काभ्रे
प्रतिनिधि सभा काभ्रे क्षेत्र नं १ बाट माओवादी केन्द्रका नेता सूर्यमान दोङ लालध्वज विजयी हुनुभएको छ ।
माओवादी, नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी लगायतका पार्टीहरु सम्मिलित लोकतान्त्रिक(बाम गठबनधनका साझा उम्मेदवार दोङ ३४ हजार ४ सय १२ मतका साथ विजयी हुनुभएको हो ।
शनिबार विहान सम्पन्न मतगणना नतिजा अनुसार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं काभ्रे जिल्ला इञ्चार्ज समेत रहेका दोङका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका केन्द्रिय सदस्य रेशम लामाले भने ३० हजार ५ सय ४८ मत प्राप्त गरेका छन । दोङले लामालाई ३९६४ मतान्तरले पछाडी पारेका थिए ।
यसअघि २०६४ को संविधानसभा निर्वाचनमा काभ्रे क्षेत्र नं १ बाट निर्वाचित भएका दोङ उर्जा राज्यमन्त्री समेत बन्नुभएका थिए ।
दोङ २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भने साविकको निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार तिर्थ लामासँग पराजित हुनुभएको थिए ।