डेंगु लागेर अस्पतालमा उपचाररत सुर्यमान दोङ ‘लालध्वज’लाई नेपाली कांग्रेसका जिल्ला सभापति तिर्थ लामाले भेट गरेका छन् । काभ्रे क्षेत्र नं १ का प्रत्यक्ष तर्फका लोकतान्त्रिक बाम गठबन्धन उम्मेदवार लालध्वज केहिदिन देखी डेंगुको उपचार गराइरहनु भएको छ । काठमाण्डौस्थित कान्तिपुर अस्पतालमा उपचाररत लालध्वजको स्वास्थ्य अवस्था बुझ्न कांग्रेसका जिल्ला सभापति समेत रहेका काभ्रे क्षेत्र नं १ प्रदेश सभा ख का प्रत्यक्ष तर्फका उम्मेदवार तिर्थ लामा अस्पताल पुग्नु भएको हो ।
अस्पताल पुगेर लामाले लालध्वजको स्वास्थ्यलाभको कामना समेत गरे