आज रोशी गाउँपालिकाको पाँचौ कार्यपालिका वैठक पालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा सम्पन्न भएको छ ।
वैठकमा आज रोशी वडा नम्बर १२ शिखरपुर स्थित गणेश माध्यमिक विद्यालयले आवश्यक कागजात सहित शैक्षिक शत्र २०७९ देखि कक्षा १२ सञ्चालन गर्न अनुमति माग गरेकोले सोही बमोजिम विद्यालयलाई कक्षा १२ सञ्चालन गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७८÷७९ का लागि विद्यालयहरुको लेखा परीक्षण गर्न लेखा परीक्षकहरु भरत पोखरेल, तुलसी कुमार श्रेष्ठ, गणेश प्रसाद दाहाल, मधुसुदन ढकाल, केशब कुमार शर्मा, द्धारिका चौलागाई, लक्ष्मी चम्लागाई, रमेश बहादुर बस्नेत, सोम बहादुर बस्नेत, झलक लामा, ईश्वरी चन्द्र अधिकारीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
त्यसैगरी तिन पिप्ले रोडा ढुंगा उद्योग रोशी ९ ले उक्त खानीको क्ष्भ्भ्, त्इच्, र माइनिङ स्किमलाई खानी तथा भूगर्भ विभाग, लैनचौरमा सहमतिको लागि पठाउने निर्णय गरिएको रोशी गाउँपालिकाको सूचना अधिकारी प्रकाश पौड्यालले जानकारी दिनुभयो ।