काभ्रे
आज हरिबोधनी एकादशी, हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुको तुलसीसँग विवाह गरि मनाउँदैछन् । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइन्छ । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । हरिशयनी देखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरूले तुलसीको व्रत गरी पूजा गर्दछन् ।
हरिशयनी एकादशीका दिन घरमा रहेका तुलसीको मठमा विशेष पूजा गरी गाईको गोबर र रातो माटोले पोती फूल मालाले सजाएर तुलसीको विवाह गर्ने परम्परा छ ।अन्न खान नहुने मान्यताका कारण आजको दिन सखरखन्ड, पिँडालु र वन तरुल लगायतका कन्दमुल उसिनेर खाने गरिन्छ । आजको दिन काठमाडौँको बुढानीलकण्ठका साथै उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशङ्खुनारायण लगायत देशभरका विष्णु मन्दिरहरुमा विशेष मेला लाग्ने गर्छ । यी मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।