पनौती
ज्ञानकाजी मानन्धर संस्कृतिका मर्मज्ञ हुनुहुन्छ, दीर्घकालीन शिक्षासेवी साथै साहित्यकार पनि । उहाँले नेपाली, नेपाल भाषा र अंग्रेजी भाषामा समेत कलम चलाउनुभएको छ । उहाँ जस्ता मूर्धन्य व्यक्तित्वका बारेमा अक्षरमार्गले शिक्षा , संस्कृति र साहित्यका त्रिवेणी ज्ञानकाजी मानन्धर नामक कृति प्रकाशन गरेको छ । सो कृतिको लोकार्पण आज एक समारोह बीच पनौतीमा भएको छ ।
कार्यक्रममा वरिष्ठ संस्कृतिविद ज्ञानकाजी मानन्धर, संचारकर्मी तथा समाजसेवी आर के मानन्धर, जनमतका प्रधान सम्पादक तथा साहित्यकार मोहन दुवाल, साहित्यकार तथा अक्षरमार्गका सम्पादक सूर्य लाकोजू, डा श्याम भट्टराई, रघुबिर मानन्धर लगायतले संयुक्त रूपमा सो पुस्तक बिमोचन गरेका थिए ।
लामो समयसम्म शिक्षा, साहित्य र संस्कृतिको क्षेत्रमा लामो समयसम्म कलम चलाउँदै आउनुभएका ज्ञानकाजी मानन्धरको व्यक्तित्व र कृतित्व चिनाउने सो पुस्तकलाई अक्षरमार्गले प्रकाशन गरेको हो । उक्त पुस्तक आठ खण्डमा विभाजन गरिएको छ । पुस्तक को सम्पादन साहित्यकार सूर्य लाकोजूले गरेका हुन ।
कार्यक्रममा वक्ताहरूले ज्ञानकाजी मानान्धरका विविध पाटाहरूमाथि चर्चा गरेका थिए ।