रोशी
आज रोशी गाउँपालिकाको कार्यालय अमलटारमा १६ औ विश्व रेविज विरुद्धको दिवसको अवसरमा जनचेतना मूलक कार्यक्रम सञ्चालन गरी मनाइएको छ । कार्यक्रमको अवसरमा रेविज भाइरसको कारण जीव जनावर र मानव जीवनमा पर्ने असरको विषयमा छलफल तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पशु तथा भेटनरी शाखाका प्रमुख रघुनी शाहले जानकारी दिनुभयो । साथै आज गाउँपालिका वरिपरि रहेको कुकुर तथा विरालोमा रेविज विरुद्धको खोप लगाइएको छ भने रोशी गाउँपालिकाको वडा नम्बर १ देखि १२ सम्ममा प्रत्येक वडामा ५० वटाको दरले निःशुल्क रुपमा पशु प्राविधिकहरु मार्फत खोप वितरण गरिएको शाखा प्रमुख रघुनी शाहले जानकारी दिनुभयो ।