शाखाका आर. आर. टी. को संयुक्त टोलिले आज गरेको टेस्टमा रेबिज पोजेटिभ देखिएको हो । यसअघि धेरै पशुहरुको मृत्यु भएको खबर पाएपछि स्वास्थ्य कार्यालय काभ्रेका बरिस्ठ स्वास्थ्य प्रशासक डा. पुरुशोत्तोम शेढाइ र मण्डन देउपुरका स्वास्थ्य शाखा अधिकृत उक्त क्षेत्रमा अनुगमनको लागि पुग्नु भएको थियो । त्यसको भोलि पल्ट अर्थात मंगलबार जिल्ला स्थित भेटेरिनरी अस्पतालका पशु चिकित्सकको टोलि गएर मरेको गाई गाडेको ठाउँबाट उत्खनन गरि रेइज टेस्ट गर्दा नेगेटिभ आएको थियो । रेबिज पोजेटिभ देखिएपछि आज देखीनै जोखिममा रहेको मानिसहरुलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको छ । आज ७ जनालाई भ्याक्सिन लगाइएको स्वास्थ्य शाखा अधिकृत दिपक घिमिरेले बताएका छन् । स्वास्थ्य कार्यालय काभ्रेले जोखिममा रहेका सम्पुर्ण मानिसहरूलाई सजकता अपनाइ सबैले रेबिज विरुद्धको खोप लगाउन अनुरोध गरेको छ ।